समाचार

    Showing १,१८१-१,१९० of १,५२४ items.
  • हात्तिसार क्याम्पसमा पहिलो पटक विआईटी कोर्ष शुरु

    भोला श्रेष्ठ धरान,१६ चैत ः कम्प्युटर क्षेत्रको जनशक्ति उत्पादन गर्ने उदेश्यले धरान स्थित केन्द्रीय प्रविधि क्याम्पस हात्तिसारले पहिलो पटक व्याच्लर इन इनफरमेसन टेक्नोलोजी (विट)को भर्ना शुरु गरेको छ । पहिलो वर्षका लागि ३६ जनाको लागि क्याम्पसले यसैसाताबाट कलेजमा भर्ना शुरु गरेको हो । कलेजले दिएको जानकारी अनुसार यो ४ वर्षे कोर्ष रहेकोमा ६ महिनाको एक सेमेस्टर र ८ सेमेस्टरमा यो कोर्ष सकिनेछ । त्रिभुवन विश्वविद्यालय अन्र्तगतका विज्ञान तथा प्रविधि अध्ययन संस्थानका आंगिक क्याम्पसहरुलाई मात्र यो कोर्ष पढाउनका लागि स्विकृति दिइएको हात्तिसार क्याम्पस धरानका क्याम्पस प्रमुख दिलकुमार लिम्वुले जानकारी दिए

    • प्रकाशित मितिः चैत १६, २०७७
    • १७,३२७ पटक पढिएको
    • भोला श्रेष्ठ
  • अन्तरजातीय विवाह गर्ने जोडीहरु सम्मानीत

    छाल खवर धरान,१५ चैत ःजातीय विभेदको अन्त्य गर्दै समाजमा चेतनाको विकास गर्ने उदेश्यले दलित विकास समिति धरानले २ जना दलित अगुवासहित अन्तरजातीय विवाह गर्ने जोडीलाई सम्मान गरेको छ । समाज विद्यमान जातीय विभेदलाई अन्त्य गर्नको लागि चेतनाको लागि यो अभियानलाई गर्दै अन्तरजातीय विवाह गर्ने जोडीलाई सम्मान गरीएको हो । दलित समुदायको हितमा काम गर्दै आएका पूर्व वाणिज्य मन्त्री मिनबहादुर विश्वकर्मा र नरमाया परियारलाई दलित अगुवा स्मृति समाज सुधार सम्मान गरिएको थियो । उनीहरुलाई १० हजार ५ सय रुपैया नगदसहित सम्मान पत्रले सम्मान गरीएको विकास समितिका संयोजक किशोर परियारले जानकारी दिए । सोही कार्यक्रममा अन्तरजात

    • प्रकाशित मितिः चैत १५, २०७७
    • ४,१८५ पटक पढिएको
    • छाल खबर
  • पत्रकार महासंघको उम्मेदवारी दर्ता

    छाल खवर काठमाडौं ,१५ चैत ः नेपाल पत्रकार महासंघको २६औँ महाधिवेशनका लागि शनिबार उम्मेदवारी दर्ता भएको छ । अध्यक्षमा तीनजनाको उम्मेदवारी परेको छ । नेपाल प्रेस युनियन, प्रेस संगठन नेपाललगायत संगठनले संयुक्त रूपमा उम्मेदवारी दर्ता गराएका छन् । संयुक्त गठबन्धनका तर्फबाट अध्यक्षमा विपुल पोखरेल, वरिष्ठ उपाध्यक्षमा रमेश विष्ट, महिला उपाध्यक्ष बाला अधिकारी, समावेशी उपाध्यक्षमा उदय जिएम र महासचिवमा रोशन पुरीले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै, खुला सचिवमा गोविन्द चौलागाईं, महिला सचिवमा सिर्जना अर्याल, आदिवासी जनजाति सचिवमा नारायण किलम्बू, मधेसी सचिवमा दीपेन्द्र चौहान, दलित सचिवमा हेमकर्ण विकले उम्

    • प्रकाशित मितिः चैत १५, २०७७
    • ३,४१८ पटक पढिएको
    • छाल खबर
  • सभामुखद्धारा होलीको शुभकामना व्यक्त

    छाल खवर धरान,१५ चैत ः प्रदेश नं. १ का सभामुख प्रदिपकुमार भण्डारीले होली पूर्णिको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । सभाभुख भण्डारीले आइतवार शुभकामना सन्देश जारी गर्दै सवैमा शुभकामना सन्देश दिनु भएको हो । सभाभुख भण्डारीले वसन्त ऋतुलाई स्वागत गर्दै रङसँगै खेलेर आपसी माया–प्रेम, सदभाव अभिवृद्धि गर्ने रङहरुको पर्व होली फागु पुर्णिमाको अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु सन्देशमा उल्लेख गर्नुभएको छ । उहाले रिस, द्धेष, आपसी वैमनस्यता छाडेर घरपरिवार–इष्टमित्र एकआपसमा रङमा रङ्गिएर असत्य माथी सत्यको विजयोत्सव माया प्रेमको प्र

    • प्रकाशित मितिः चैत १५, २०७७
    • ३,०९१ पटक पढिएको
    • छाल खबर
  • नेकपा एमालेको धरान नगर कमिटी विस्तार एवम् शपथ ग्रहण

    धरान,१४ चैत ः नेकपा एमाले केन्द्रिय सदस्य तथा सुनसरी जिल्ला इन्चार्ज धर्र्मेराज निरौलाले पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई मिलाएर लानुपर्नेमा जोड दिएकाछन् । सर्वोच्च अदालतको फैसला पछिको नेकपा एमाले धरान उपमहानगर कमिटीको विस्तारीत वैठक तथा शपथ ग्रहण कार्यक्रमलाई शनिवार सम्वोधन गर्दै निरौलाले सो कुरा वताएका हुन्। निरौलाले अदालतको फैसलाले साविकका पार्टीहरु व्युताइदिएकोले पार्टी अध्यक्षले सवैलाई मिलाएर जाने अपेक्षा गरेता पनि अध्यक्ष ओली भने इगो लिएर अघि वढकोले पार्टीमा समस्या आएको वताए । उनले ओली नसच्चिए थप जटिलता वढदै जाने वताउदै र त्यसले मुलुक र नेपाली जनतालाई नै ठूलो घात हुने चेतावनि

    • प्रकाशित मितिः चैत १४, २०७७
    • ६,१९९ पटक पढिएको
    • छाल खबर
  • बिरामी जचाउन आएकी महिलालाई यौन दुरव्यवहार गर्ने डाक्टर जैसवाल पक्राउ

    छाल खवर धरान,१४ चैत ः एक युवतिलाई यौन दुव्र्यवबहार गरेको आरोपममा प्रहरीले एक चिकित्सकलाई पक्राउ गरेको छ । शिशु बालिकालाई जचाउन गएकी २५ वर्षीया महिलालाई यौन दुव्र्यवहार गरेको आरोपमा शुक्रबार प्रहरीले चिकित्सकलाई पक्राउ गरेको हो । छिन्नमस्ता अस्पतालमा कार्यरत डा राजन जैसवाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले बताएकाछन् । धमलाका अनुसार सोही अस्पतालमा बुधबार जन्मिएकी नन्दकी छोरीलाई उपचार गराउन पुगेकी महिलासँग अस्पतालकै केबिनमा यौनजन्य दुव्र्यहार गरेको आरोपमा डा. जैसवाललाई पक्राउ गरिएको हो । उपचारका बहानामा यौन दुव्र्यवहार गरेको पीडितले आरोप ल

    • प्रकाशित मितिः चैत १४, २०७७
    • ९०८ पटक पढिएको
    • छाल खबर
  • भोजपुर सदरमुकाममै बढ्न थाल्यो खानेपानी समस्या

    छाल खवर भोजपुर,१० चैत ः सुख्खायाम सुरु भएसंगै मुहानको पानीको सतह घटेपछि सदरमुकाममा खानेपानी समस्या थपिएको छ । नयाँ खानेपानी आयोजनाको खानेपानी पनि नआउनाले समस्या दिनानुदिन बढ्दै गएको हो । पर्याप्त खानेपानी आपूर्ति विद्यार्थी, गृहिणीलाई बढि सास्ती छ । खानेपानी अभावले सहरीकरण, पुर्वाधार निर्माणमा प्रत्यक्ष प्रभाव पारेको छ । करिब १६ सय घरधुरी उपभोक्ता रहेको सदरमुकामलाई खानेपानी धानिरहेको सिलिचुङ खानेपानी तथा सरसफाई मूल उपभोक्ता समितीले दैनिक २ लाख लिटर मात्रै पानी वितरण गरिरहेको छ । दैनिक ४ लाख ५० हजार लिटर खानेपानी आवश्यक भएपनि मुहानको पानी घटेकाले समितीले दुई प्याकेजमा दिनको समयान्तरालमा खान

    • प्रकाशित मितिः चैत १०, २०७७
    • ३,५९३ पटक पढिएको
    • छाल खबर
  • प्रेस चौतारी सुनसरीले श्रमजिवी पत्रकारलाई महासंघको निर्वाचनमा उठाउने

    छाल खवरधरान, ९ चैतः नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनमा प्रेस चौतारी नेपाल सुनसरीले श्रमजीवी पत्रकारको पक्षमा काम गर्ने साझा उम्मेदवार बनाउने निर्णय गरेको छ । सुनसरीले जिल्ला भित्रका सवै संघ संगठनहरुसंग गठवन्धन गरेर निर्वाचन लडने निर्णय गरेको हो । पेसागत हकहित र स्थानीय संचारगृहहरुको आर्थिक सवलताका लागि वकालत गर्ने साझा उम्मेद्वार खोजी गरि अगाडीबढ्ने निर्णय गरेको हो । आइतवार धरानमा बसेको संगठनको ३१ औं बैठकले यस्तो निर्णय गरेको हो । बैकठले रिक्त रहेको पदमा नयाँ मनोनयन समेत गरेको छ । संगठनको संयोजकमा सुनसरीका अग्रज पत्रकार प्रेम बास्तोलालाई मनोनयन गरेको छ । सह संयोजकमा योगेशवाबु काफ्ल

    • प्रकाशित मितिः चैत ९, २०७७
    • २,२८५ पटक पढिएको
    • छाल खबर
  • एमाले धरान नगर कमिटी विस्तार, नगर कमिटी अव वडा वडामा क्रियाशिल हुने

    छाल खवर धरान,८ चैत ः नेकपा एमाले धरान उपमहानगर कमिटीको शनिबार बसेको सचिवालय बैठकले नगर कमिटी तथा सचिवालय विस्तार गरेको छ । धरान–१ स्थित पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले नगर कमिटीमा १ सय ९९ सदस्य थप गरेको छ ।त्यस्तै बैठकले नगर सचिवालयलाई ५९ सदस्यीय बनाएको छ । बैठकले चैत्र १४ गते नगर कमिटीको विस्तारित बैठक गर्ने भएको छ । एमाले नगर कमिटीका सचिब राजमणि निरौलाका अनुसार पार्टीलाई एकिकृत गरि क्रियासिल बनाउन वडा भेला लगायतका कार्यक्रमहरु तिव्र रुपमा सञ्चालन गर्ने निर्णय सचिबालय बैठकले गरेको छ । सर्बोच्च अदालतको फैसलापछि पार्टिी भित्र देखिएका अन्योलता र समस्याहरु हटाउने तथा कार्यकर्ताहरु

    • प्रकाशित मितिः चैत ८, २०७७
    • २,५७३ पटक पढिएको
    • छाल खबर
  • तामाङ घेदुङ दुहवीमा योञ्जन

    दुहवी, ६ चैत्रः तामाङ जातिको साझा जातिय संस्था नेपाल तामाङ घेदुङको सुनसरीस्थित दुहवी नगरपालिका कार्यसमितिको अध्यक्षमा कुष्ण योञ्जन सर्वसम्मत चयन भएकाछन् । । नेपाल तामाङ घेदुङ सुनसरीको अध्यक्ष सुरज लामा पाख्रिनको अध्यक्षतामा सम्पन्न प्रथम भेलाले योञ्जनको नेतृत्वमा सर्वसम्मत ११ सदस्यीय कार्यसमिति चयन गरेको हो । भेलामा प्रमुख अतिथि नेपाल तामाङ घेदुङका केन्द्रीय सल्लाहकार सुजेन्द्र गोले, प्रदेश नं. १ का कोषाध्यक्ष जानुकला पाख्रिन लगायतले मन्तव्य राखेका थिए । भेलाले उपाध्यक्षमा सन्तोष थिङ र गीतादेवी तामाङ, सचिवमा मिलन स्याङवो, कोषाध्यक्षमा प्रमिला ब्लोन, सहसचिवमा अमर घिसिङ र सदस्यमा सीता घिसि

    • प्रकाशित मितिः चैत ७, २०७७
    • ३,७३५ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic