समाचार

    Showing १,१९१-१,२०० of १,५२४ items.
  • जावाको पेराक मोटरसाइकल लन्च

    छाल खवर धरान,६ चैत ः जावा पेराक मोटरसाइकल नेपालमा लन्चगरिएको छ । देश भरका डिलरहरुमा शुक्रबार एक साथ लन्च गरिएको हो । सुनसरीको धरानमा पनि जावाको आधिकारीक विक्रेता कुमार एण्ड सन्स अटोे मोबाइल्समा शुक्रबार जावाको पेराक मोटरसाइकल लन्च गरेको हो । विक्रेता कुमार एण्ड सन्स अटोे मोबाइल्सको धरान ८ स्थित ट्राफिक कार्यालय नजिक रहेको सो रुममा अटो मोबाइल्सका निर्देशक कुमार श्रेष्ठ र प्रभु बैक धरान शाखाका प्रमुख नविन राईले जावाको पेराक लन्च गरेका थिए । निर्देशक श्रेष्ठका अनुसार ३ सय ३४ सिसिको जावा को पेराक मोटरसाइकलको मुल्य ७ लाख ५० हजार पर्ने छ । उनले मोटरसाइकल खरिद गर्दा फाइनान्सको सुविधा समेत रहे

    • प्रकाशित मितिः चैत ६, २०७७
    • २,००४ पटक पढिएको
    • छाल खबर
  • बिनाधितो तीन लाख उद्यमशील कर्जा दिन सहमति

    छाल खवर काठमाडौं,५ चैत ः युवा वर्गलाई स्वरोजगार बनाउने उद्देश्यले भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिकाले बिनाधितो र बिनाब्याजको ऋण उपलब्ध गराउने कार्यक्रम सुरू गरेको छ। चाँगुनारायणका युवाको उद्यमशीलता वृद्धि गरी स्वरोजगार बनाउन नगरपालिका र नेपाल बैंक लिमिटेडबीच नगरपालिकाका तीन सय युवालाई बिनाधितो र बिनाब्याज तीन लाख कर्जा दिनेबारे सहमति भएको हो । राष्ट्रिय युवा परिषद्ले ऋण लिने तीन सय ७० युवालाई १० समूहमा विभाजन गरी तालीम दिन सुरू गरेको छ । लिमपश्चात् नेपाल बैंकले ती युवालाई नगरपालिकाको सिफारिसमा व्यावसायिक प्रस्तावका आधारमा नगरपालिकाको जमानीमा तीन लाखका दरले बिनाब्याज कर्जा दिनेछ । कर्ज

    • प्रकाशित मितिः चैत ५, २०७७
    • ८८६ पटक पढिएको
    • छाल खबर
  • नातिनी बलात्कार गर्ने हजुरबुबालाई आजीवन कारावास

    छाल खवर उदयपुर, ५ चैत ः पढदा धेरैलाई अनौठो लाग्नसक्छ तर वास्तविक घटना नै भएको छ । जिल्ला अदालत उदयपुरले आफ्नै आठ वर्षीया नातिनीलाई बलात्कार गरेको कसुरमा ५६ वर्षीया हजुरबुबालाई आजीवन कारावासको सजाय फैसला गरेको छ । बुधबार जिल्ला अदालत उदयपुरका न्यायाधीश माधवप्रसाद सिलवालको इजालासले नातिनी बलात्कारको कसुरमा उनलाई आजीवन कारावास सहित ४० हजार रूपैयाँ दण्ड जरिवाना गर्ने फैसला गरेको अदालतका स्रेस्तेदार धनबहादुर कार्कीले बताए । त्यस्तै कसुरदार पुरुषले पीडित राहतकोषमा चार हजार जम्मा गर्नुपर्नेसहितको फैसला अदालतले गरेको जिल्ला अदालत उदपुरले बताएको छ । गत भदौ ९ गते आफ्नै नातिनीलाई बलात्कार गरेको कसुरमा

    • प्रकाशित मितिः चैत ५, २०७७
    • ८८५ पटक पढिएको
    • छाल खबर
  • प्रदेश १ स्तरीय तीन दिने आधारभुत पत्रकारिता तालिम सम्पन्न

    छाल खवर धरान,५ चैत ः धरानमा प्रदेश १ स्तरीय तीन दिने आधारभुत पत्रकारिता तालिम सम्पन्न भएको छ । विजयपुर खबर डट कम र हार्ट एफएम ८७.६ मेगाहर्जको सयुक्त आयोजनामा तालिम आयोजना गरीएको थियो । स्वतन्त्र ,निस्पक्ष र सिर्जनशील पत्रकारिता आजको आवश्यकता भन्ने मुल नाराका साथ आयोजना गरिएको तालिममा प्रदेश १ का ४० जना भन्दा वढी युवा युवति सहभागी रहेका थिए । उक्त तािलमा सुनसरी,मोरङ, झापा, उदयपुर, धनकुटा, सप्तरी, सिरहा, इलाम लगायतका जिल्लाबाट युवायुवतीहरुको सहभागीता रहेको तालिमका सहयोगी संस्था सि.ईं नेपालका प्रतिनीधि तथा विजयपुर खबर डट कमका सहसम्पादक कुवेर गुरुङले जानकारी दिए । तालिमको सहजिकरण नेपाल पत्रक

    • प्रकाशित मितिः चैत ५, २०७७
    • २,५१७ पटक पढिएको
    • छाल खबर
  • पत्रकार महासङ्घको निर्वाचन चैत २५ गते

    छाल खवर धरान,४ चैत ःनेपाल पत्रकार महासङ्घको निर्वाचन यही चैत २५ गते हुने भएको छ । महासङ्घका उपलब्ध सदस्य सम्मिलित केन्द्रीय समितिको आजको बैठकले जिल्ला, प्रदेश, केन्द्र, प्रतिष्ठान र एशोसिएट संरचनाको निर्वाचन तीन हप्तापछि एकै दिन गर्ने निर्णय गरेको सचिव प्रकाश थापाले जानकारी दिए । महासङ्घको संशोधित विधानअनुसार केन्द्रीय साधारणसभा गत फागुन ४ र ५ गते सम्पन्न भइसकेको छ । चैत ७ गते सबै तहको निर्वाचन कार्यतालिका प्रकाशन हुने महासङ्घले जनाएको छ । निर्वाचनको मिति तय भएसँगै आजैदेखि पत्रकार कपिल काफ्लेका संयोजकत्वमा गठित निर्वाचन समितिले काम अघि बढाउने जनाइएको छ । समितिका सदस्यमा अधिवक्ता अरुण पौड

    • प्रकाशित मितिः चैत ४, २०७७
    • १,७७२ पटक पढिएको
    • छाल खबर
  • नेवा पत्रकार राष्ट्रिय दवू सुनसरीमा मोहन

    छाल खवर धरान,४ चैत ः नेवार समुदायको पत्रकारहरुको छाता संगठन नेवाः पत्रकार राष्ट्रिय दवूः जिल्ला कार्य समिति सुनसरीको पाँचौ अधिवेशन बुधवार धरानमा सम्पन्न भएको छ । अधिवेशनले धरानका क्रियाशिल पत्रकार मोहन श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत समिति चयन गरेको छ । अधिवेशनले समितिको उपाध्यक्षमा मञ्जु शाक्य, सचिवमा विक्की श्रेष्ठ, सहसचिवमा लक्ष्मण श्रेष्ठ र कोषाध्यक्षमा रश्मी प्रधानलाई चयन गरेको छ । त्यसैगरी अधिवेशनले सौरभ श्रेष्ठ, अनिल श्रेष्ठ,अनिता श्रेष्ठ, स्नेहा श्रेष्ठ, विक्रान्त श्रेष्ठ, दीपेन्द्र श्रेष्ठलाई सदस्यमा निर्वाचित गरेको निर्वाचन अधिकृत महेश श्रेष्ठले जानकारी दिएकाछन् । नव निर्वाचित सम

    • प्रकाशित मितिः चैत ४, २०७७
    • २,४९१ पटक पढिएको
    • छाल खबर
  • बलात्कारको आरोप लगाएर पुरुष फसाउन खोज्ने सुर्खेतकी महिलालाई साढे ३ वर्ष जेल

    छाल खवर सुर्खेत ,३ चैत ः आफूलाई एक सरकारी जाँगीरेबाट पटक पटक बलात्कार भएको भन्दै झुटो उजुरी दर्ता गराउने एक महिलालाई तीन साढे तीन वर्ष कैद सजाय सुनाइएको छ । वीरेन्द्रनगरकी ३७ वर्षीया महिलालाई जिल्ला अदालत सुर्खेतले कैद सजायको फैसला सुनाएको हो । सोमवार जिल्ला न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको एकल इजलासले ती महिलालाई तीन वर्ष छ महिनाको कैद सजाय गर्ने फैसला गरेको स्रेस्तेदार यामप्रसाद बाँस्कोटाले जानकारी दिए । स्रेस्तेदार बाँस्कोटाका अनुसार वीरेन्द्रनगर नगरपालिकाको लेखा शाखामा कार्यरत खेमराज शर्माले आफूलाई होटलमा बोलाएर बलात्कार गरेको भन्दै ती महिलाले गत असोजमा जिल्ला प्रहरी कार्यालय सुर्

    • प्रकाशित मितिः चैत ३, २०७७
    • २,३४१ पटक पढिएको
    • छाल खबर
  • ओली र नेपालबीचको भेटवार्ता सम्पन्न २८ गतेको निर्णय सच्चाउन नेपाल पक्षको अडानमा

    धरान,२ चैत ः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल पक्ष बीचको भेटवार्ता सकिएको छ । ओली र नेपाल पक्षबीच सोमबार पार्टी कार्यालय धुम्बाराहीमा छलफल भएको थियो । बैठकमा आन्तरिक एकताको विषयमा छलफल केन्द्रित भएको नेता रघुजी पन्तले जानकारी दिए । २८ फागुनमा ओली पक्षले गरेको निर्णय खारेज गर्नुपर्ने नेपाल पक्षको अडान राखेको थियो । बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा माधव नेपाल पक्षीय नेता रघुजी पन्तले आफूहरुले २८ गतेको निर्णय फिर्ता लिनुपर्ने विषयमा अडान प्रस्तुत गरेको बताए । त्यसमा अध्यक्ष ओलीबाट ठोस जवाफ नआएको उनको भनाई रहेको छ । नेपाल पक्षलाई खबर नै नगरी त्यसदिन बालुवाटारम

    • प्रकाशित मितिः चैत २, २०७७
    • १,५०८ पटक पढिएको
    • छाल खबर
  • एमालेका दुबैतिरका मुख्य नेतासहित ओली र नेपालबीच धुम्बाराहीमा बैठक जारी

    छाल खवर धरान,२ चैत ः केही समयको तिक्तता पछि आज सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपाल पक्षका नेताहरूबीच पार्टी कार्यालय धुम्बाराहीमा बैठक सुरू भएको छ। बैठकमा प्रधानमन्त्री ओलीसहित ईश्वर पोखरेल, बिष्णु पौडेल, प्रदीप ज्ञवाली र सुवास नेम्वाङ सहभागी छन्। नेता नेपाल समूहबाट उनीसहित नेताहरू भीम रावल, सुरेन्द्र पाण्डे, रघुजी पन्त, घनश्याम भुषाल र गोकर्ण बिष्ट सहभागी छन्। एमालेभित्र विवाद बढेपछि दुबै पक्षका केही नेताहरूले प्रधानमन्त्री ओली र नेपालबीच संवाद गराउन प्रयत्न गरिरहेका थिए। त्यही प्रयत्नको फलस्वरूप आज उनीहरूबीच भेट हुने

    • प्रकाशित मितिः चैत २, २०७७
    • १,०५१ पटक पढिएको
    • छाल खबर
  • साँगुरीगढी तरुण दलमा राज लिम्वू

    छाल खवर धरान,२ चैत ः नेपाल तरुण दल साँगुरीगढी गाउँपालिका धनकुटाको प्रथम अधिवेशनले राज लिम्बुलाई अध्यक्षमा चयन गरेको छ । अधिवेशनले दिपेन लिम्बुलाई इञ्र्चार्ज तथा अलम राईलाई संयोजक र वरिष्ठ उपाध्यक्षमा चयन गरेको छ । अधिबेशनले शैलेस राईलाई उपाध्यक्ष, राज कुमार राईलाई सचिव, मणिन्द्र राईलाई सह–सचिव, लक्ष्मी लिम्बुलाई कोषाध्यक्ष र बबिन मगरलाई सह–कोषाध्यक्षमा चयन गरेको छ । यसैगरी सदस्यहरुमा भगत राई,पूर्ण वहादुर राई, हेमन राई, देवचन्द राई, इन्द्र याक्खा, सुदीप लावती, मन वहादुर राई, सजुन राई, युवराज राई, अविरल लिम्बु, कुमार लुईटेल, गणेश लिम्बु, पदम लिम्बु, पुजन लिम्बु, सरोज लिम्बु, विक्र

    • प्रकाशित मितिः चैत २, २०७७
    • १९५ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic