समाचार

    Showing १,२६१-१,२७० of १,५२४ items.
  • सागुरीगढीमा नेकाको संगठन विस्तारको क्रम तिब्र

    छाल खवर धरान,२६ मंसिर ः धनकुटाको साँगुरीगढीमा नेपाली कांग्रेसले आफ्नो संगठन विस्तारलाई तिब्रता दिएको छ ।कांग्रेसले वडाहरुमा संगठन विस्तारलाई तिव्र बनाउने क्रममा विहिवार वडा नं. ८मा सम्पन्न गरेको छ । कांग्रेसले महिला संघ तथा तरुण दलको संगठन विस्तार गर्नुका साथै पार्टी प्रवेश समेत गराएको छ ।साँगुरीगढी ८मा नेपाल तरुण दलको गठन तथा विस्तार अविलास राईको अध्यक्षतामा गरेको छ । दलको उपाध्यक्ष,सचिव र कोषाध्यक्षमा क्रमस राजकुमार राई,होमकुमार राई र कृष्णा राई रहेकाछन् । सदस्यहरुमा मनध्वज राई,कृष्णा राई,तेजकुमार राई,रामकुमार राई,भरत राई,बालचन्द्र राई,जयभा राई,मनकुमार राई,अमल राई,जितेन राई,विष्ण राई,सन्त

    • प्रकाशित मितिः मंसिर २६, २०७७
    • ६,३७५ पटक पढिएको
    • छाल खबर
  • नेपालले २० अर्ब रुपैयाँदेखि दुई खर्ब ४३ अर्बसम्म खर्चनु पर्ने

    छाल खवर काठमाडौं,२५ मंसिर ः नेपालले आम जनतालाई कोरोना भाइरसका विरुद्धको खोप लगाउन करिब पौने दुई खर्ब रुपैयाँ खर्चिनु पर्ने देखिएको छ । नेपाली जनतालाई महामारीबाट बचाउन विश्व स्वास्थ्य संगठनको सहयोग कुरिरहेको नेपालले आम नागरिकको स्वास्थ्यको सुरक्षा गर्नको लागि १९ अर्ब ७२ करोडदेखि २ खर्ब ४३ अर्ब २७ करोडसम्म खर्च गर्नु पर्ने देखिएको छ । सम्म खर्च गर्नुपर्ने देखिएको छ । खोप उत्पादक कम्पनीहरू मोडर्ना अमेरिका, अक्सफोड–अष्ट्रेजेनिक बेलायत, फाइजर बायोटेक अमेरिका र स्पुतनिक रुसले खोपबारे आधिकारिक रूपमा जारी गरेको अद्यावधिक विवरणअनुसार ती खोपका लागि नेपालले गर्नुपर्ने खर्चको मूल्य निकालिएको हो ।

    • प्रकाशित मितिः मंसिर २५, २०७७
    • ९१ पटक पढिएको
    • छाल खबर
  • झरना सहकारी आफ्नै भवनमा

    छाल खवर धरान,२४ मंसिर ः झरना बचत तथा ऋण सहकारी संस्था लिमिटेड धरानले ३३ लाख मुनाफा आर्जन गर्न सफल भएको छ । संस्थाले बुधवार आयोजना गरेको साधारण सभाको शुरुवात र भवन उद्घाटनमा प्रस्तुत गरीएको प्रतिवेदनमा सो मुनाफा गर्न सफल भएको जनाइएको हो । संस्थाका अध्यक्ष मानबहादुर मगरले आर्थिक वर्ष २०७६÷७७ मा आयकर अघिको जम्मा मुनाफा ३३ लाख ३९ हजार ५ सय ३८ रुपैयाँ १० पैसा आर्जन गर्न सफल भएको उल्लेख गरेकाछन् । संस्थाले आर्थिक वर्ष २०७६÷७७ मा ५३ करोड ३८ लाख ७९ हजार २ सय ७५ रुपैयाँ ६० पैसाको कारोबार गर्न सफल भएको प्रतिवेदनमा उल्लेख गरीएको छ । संस्थाका अध्यक्ष मगरले सहकारीमा हाल शेयरपूसेयर पूँजी म

    • प्रकाशित मितिः मंसिर २४, २०७७
    • १३,५३३ पटक पढिएको
    • छाल खबर
  • सर्वोच्चद्वारा जग्गा कित्ताकाट गर्ने सरकारको निर्णय खारेज

    छाल खवर काठमाडौं,२३ मंसिर ःसरकारले गरेको कित्ताकाट गर्ने निर्णय सर्वोच्च अदालतले खारेज गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र राणा र न्यायाधीश मनोज शर्माको इजलासले जग्गा रोक्काको निर्णय खारेज गर्न माग गर्दै परेको रिटमा सुनुवाइ गर्दै उक्त निर्णय जारी गरेको हो । अधिवक्ता सन्तोष भण्डारीले दिएको रिटमाथि दुवै पक्षको बहस सुनेर सर्वोच्चले यस्तो निर्णय गरेको हो। कृषि योग्य जमिन मास्ने गरी सरकारले गरेको कित्ताकाटको निर्णय खारेज गर्न हामीले माग गरेका थियौं।आफ्नो रिटमाथि सुनुवाइ भएको रिट निवेदक अधिवक्ता भण्डारीले बताए । भू–उपयोग ऐन २०७६ दफा ८ ले जुन प्रयोजनको लागि तोकिएको जग्गा हो, त्यो बाहेक अर्क

    • प्रकाशित मितिः मंसिर २३, २०७७
    • १,४९० पटक पढिएको
    • छाल खबर
  •  बलात्कार आरोप लागेका सिद्धबाबालाई जिल्ला अदालतले दियो सफाई

    छाल खवर धरान,२३ मंसिर ः महिला अनुयायीलाई बलात्कार गरेको आरोपमा पुर्पक्षको लागि थुनामा रहेका सिद्धबाबा भनिने कृष्णदास गिरीलाई अदालतले सफाई दिएको छ । पुर्पक्षको लागि थुनामा रहेका गिरीलाई सर्वोच्च अदालतले पनि थुनामा नै राख्नुपर्ने आदेश दिएको एक साताभित्रै जिल्ला अदालतले सफाई दिएको हो । उनलाई सोमबार जिल्ला अदालत सुनसरीका १ नम्बर न्यायाधिश अर्जुन कोइरालालको इजलाशले सफाई दिएका हुन् । यद्यपी न्यायाधिश कोइरालाको फैसला भने विवादास्पद रहेको छ । सरकारी वकिलको कार्यालयले मिसिल सर्वोच्चमा पठाउनु परेको कारण हाल उपलब्ध नभएकोले पेशी हटाउन कारणसहित निवेदन दिएको थियो । न्यायाधिश कोइरालाले भने उक्त निवेदन अस

    • प्रकाशित मितिः मंसिर २३, २०७७
    • २,९२४ पटक पढिएको
    • छाल खबर
  • धरानका निजी विद्यालय आइतबार देखि खुल्ने

    छाल खवर धरान,२० मंसिर ःविगत नौ महिना देखि वन्द रहेको धरानको नीजि विद्यालयहरु आगामी आइतवारदेखि खुल्ने भएकाछन् । कोरोना महामारीको कारण बन्द रहेका धरानका निजी तथा संस्थागत विद्यालयहरू आइतबार देखि खुल्ने भएका हुन् । निजी तथा संस्थागत विद्यालयहरूले उपमहानगरपालिकालाई ७ वटा मोडालिटी बुझाएको र सोही मोडालिटी अनुसार विद्यालय खोल्न भनेर उपमेयर मञ्जु भण्डारी सुवेदीले मौखिकरुपमा भनेकोले आइतबार देखि विद्यालय खुलाउने तयारी भईरहेको एसिसि धरान अध्यक्ष राजेन्द्र गुरुङले जानकारी दिएकाछन् । स्वास्थ्य प्रोटोकलको पालना गरी आइतबार देखि प्रावि तहका ४ र ५ कक्षा र मावि तहका ८,९ र १० कक्षाका विद्यार्थीहरूलाई पढाइने अ

    • प्रकाशित मितिः मंसिर २०, २०७७
    • १,७६० पटक पढिएको
    • छाल खबर
  • रामधुनी र धरान सिधै जोडियो

    छाल खवर धरान,१९ मंसिर ःअव धरान र रामधानी नगरपालिकावीचमा सिधा सम्पर्क हुने भएको छ ।धरानलाई रिङरोडले जोडने अवधारणा अनुसार अव सो क्षेत्रमा जोडिने भएको हो । सोही अनुसार बिहीबार कान्छो सडकको रुपमा जय मार्गको उद्घाटन भएको हो । सुनसरी क्षेत्र नं १ का संघीय संसद जयकुमार राईले रामधुनी र धरान जोड्ने जय मार्गको औपचारीक उद्घाटन गरेका थिए । संसद राईले सडक गर्दै धरानलाई सवैक्षेत्रबाट जोडने आफ्नो लक्ष्य अन्तिम चरणमा रहेको दावी गरेका थिए । सांसद् राईले चारैतर्फबाट सडक सञ्जालले जोडेर धरानलाई तिब्र गतिमा विकास गर्ने लक्ष्यका साथ आफू लागि परेको दावी समेत गरेका थिए । उनले रामधुनीसँग सिधै धरानलाई जोड्न पाउँन

    • प्रकाशित मितिः मंसिर १९, २०७७
    • २,२१९ पटक पढिएको
    • छाल खबर
  • चलचित्रकर्मी महासंघ प्रदेश नं १ द्धारा सुरेश गन्धर्वलाई सहयोग

    छाल खवर लोक गायक सुरेश गन्धर्वलाई उपचार सहयोगका लागि नेपाल चलचित्रकर्मी महासंघ प्रदेश नं १ ले आर्थिक सहयोग गरेको छ । प्रदेश नं १ ले गन्धर्वका लागि संकलित सहयोग वक्समा जम्मा भएको रकम १३हजार , समाजसेवी मिना सिंगक मार्फत दिप्लक सुब्बाबाट २० हजार , किशोर पन्धाक र सीता तुम्बापोबाट २०हजार, संतोष लिम्बू तिल्लिङबाट ५,हजार ५ सय गरि ५८ हजार ५ सय रुपैया बिपि स्वस्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार गराई रहेका सुरेश गन्धर्व लाई प्रदान गरिएको महासंघका अध्यक्ष अरुण प्रधानले जानकारी दिए । महासंघका अध्यक्ष अरुण प्रधानले हाम्रो दैनिक जीवन भन्दा पनि फरक जीवन अरु कसैको हुन सक्छ र त्यो फरक जीवन बुझ्नको लागि पनि हाम

    • प्रकाशित मितिः मंसिर १७, २०७७
    • २,१२९ पटक पढिएको
    • छाल खबर
  • भेडेटारमा व्याडमिन्टन प्रतियोगिता सम्पन्न

    छाल खवर धरान,१७ मंसिर ः भेडेटार व्याडमिन्टन क्लबको आयोजनामा प्रथम साँगुरीगढी गाँउपालिका स्तरीय खुल्ला व्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा डाडाबजार क्लबले अन्य प्रतिस्पर्धीलाई पछि पार्दै प्रथम स्थान हात पारेको छ । सो क्लवबाट मनि देवान र सुशान राईले प्रतिस्पर्धा गरेका थिए ।उनीहरुले नगद १५ हजार नगद ट्रफि मेडल हात पार्न सफल भए। त्यसैगरी प्रतियोगितामा भेडेटार क्लबले दोस्रो स्थान जित्न सफल भएको छ । प्रतियोगितामा जितेन्द्र राई र यमप्रकाश मगरको जोडीले दोस्रो पुरस्कार हात पा¥यो । दोस्रो हुनेले ७ हजार नगद, ट्रफि मेडल पुरस्कार प्राप्त गरेको थियो । त्यस्तै प्रतियोगितामा बुढीमो

    • प्रकाशित मितिः मंसिर १७, २०७७
    • ३,४२९ पटक पढिएको
    • छाल खबर
  • नेपाली कांग्रेस सागुरीगढी संगठनलाई तिव्र वनाउदै

    छाल खवर धरान,१४ मंसिर ःनेपाली कांग्रेस सागुरीगढी गाउपालिका समितिले आफ्नो संगठन अभियानलाई तिव्र वनाउदै लगेको छ । पार्टी विभिन्न वडामा जनवर्गीय समिति गठन पुर्नगठन र पार्टी प्रवेश अभियानलाई तिव्र वनाउदै लगेको हो । सोहीक्रममा नेकाले शनिवार ३ वटा समिति गठन गरेको छ । जसमा तरुण दल वडा नं ९ मा नेपाल तरुण दल,नेपाल महिला संघ, र नेपाल किसान संघ समेत गठन गरेको छ । तरुण दलको वडा नं ९ मा राजकुमार राईको अध्यक्षतामा ५९ सदस्यीय समिति चयन गरेको छ । जसमा उपाध्यक्ष,सचिव,सहसचिव र कोषध्यक्षमा क्रमस मिलन राई,सुजन राई,लासाहाङ राई र रकम राई चयन भएकाछन् । त्यसैगरी सदस्यहरुमा अशेस राई,प्रसन राई,विवेक राई,केषव रा

    • प्रकाशित मितिः मंसिर १४, २०७७
    • ६,९९४ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic