समाचार

    Showing १,२७१-१,२८० of १,६९५ items.
  • के के इन्टरनेशनल स्कुलमा यस वर्षदेखि प्लस टु लेवल पढाई सुरु

    छाल खवर धरान,११ असार ः छोटो समयमा नै शिक्षा क्षेत्रमा आफूलाई पहिचान गराउन सफल के.के. इन्टरनेशनल स्कुल धरान १५ ले यस शैक्षिक सत्रदेखि प्लस टु लेवलको पढाई सुरु गर्ने तयारी गरेको छ । केके स्कुलले यस वर्षदेखि विज्ञान, व्यवस्थापन,कम्प्युटर विज्ञानमा थप पढाई शुरु गर्न लागेको हो । स्कुलका प्रिन्सिपल डा त्रिदेव उपाध्यायका अनुसार भर्नाका लागि प्रि रजिष्ट्रेशन खुल्ला गरिसकेको छ । प्रिन्सिपल डा उपाध्यायले विद्यालयले विशेष गरी प्लस टु लेवलमा नै इञ्जिनियरीङ र मेडिकल इन्ट्रान्सको तयारी गराउने जानकारी दिनुभयो । स्कुलको यस अघिको एकपछिको सफलता नै उच्चशिक्षाको लागि बलियो जग रहेको उहाँको भनाई रहेको छ । स्

    • प्रकाशित मितिः असार ११, २०७८
    • १४,००६ पटक पढिएको
    • छाल खबर
  • व्यवस्थापन संकायमा प्लस टु सञ्चालन गर्दै सुनाखरी एकेडेमी

    छाल खवर धरान,१० असार ः सुनाखरी एकेडेमी धरान–१२ मा यस वर्षदेखि व्यवस्थापन संकायमा कक्षा–११ को पढाई हुने भएको छ । एकेडेमीले दिएको जानकारी अनुसार यस वर्षदेखि कक्षा–११ मा म्यानेजमेण्ट सङ्कायमा नया भर्र्नाको तयारी भइरहेको छ । विद्यार्थीहरुको आर्कषण बैंक क्षेत्रमा दिनप्रतिदिन बढन थालेकोले व्यवस्थापन संकायमा कक्षा ११ सञ्चालन गर्न लागिएको एकेडेमीका प्रिन्सिपल मिलनकुमार राईले जानकारी दिनुभयो । विद्यार्थीैहरुको अनावस्यक भीड जम्मा गर्ने भन्दापनि परिणाममुख शिक्षातर्फ आफूहरु अघि वढने प्रिन्सिपल राईको भनाई रहेको छ । उहाले धेरै विद्यार्थीको भीड जम्मा नगरी ३५÷ ३५ जनाको दुइ सेक्

    • प्रकाशित मितिः असार १०, २०७८
    • ८,००७ पटक पढिएको
    • छाल खबर
  • नेपाल यातायात स्वतन्त्र मजदुर संगठनद्धारा रक्तदान

    छाल खवर धरान,१० असार ः नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धरानको आयोजनामा वुधवार धरानमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । संस्थाको ४२औँ स्थापना दिवसको अवसरमा धरानमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । संगठनका नगर अध्यक्ष कमल भट्टराईका अनुसार कोरोना महामारिको समयमा स्वास्थ्य मापदण्डलाई पालना गर्दै रक्तदान कार्यक्रम सम्पन्न गरिएको जानकारि दिएका छन् । रक्तदान कार्यक्रममा ८१ पिन्ट रगत संकलन भएको अध्यक्ष भट्टराईले जानकारी दिए । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रिय सदस्य तथा एमाले नेता लक्ष्मी बानिया प्रमुखको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

    • प्रकाशित मितिः असार १०, २०७८
    • १६९ पटक पढिएको
    • छाल खबर
  • आत्मा उत्सर्ग संस्थाद्वारा पुर्नस्थापना केन्द्रमा खानाको व्यवस्था

    छाल खवरधरान,१० असार ः आत्मा उत्सर्ग संस्थाले धरानको छाता चौकस्थित पुरानो अस्पताल परिसरमा रहेको पुर्नस्थापना केन्द्रमा खाना खुवाउने कार्यक्रम सम्पन्न गरेको छ । एक महिना अघिदेखि सडकमा अव्यवस्थित जनावरलाई खाना खुवाउँदै आएको सो संस्थाले ३१ औँ दिनमा खाना खुवाएको हो । संस्थाका अध्यक्ष रुसल श्रेष्ठले युवाहरुको संलग्नता रहेको उक्त संस्थाले वाटर बैंक र फुड बैंकको अवधारणालाई अघि सारेर सामाजिक कार्यको थालनी गरेको जानकारी दिए । उनका अनुसार संस्थाले कोरोना महामारिको समयमा सडकमा अव्यवस्थि जनावरलाई खाना खुवाउन थालेको र दैनिक लगभग १ सय ५० को संख्यामा अव्यवस्थित जनावरलाई खाना खुवाउँदै आएको थियो । श्रेष्ठले

    • प्रकाशित मितिः असार १०, २०७८
    • ४४० पटक पढिएको
    • छाल खबर
  • खानेतेलको जर्किनमा लागूऔषध

    छाल खवर धरान,९असार ः खानेतेलको जर्किन भित्र प्रतिवन्धित लागू औषध ओसार पसार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी चक्रघट्टी ७ का ३२ बर्षीय राजकुमार मगर रहेको प्रहरीले जनाएको छ । लागूऔषध नियन्त्रणमा ब्युरोबाट खटिएको प्रहरी टोलीले हिजो बेलुका साढे ६ बजे लागूऔषध सहित मगरलाई पक्राउ गरेको हो । मगरले बोकेको झोलामा खानेतेलको गिलेनमा एभिल ७७ एम्पुल, लुपिजेसिक ७५ एम्पुल, डाइजाल्याप ७५ एम्पुल र फेनारगन ७८ एम्पुल फेला परेको थियो । पक्राउ परेका मगरलाई ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।

    • प्रकाशित मितिः असार ९, २०७८
    • १६३ पटक पढिएको
    • छाल खबर
  • विद्यार्थीको आर्कषण केन्द्र बन्दै इटहरीको जनता मावि

    भोला श्रेष्ठधरान,९ असार ः कुनै समय सरकारी विद्यालयको रुपमा उपेक्षामा परेको इटहरी स्थित जनता माध्यामिक विद्यालय यतिवेला अभिभावक र विद्यार्थीको आकर्षणको केन्द्र वन्न थालेको छ । केही वर्षयता देखि अंग्रेजी माध्यममा पढाई शुरुभएदेखि जनतामा नतिजा अप्रत्याशित रुपमा आउन थालेपछि अभिभावक र विद्यार्थीहरुको आर्कषण वन्न थालेको हो । आफू विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भएर आउदा ७सय ७४ जना विद्यार्थीमा सीमिति रहेको जनतामा हाल २ हजार ३ सय ९५ विद्यार्थी अध्ययनरत रहेको व्यवस्थापन समितिका अध्यक्ष काशिनाथ दंगाल वताउनुहुन्छ । अध्यक्ष दंगालले आफ्नो तीन वर्षे कार्यकालमा विद्यलायले गरेका प्रगति, शैक्षिक सुधार

    • प्रकाशित मितिः असार ९, २०७८
    • ८,८७६ पटक पढिएको
    • भोला श्रेष्ठ
  • नेपाल वसोवासद्धारा विपन्न परिवार राहत वितरण

    छाल खवर धरान,९ असार ःनेपाल बसोबास बस्ती संरक्षण समाजले विपन्न परिवारलाई धरानमा खाद्यान्न वितरण गरेको छ । समाजले धरानका विभिन्न स्थानमा सुकुम्बासि तथा बिपन्न परिवारलाई मङ्गलबार खाद्यान्न सामग्री बितरण गरेको हो ।समाजका केन्द्रीय अध्यक्ष कुमार कार्कीका अनुसार धरान १७ स्थित साउने बस्तिका ४६ घर, १६ नम्बर वडा सुर्यटोलका १९ घर र १३ नम्बर वडा अमर बस्तिका १३ घर गरि जम्मा ७८ घर परिवारलाई राहत वितरण गरीएको हो । खाद्यान्न वितरण अन्य क्षेत्रमा पनि निरन्तरता दिइने अध्यक्ष कार्कीले जानकारी दिएकाछन् ।

    • प्रकाशित मितिः असार ९, २०७८
    • ३४५ पटक पढिएको
    • छाल खबर
  • केन्द्रमा शेर बहादुर देउवाको घोषणा ,धरान नगरमा किशोर राईको उम्मेद्वारी घोषणा

    छाल खवरधरान,७ असार ःसामुहिक नेतृत्व,मजवुत संगठन र पारदर्शिता, सुनिश्चित सुशासन हाम्रो प्रतिवद्धता भन्ने मुल नारा तय गर्दै नेपाली काँग्रेसको चौधौं महाधिवेशनमा किशोर राईले नेपाल कै पहिलो पटक नगर सभापतिमा आफ्नो उम्मेद्वारी घोषणा गरेकाछन् । राईले १४ औं महाधिवेशनका लागि धरान नगर सभापतिमा आफ्नो उम्मेद्वारी घोषणा गरेका हुन् । राईले सोमबार विज्ञप्ति जारी गर्दै धरान नगर सभापतिमा आफुले उम्मेदवारी घोषणा गरेको जानकारी दिएका हुन् । आफु नगर सभापति भएको खण्डमा धरानलाई नेपाली काँग्रेसको किल्ला वनाउने उनले उल्लेख गरेकाछन् । उनले स्थानीय तहको उपनिर्वाचनमा पार्टीका उम्मेद्वारलाई विजयी गराउनको लागि आफ्नो महत्

    • प्रकाशित मितिः असार ७, २०७८
    • १२,३७६ पटक पढिएको
    • छाल खबर
  • एम्स एकेडेमीमा यस बर्षदेखि आमसञ्चार पढाई हुने

    छाल खवर धरान,६ असार ः एम्स एकेडेमी धरान १२ मा यस वर्षदेखि आमसञ्चार विषयमा पढाई हुने भएको छ । एम्स एकेडेमीमा नयाँ शैक्षिक सत्रको लागि कक्षा ११ मा आमसञ्चार विषयको पढाई शुरु गर्ने भएको हो । एकेडेमीले नयाँ भर्नाका लागि अनलाइन प्रि–रजिष्ट्रेसन समेत खुल्ला गरेको हो । एम्सका शैक्षिक तथा आर्थिक संयोजक हेमन्त भण्डारीका अनुसार एकेडेमीको फेसबुक पेजमा अनलाइन फारम भर्ने लिंक राखिएको छ । एसईई रिजल्टको प्रतिक्षामा रहेका विद्यार्थीहरुले एम्स एकेडेमीको पेजमा गएर अनलाईन दर्ता गर्न सक्ने व्यवस्था गरीएको छ । अनलाइन मार्फत आवेदन दिने विद्यार्थीहरुले रिजल्ट आएपछि प्रवेश परीक्षा दिनुपर्ने र त्यसपछि भर्ना

    • प्रकाशित मितिः असार ६, २०७८
    • ११,५९४ पटक पढिएको
    • छाल खबर
  • पत्रकारको नाममा रकम ठगी गर्ने २ जना पक्राउ

    छाल खवर धरान,६ असार ःपत्रकार हौ भन्दै व्यापारीहरुसँग अवैध रुपमा रकम उठाउने दुइजनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका वडा नं ६ जुटबिकासका ५० बर्षीय दधिराम चौहान र मोरङ सुन्दरहरैचा नगरपालिका ७ का ५६ बर्षीय पुष्प प्रसाद सिग्देल रहेको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । मोरङ रतुवामाई नगरपालिका १० स्थितबाट वनको कर्मचारी तथा पत्रकार हौ भनि उनीहरुले रकम ठगी गर्र्दै आएका थिए । गत असार ४ गते बेलुका ६ बजे रतुवामाई १० स्थितमा रहेको पूर्ण बहादुर श्रेष्ठको माईवेनी स–मिलबाट रकम उठाउन आएको बेला प्रहर

    • प्रकाशित मितिः असार ६, २०७८
    • २,३७५ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic