समाचार

    Showing १,३५१-१,३६० of १,६५५ items.
  • युवा संघद्धारा मृगौला पीडितलाई आर्थिक सहयोग

    छाल खवर धरान,१३ फागुन ः राष्ट्रिय युवा संघ धरान ५ ले मृगौला पीडितलाई आर्थिक सहयोग गरेको छ । संघको सकृयतामा मृगौला रोग पीडित कमल लिम्बुलाई आर्थिक सहयोग गरेको हो । लामो समय देखि मृगौला रोगबाट पीडित धरान ५ का स्थानीय कमल लिम्बुलाई उपचारका लागि आर्थिक सहयोग गरेको युवा संघले जनाएको छ । आर्थिक अभावका कारण उपचारमा समस्या भएकाले सहयोग जुटाइएको युवा संघका नेता दिपक घिसिङले जानकारी गराएकाछन् । उनका अनुसार संघले ९ हजार १सय ६० रुँपैया हस्तान्तरण गरिएको हो । सो रकम युवासंघका श्याम कृष्ण पहाडी,पदम देवन, बिजय तामाङ, आकास लिम्बु, शुनिता राई, जीवन लिम्बु, छिन्ताङ राई, दिपक तामाङ, भावना राई, बिनिता राई, स

    • प्रकाशित मितिः फागुन १३, २०७७
    • ४,१२६ पटक पढिएको
    • छाल खबर
  • केन्द्रीय प्रविधि क्याम्पस हात्तिसारमा तालाबन्दी

    छाल खवरधरान,१३ फागुन ः केन्द्रीय प्रविधि क्याम्पस हात्तिसारमा विद्यार्थीहरुले बुधवार तालावन्दी गरेकाछन् । विद्यार्थीहरुले आफ्ना मागको सुनुवाई नभएको भन्दै क्याम्पस प्रशासनमा तालावन्दी गरेका हुन् । विद्यार्थी संगठनहरुले संयुक्त बिज्ञप्ती जारी गर्दै प्रशासन समक्ष माग पत्र समेत वुझाएकाछन् । माग पत्र वुझाउदै तालावन्दी गर्ने विदार्थी संगठनहरुमा अनेरास्ववियू,नेपाल बिद्यार्थी संघ,समाजवादी बिद्यार्थी युनियनले रहेकाछन् । विद्यार्थीहरुले क्याम्पसमा अनेकन समस्याहरु रहेको अवस्थामा क्याम्पसले विआईटी संकाय थप्न खोजेको भन्दै आपत्ति समेत जनाएकाछन् । उनीहरुले आवश्यक छलफल समेत नगरी सो संकाय ल्याउन लागेको भन

    • प्रकाशित मितिः फागुन १३, २०७७
    • ७,३०७ पटक पढिएको
    • छाल खबर
  • नेकपा इटहरीद्धारा तीन दर्जनलाई पदमुक्त

    छाल खवर धरान,१२ फागुन ः पार्टी नीति विपरीत कार्य गरेको भन्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) इटहरी नगर कमिटीले तीन दर्जन भन्दा बढी नगर सदस्यलाई पदमुक्त गरेको छ पार्टीले दिएको जानकारी अनुसार पदमुक्त हुनेमा अरुण गुरुड.विनोद झा, जितेन्द थापा ,सुजन लामा, होमनाथ धमला, लिला राई, मन्दिरा भटराई, टोमप्रसाद तिम्सीना, सिता भटराई सुकदेव राई, विरेन्द्रप्रसाद गौतम,राजु दंगाल, मदन कार्की, दुखिलाल चौधरी, धुव्र कोइराला, भद्रा थापामगर, प्रदिप गौतम, डिवी राई, अम्वादेवी चापागाई, कमला निरौला, नन्द लिम्वु, गणेस सापकोटा, रन्जु सिग्देल,तोया ढकाल, शिवनारायण चौधरी वडा नं १५, कृष्ण काफले, लिलाराज काफ्ले, रहेकाछन् । ग

    • प्रकाशित मितिः फागुन १२, २०७७
    • ७,३९२ पटक पढिएको
    • छाल खबर
  • धरान उपमहानगरको नगर सभा स्थगित

    छाल खवर धरान,१० फागुन ःखानेपानीको समस्या समाधान भएपछि मात्र नगर परिषद हुनुपर्ने माग वडाध्यक्षहरुले गरेपछि धरानको आठौ नगर परिषद उद्घाटन गरेपछि फागुन २१ गतेसम्मका लागि स्थगित भएको छ । निर्धारित समय भन्दा करिव तीन घण्टापछि शुरु भएपनि औपचारीक कार्यक्रम पश्चात फागुन २१ फेरी बस्ने गरी स्थगित भएको हो । खानेपानी संस्थानले हिजो मात्र विज्ञप्ति प्रकाशन गरी खानेपानी वितरण सहज रुपमा गर्न नसक्ने जनाएपछि नगर सभा अगावै संस्थानलाई खानेपानी वोर्डमा ल्याउनु पर्ने माग सहित केही वडाध्क्ष र अन्य जनप्रतिनिधिले नाराबाजी समेत गरेका थिए । खानेपानी वोर्डका अध्यक्ष समेत रहेका धरानका नगरप्रमुख तिलक राईले फागुन २१ गते

    • प्रकाशित मितिः फागुन १०, २०७७
    • २,१७२ पटक पढिएको
    • छाल खबर
  • धरानको नगर परिषद अन्यौलमा

    छाल खवर धरान,९ फागुन ः धरानको खानेपानी समस्या समाधान नभएसम्म नगर परिषद गर्न नदिने केही वडाध्यक्षको अडानका कारण धरानको नगर परिषद वैठक अन्यौलमा परेको छ । आइतवार वसेको कार्यपालिका वैठकमा अध्यक्षले वैठक शुरु गरे लगत्तै वडाध्यक्षहरुले धरानमा खानेपानी समस्या वढेकोले समस्या समाधानको भरपर्दो अवस्था नआएसम्म नगर परिषद गर्न नदिने अडान लिएपछि नगर परिषद अन्यौलमा परेको हो । वडा नं ९ का वडाध्यक्ष रत्न बहादुर कट्वालले खानेपानी संस्थानले खानेपानी पयाप्त मात्रामा विक्ति गर्न नसक्ने जानकारी गराएकोले संस्थानलाई खानेपानी वोर्डमा ल्याउने निर्णय नभएसम्म नगर परिषद हुन नदिने बताएपछि परिषद अन्यौलमा परेको हो । वडाध्य

    • प्रकाशित मितिः फागुन ९, २०७७
    • २,१३५ पटक पढिएको
    • छाल खबर
  • हाङ्थुम कपको उपाधी न्यु युवा क्लबलाई

    उमेश जिमिधरान,९ फागुन ःहाङ्थुम क्लव मूलखर्कले आयोजना गरेको खुल्ला पुरुष फुटवल प्रतियोगिता आइतवार सम्पन्न भएको छ ।श्री पञ्चमीको अवसर पारेर २०३६ साल देखि हरेक वर्ष आयोजना हुँदै आईरहेको फुटवल प्रतियोगिता मादी नगरको लोकप्रिय प्रतियोगिता बन्दै आएको छ । विगत वर्षहरुमा मादी नगर आमन्त्रण कप गरिँदै आएकोमा यो वर्ष नगर खेल समिति र हाङ्थुम क्लव विचको विवाद नमिलेपछी हाङ्थुम कपको रुपमा क्लवले सञ्चालन गरेको क्लवका अध्यक्ष अशिम जिमीले वताए। प्रतियोगिता गत फागुन ४ गतेवाट सुरु गरिएको थियो । प्रतियोगितामा १० वटा टिम सहभागी भएका थिए । फाईनल खेलमा न्यु युवा क्लव आखिभुईले पञ्चकन्या युवा क्लव कुन्ताङलाई ३–

    • प्रकाशित मितिः फागुन ९, २०७७
    • २,१८६ पटक पढिएको
    • उमेश जिमि
  • पेट्रोलियम पदार्थको मूल्य फेरी बढ्यो

    छाल खवर धरान,५ फागुन ः मुल्यवृद्धि गरेको एकसाता नपुग्दै नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको छ । नेपाल आयल नियगले मंगलबार (हिजो)राति १२ बजेदेखि लागु हुने गरी पेट्रोल, डिजल, मट्टितेल र हवाइ इन्धन (आन्तरिकतर्फ)को मूल्य बढाएको हो । नयाँ मूल्य सुची अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ सय १४ रुपैयाँ पुगेको छ । यस्तै डिजल र मट्टितेलको मूल्य ९७ रुपैयाँ प्रतिलिटर पर्नेछ । भारतीय आयल निगमले पठाएको नयाँ मूल्य सूचीअनुसार घाटाअझै चुलिने भएपछि तेलको मूल्य बढाएको हो । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको कच्चा तेलको मूल्य बढेर घाटा चुलिएकाले मूल्य समायोजन गर्नुपरेको निगमले जन

    • प्रकाशित मितिः फागुन ५, २०७७
    • १,७५७ पटक पढिएको
    • छाल खबर
  • श्रीपञ्चमी अर्थात वसन्त पञ्चमी सरस्वति पुजा मनाईँदै

    छाल खवर काठमाडौँ – माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व मंगलबार विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरि मनाईँदैछ । विद्याकी देवी सरस्वतीलाई भक्तजनहरूले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन् । विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरि साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ–आफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन् । सरस्वतीलाई तान्त्रिकहरूले तन्त्र सिद्ध

    • प्रकाशित मितिः फागुन ४, २०७७
    • १,६७२ पटक पढिएको
    • छाल खबर
  • युएन नवोदय कलेज प्रदेश १ कै उत्कृष्ट ल्याउन सफल

    छाल खवर धरान, ३० माघ ः युएन नवोदय कलेजले कलेज धरानले बिएचएममा प्रदेश १ प्रथम बन्न सफल विद्यार्थीलाई सम्मान कार्यक्रम आयोजना गरेको छ । कलेजले शुक्रवार एक कार्यक्रमको आयोजना गरी विद्याथीहरुलाई पुरस्कृत र सम्मान गरेको हो । बिएचएम प्रथम सेमेष्टरकी छात्रा रितु राई, दोस्रो सेमेष्टरकी छात्रा स्टेला मेन्याङ्बो र दोस्रो सेमेष्टरकी छात्रा दिला नेम्वाङ लाई सम्मान गरीएको थियो । उनीहरु प्रदेश १ कै उत्कृष्ठ रहेको विद्यालयको दावी रहेको छ । कलेजले दिएको जानकारी अनुसार रितु र स्टेलाले प्रदेश प्रथम र दिलाले प्रदेश तृतीयको नतिजा हात पार्न सफल वनेकी छिन् । रितुले २०१९ मा ३.६९ जिपिए, स्टेलाले २०२० मा ३.६९ ज

    • प्रकाशित मितिः माघ ३०, २०७७
    • ८,४३६ पटक पढिएको
    • छाल खबर
  • सुनसरीका प्रथम उपाध्यक्ष श्रेष्ठ केन्द्रीय समितिमा मनोनित

    छाल खवर धरान,२६ माघ ःनेपाल उद्योग वाणिज्य महासंघ केन्द्रीय समितिको स्थानीय आर्थिक विभागमा शिवराज श्रेष्ठ मनोनित भएकाछन् । महासंघको स्थानीय आर्थिक विकास समितिमा सुनसरी उद्योग वाणिज्यस संघका प्रथम उपाध्यक्ष श्रेष्ठ मनोनयन भएका हुन् । सुरकृष्ण वैद्य सभापति रहेको उपसमितिको सदस्यमा मनोनयन गरीएको संघका अध्यक्ष शेखर गोल्छाले मनोनयन पत्रमा उल्लेख गरेकाछन् । महासंघलाई शसक्त रुपमा अगाडी बढाउने कार्यमा महत्वपूर्ण योगदान पु¥याउने कुरामा महासंघ विस्वस्त रहेको गोल्छाद्धारा पठाईको पत्रमा उल्लेख गरीएको छ । समितिलाई क्रियाशिल गराउने कार्यमा पूर्ण सहयोग हुने कुरामा म विस्वस्त छु गोल्छाले पत्रमा जनाएका

    • प्रकाशित मितिः माघ २६, २०७७
    • ७,२०६ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic