समाचार

    Showing ५६१-५७० of १,६११ items.
  • सुनाखरीका बिद्यार्थीद्धारा पुनस्थापना गृहमा खाना

    छाल खवर धरान,१ भदौंः सुनाखरी एकेडेमी धरान–१२ का बिद्यार्थीहरु पढाईका अतिरिक्त सामाजिक सेवामा समेत सकृय रहेकाछन । विद्यार्थीहरुले धरान–१ छाता चोक स्थित पुनस्थापना गृहमा पुगेर असहाय तथा अनाथहरुलाई खाना पकाएर खुवाई सामाजिक सेवामा सकृय रहेका हुन् । सुनाखरी बाल क्लब र सुनाखरी स्काउटमा आबद्ध बिद्यार्थीहरुले शुक्रबार सामुहिक रुपमा खाना पकाएर गृहका ३२ जनालाई खाना खुवाएको एकेडेमीका प्रिन्सिपल मिलन राईले बताउनु भयो । सो कार्यमा धरान वडा नम्बर १२ को समेत सहयोग रहेको प्रिन्सिपल राईले बताउनु भयो । बिद्यार्थीहरुलाई सामाजिक कार्यमा सहभाही गराई सामाजिक सेवाको भावनाको बिकास गराउने उद्येस्यले

    • प्रकाशित मितिः भदौ १, २०८०
    • २,९७५ पटक पढिएको
    • छाल खबर
  • विरेन्द्र मेमोरीयल कलेजकी छात्रा यशोदा लिम्वु प्रदेश प्रथम भएको कलेजको दावी

    छाल खवर धरान,३२ साउनः विरेन्द्र मेमोरीयल कलेज धरानले विविएस परिक्षामा आफ्नो विद्यार्थी प्रदेश कै उत्कृष्ट भएको दावी गरेको छ । त्रिभुवन विश्व विद्यालयले लिएको वाणिज्य संकायको दोस्रो वर्षको परिक्षामा यशोदा लिम्वुले प्रदेश कै उत्कृष्ट नतिजा ल्याउन सफल वनेको कलेजको दावी रहेको छ । कलेजले दिएको जानकारी अनुसार यशोदा लिम्वुले वाणिज्य संकायको परिक्षामा जम्मा अंक ३७७ अर्थात ७५.४ प्रतिशत नम्वर ल्याएर प्रदेश उत्कृष्ट भएको कलेजका प्रिन्सिपल तारा बहादुर निरौलाले जानकारी दिनुभएको छ । उहाले हालसम्म ७५.४ प्रतिशत नतिजा ल्याएको कसैले पनि दावी भएकोले आफ्नो विद्यार्थी प्रदेश प्रथम भएको दावी रहेको वताउनु भयो

    • प्रकाशित मितिः साउन ३२, २०८०
    • ४,९३० पटक पढिएको
    • छाल खबर
  • विपन्न परिवारलाई प्रहरी श्रीमतीसंघद्धारा झुुल वितरण

    छाल खवर धरान,३० साउन ः नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशले डेङ्गु प्रभावितहरुको निम्ति धरानमा झुल सहित लामखुट्टेका टोकाईबाट वच्नको लागि अन्य सामाग्रीहरु वितरण गरेको छ । संघले धरान १७ का अति विपन्न परिवारलाई सामाग्री वितरण गरेको हो । वडा सचिव शिशिर श्रेष्ठले १सय ७० घर परिवारलाई झुल वितरण गरिएको वताए । उनका अनुसार वडाको हरेक टोल विकास संस्थाले सीमान्तकृत समुदायको नामावाली पठाएको आधारमा एक घर एक झुल वितरण गरिएको हो । धरान १७ नम्बर वडा अति डेङ्गु प्रभावित वडा भएकाले पनि वडावासीलाई झुल,लामखुट्टे धपाउने धुप र मल्हम प्रदान गरिएको संघका सचिव नेपालले बताइन । वडा कार्यालयका अनुसार पहिलो चरण कार्

    • प्रकाशित मितिः साउन ३०, २०८०
    • ३,५८९ पटक पढिएको
    • छाल खबर
  • मेयर हर्क साम्पाङका विश्वास पात्र रमेश बान्तवा राई साइबर अपराधको आरोपमा पक्राउ

    छाल खवर धरान,२९ साउन ः धरानका मेयर हर्क साम्पाङका विश्वास पात्र मानिएका रमेश बान्तवा राई सामाजिक सञ्जाल प्रयोग गरी गालीगलौज गरेको आरोपमा पक्राउ परेका छन् । प्रहरीले उनलाई धरान–५ देउराली स्थित उनको घरबाट आइतबार पक्राउ गरेको हो ।इलाका प्रहरी कार्यालय धरानका डिएसपी नवराज मल्लले जिल्ला प्रहरी कार्यालय सुनसरीको पत्र अनुसार राईलाई नियन्त्रणमा लिएको बताएकाछन् ।केही समय अघि धरान–४ स्थित छोटी मोरङ जग्गा पीडित संघर्ष समितिले पत्रकार सम्मेलन गरेको समाचार प्रकाशित भएपछि मेयर साम्पाङ समर्थक राईले संघर्ष समितिका सदस्य पर्वत राईलाई व्यक्तिगत आक्षेप लगाई सामाजिक सञ्जालमा गाली गलौज गरेका थिए ।जग्ग

    • प्रकाशित मितिः साउन २९, २०८०
    • ५,०५५ पटक पढिएको
    • छाल खबर
  • चुम्लुङको धरान नगर अध्यक्षमा तीर्थ मादेम्बा निर्वाचित

    छाल खवर धरान,२८ साउन ः किरात याक्थुङ चुम्लुङ धरान उपमहानगर समिति नवौ नगर अधिवेशन शनिवार सम्पन्न भएको छ । अधिवेशनले अध्यक्षमा तीर्थ मादेम्बाको अध्यक्षतामा नया कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ । अध्यक्षका अर्का प्रत्याशी रिता खापुङले उम्मेदवारी फिर्ता लिएपछि मादेम्बा सर्वसम्मत निर्वाचित भएका थिए । नव निर्वाचित कार्यसमितिमा उपाध्यक्षमा ललिता नेम्वाङ, सचिवमा बालकृष्ण सिंगक, सहसचिवमा बेलकुमारी लिम्बु, कोषाध्यक्षमा लेखमान आवजुङ निर्वाचित भएका छन् । कार्यसमिति सदस्यहरूमा सुमित्रा लिम्बु, होमन्त लिम्बु, आहा मचा लिम्बु, भरत लिम्बु, अम्बरबहादुर लाबुङ, पवित्र हुम्पाचोङबाङ छन् । त्यसैगरी प्रमील

    • प्रकाशित मितिः साउन २८, २०८०
    • १४,०९५ पटक पढिएको
    • छाल खबर
  • ३ नं वडा कार्यालयद्धारा रक्तदान

    छाल खवर धरान,२७ साउन ः धरानमा डेंङ्गु महामारीका कारण रगतको अभाव भएपछि धरान उपमहानगरपालिका ३ वडा कार्यालयले रक्तदान कार्यक्रम संचालन गरेको छ । शनिवार आयोजना गरीएको रक्तदान कार्यक्रममा ६८ पिन्ट रगत संकलन भएको कार्यक्रम सयोजक तथा वडा सदस्य मिङ्मा भोटे जानकारी दिए । डेङ्गु महामारिले आक्रान्त धरानमा संक्रमितलाई रगत चाहिने हुदा बिपिमा समेत रगत अभाव भएको हुदा बिरामीलाई रगत अभाव हुन नदिन रेड्क्रसको अनुरोधमा रक्तदान कार्यक्रम गरेको सयोजक भोटेले बताए । डेङ्गु रोकथाम र नियन्त्रणका वडा नम्बर ३ ले सशक्त रूपमा डेङगु नियन्त्रण गर्न औसधि धुवाँ र लार्भा नष्ट गर्न सर्च एण्ड डिस्ट्रोईड कार्यक्रम गरेको संयोजक

    • प्रकाशित मितिः साउन २७, २०८०
    • ४,८९१ पटक पढिएको
    • छाल खबर
  • निर्मला बनिन् कोशी प्रदेशको स्वास्थ्यमन्त्री

    छाल खवर धरान,२६साउनः जनता समाजवादी पार्टी (जसपा) कि एकमात्र कोशी प्रदेशकी सांसद रहेकी निर्मला लिम्बू पुर्न स्वास्थ्य मन्त्री बनेकी छिन् । लिम्कुलाई प्रदेश प्रमुख परशुराम खापुङले शुक्रवार पद तथा गोपनीयताको शपथ गराएपछि उनी मन्त्री वनेकी हुन । मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिनुअघि गठबन्धन दलबाट एक–एकजना मन्त्री हुने पूर्व सहमतिअनुसार जसपाकी लिम्बूलाई नियुक्त गरेका हुन्। यसअघि थापाले कांग्रेसका प्रदीप सुनुवार, माओवादी केन्द्रका बाबुराम गौतम र एकीकृत समाजवादीका कमल जवेगुलाई मन्त्री बनाइसकेका छन् । तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारमा पनि लिम्बू स्वास्थ्य मन

    • प्रकाशित मितिः साउन २६, २०८०
    • ६,६३२ पटक पढिएको
    • छाल खबर
  • शहिद स्कुलमा कक्षा ११ मा पढने विद्यार्थीहरुलाई कम्प्युटर शिक्षा

    छाल खवरधरान,२६ साउनः शहिद स्मृति माध्यामिक विद्यालय धरान–८ ले कक्षा ११ मा पढने विद्यार्थीहरुका लागि कम्प्युटर शिक्षा दिने भएको छ । स्कुलले शुक्रवार पत्रकार सम्मेलन गरी स्कुलले दिने लागेको कम्प्युटर शिक्षा सम्वन्धि कोर्ष दिन लागेको जानकारी गराएको हो । स्कुलका प्रधानाध्यापक रामबहादुर विष्टले कक्षा–११ मा अध्ययन गर्ने विद्यार्थीहरुलाई अतिरीक्त समयमा कम्प्युटर कोर्ष समेत गराउन लागेको जानकारी दिएका थिए । Your browser does not support the video element. शहिद स्कुलमा यस वर्षदेखि प्राविधिकधार तर्फको कम्प्युटर इन्जिनियरीङ विषयमा कक्षा ९ देखि कक्षा १२ सम्मको ४ वर्षे प्राविधिकधार कार्

    • प्रकाशित मितिः साउन २६, २०८०
    • ११,४५९ पटक पढिएको
    • छाल खबर
  • भारत जान थालेपछि धरानमा टमाटर महंगो

    छाल खवर धरान,२२ साउन ः धरानमा टमाटरको मुल्य आकासिएकोले धेरै उपभोक्ताले खरीद गर्न समस्या भएको छ । बजारमा ट्माटरको भाउ आकाशिएसगै प्रतिकिलो १७० देखि १८० सम्म व्यापारिले विक्रि गर्ने गरेकाछन् । धरानमा पहाडी क्षेत्रहरु धनकुटाको मौनबुधुक,महाभारत,तेह्रथुम जस्ता स्थानहरुबाट आउने गरेको छ । धनकुटा र तेह्रथुमबाट धरान १३ स्थित कृषिबजारमा दैनिक ३० ट्न ट्माटर आयात गरिन्छ भने धरान बजारमा २० ट्न खपत हुने गरेको कृषि बजार व्यवस्थापक लक्ष्मण भट्टराईले बताए । टमाटरको बजारमा थोक मूल्य नै प्रतिकिलो १३० रहेको छ भने बजारमा खुद्रा मुल्यमा व्यापारिले मनपरी मूल्य गरेको बताए । व्यवस्थापक भट्टराईले नेपालि टमाटरले भार

    • प्रकाशित मितिः साउन २२, २०८०
    • १६,३७३ पटक पढिएको
    • छाल खबर
  • जनता क्याम्पसको संचालक समिति निर्वाचनमा गठवधनलाई चुनौति दिदै स्वतन्त्रबाट ३ निर्वाचित

    छाल खवर इटहरी,२१ साउनः जनता बहुमुखी क्याम्पस इटहरीको सञ्चालक समितिको शनिवार भएको निर्वाचनमा दलीय गठवधनका उम्मेद्धारहरुलाई पराजित गर्दै तीन जना स्वतन्त्र उम्मेद्वार निर्वाचित भएकाछन् । अध्यक्ष सहित १३ जना निर्वाचित हुने सो निर्वाचनमा दलीय गठवन्धनका उम्मेद्वारलाई पराजित गर्दै ३ जना स्वतन्त्र उम्मेद्वारहरु विजयी वनेका हुन् । स्वतन्त्रबाट निर्वाचित हुनेहरुमा कुलबहादुर कार्की,उर्मिला देवि कट्वाल र गंगाप्रसाद भट्टराई रहेकाछन् । यसैगरी विकल रेग्मी,विकास केसी,अम्बिका श्रेष्ठ,शेखर लुइँटेल,तीर्थराज पराजुली,युगप्रिय निरौलाले शिवराज दाहाल रहेकाछन् । त्यस्तै ईश्वर भट्टराई,दिनेशकुमार भट्टराई, रेवतीप्रसा

    • प्रकाशित मितिः साउन २१, २०८०
    • १,२८६ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic