छाल खवर धरान,१२ फागुन रोटरी क्लव अफ धरान घोपाले सिलाम साक्मा बालविकास केन्द्र धरान १५ र जनजागरण बाल विकास केन्द्र धरान २० देवीगाउका २५÷२५ जना नानीहरूलाई रोटरी क्लब अफ धरान घोपाले धरान–१५ बगरकोटस्थित सिलाम साक्मा बालविकास केन्द्र र जनजागरण बालबिकास केन्द्र धरान २० देवीगाउको बालविकास केन्द्रका बालबालिकालाई मङ्गलबार विद्यालय झोला, स्टेशनरी तथा खेलकुद सामग्री वितरण गरेको छ। विद्यालय प्रयोजनको लागि आवश्यक व्याग तथा विभिन्न स्टेशनरी सामग्री वितरण गरेको क्लवका अध्यक्ष इश्वर ताम्राकारले जानकारी दिएकाछन । क्लबले बालबालिकाको शैक्षिक सहजताका लागि उक्त सहयोग हस्तान्तरण गरेको हो। कार्
छाल खवर धरान,११ फागुन ः जनता समाजवादी पाटीका अध्यक्ष तथा पूर्व शिक्षा मन्त्री अशोककुमार राईले पहिचानमा आधारित संघीयता, पूर्ण समानुपातिक समावेशी व्यवस्था र सुशासनप्रति आफ्नो अडान कायम नै रहेको वताएकाछन् । धरानमा सोमवार धरानमा प्रतिवद्धता सार्वजनिक तथा पत्रकार भेटघाटमा कुरा गर्दै राईले सो कुरा वताएका हुन । ऐतिहासिक आन्दोलनहरूबाट प्राप्त उपलब्धि संस्थागत गर्न र उत्पीडित समुदायको अधिकार सुनिश्चित गर्न जसपा दृढ रहेको उनको भनाई रहेको छ । २०७९ को प्रतिनिधि सभा निर्वाचनमा सुनसरी १ बाट निर्वाचित भएका राईले धरान खानेपानीको समस्याको निम्ति, धरान सुरुङमार्गको लागि थालनी कार्य सुरु गरेको दावी गरेका छन्
छाल खवर धरान,१० फागुनः सुनसरी क्षेत्र नं. ३ का तीनसय भन्दा बढी युवाहरु एमाले प्रवेश गरेका छन । इटहरीमा आयोजित जेनजीसँग भेटघाट तथा अन्तक्रिया कार्यक्रममा ३ सय युवा भगबती चौधरीलाई जिताउने अभियानमा सक्रिय बन्ने जनाउँदै एमाले प्रवेश गरेका हुन । एमाले उम्मेद्वार भगबती चौधरीले जेनजी युवालाई एमालेमा स्वागत गर्नुभयो ।एमाले सुनसरी ३ युवा परिचालन कमिटीले वडा नम्बर ६ देखि १५ सम्मका युवा सहभागि गराएर कार्यक्रम आयोजना गरेको कार्यक्रमका अध्यक्ष युवा नेता सबिन श्रेष्ठले बताउनुभयो । कार्यक्रममा सुनसरी ३ की एमाले उम्मेद्वार भगबती चौधरीले देशबिकास गर्न युवामा लगानी जरूरी रहेको बताउनुभयो । उहाँले युवालाई देशम
छाल खवर धरान, ९ फागुनः धरानको प्रतिष्ठित दौडको रुपमा रहेको धरान १०के रनको उपाधि पुरुषतर्फ नरेन्द्र सिंह रावत र महिलातर्फ सन्तोषी श्रेष्ठले हात पार्न सफल भएकाछन् ।१० किलोमिटर दूरी रावतले ३१ मिनेट ५१ सेकेण्डमा पूरा गर्दै पहिलो स्थान सुरक्षित गरे भने श्रेष्ठले ३७ मिनेट ३७ सेकेण्डमा दौड पूरा गर्दै महिलातर्फ उपाधि हात पार्न सफल वनेकी थिइन । विजेता दुबैलाई जनही नगद ६० हजार रुपैयाँ प्रदान गरिएको आयोजकले जनाएको छ। पुरुषतर्फ जुलियस मर्युकी ३१ मिनेट ५८ सेकेण्डमा दूरी पार गर्दै दोस्रो भए भने महिलातर्फ पुष्प सेर्मा ४१ मिनेट ४४ सेकेण्डसहित दोस्रो भइन्। उनीहरुलाई जनही ४० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गर
छाल खवर धरान,८ फागुनः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ को अभिभावक दिवस सम्पन्न भएको छ । शुक्रबार विद्यालय प्राङ्गणमा कार्यक्रको आयोजना गरी अभिभावक दिवस कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रमका प्रमुख अतिथि धरान उप–महानगरपालिकाका कार्यवाहक मेयर अइन्द्र विक्रम बेघाले वडा नम्बर ५ मा स्थापना भएको यस विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्दै क्षेत्रकै अब्बल विद्यालयका रूपमा पहिचान बनाउन सफल भएको उल्लेख गरे। उनले आगामी दिनमा विद्यालयले अझ उचाइ हासिल गर्ने विश्वास व्यक्त गर्दै गरेका थिए । विद्यालयका प्रबन्ध निर्देशक पृथ्वी रैका मगरले अभिभावकहरूको निरन्तर साथ र सहयोग कै कारण विद्यालय आज
छाल खवर धरान,७ फागुनः धरान वडा नम्बर ८ को मुख्य विषयहरु धरान सभागृह मर्मत, दुइ खहरेहरुबाट वस्तीको संरक्षण, वसोबास वस्तीको व्यवस्थापन तथा पूर्वाधारको विकास लगायतका विषयहरु आफ्नो प्राथमिकतामा रहेको एमाले उमेदवार टीकाराम लिम्बूले बताएकाछन् । बिहिबार ९८ वर्षिया तुलसादेवी सापकोटाबाट टीका, खदा र आशिष् ग्रहण गर्दै नेकपा (एमाले) ले धरान ८ ले घरदैलो शुभारम्भमा लिम्बूले उक्त कुरा बताएका हुन् । शुभारम्भमा २०४९ सालमा निर्वाचित धरान ८ नम्बर वडा अध्यक्ष रुद्रबहादुर लिम्बू, हालका वडा अध्यक्ष धनबहादुर राईलगायतले समेत उमेदवारहरुलाई माल्यार्पण गरेर सुरु टोलटोलको भेटघाटमा वडाका पार्टीका सदस्य तथा शुभेच्छुकहरुल
सुर्य बहादुर भट्टराई (मनोज) हुन प्रतिनिधि सभा सदस्ष्य निर्वाचन सुनसरी क्षेत्र नं. १ का नेपाली कम्युनिष्ट पार्टीका तारा चिन्हका उम्मेद्वार जो धरान उपमहानगरपालिका वडा नं १७ का दुइ कार्यकालका वडाध्य समेत हुन । धरानका लागि परिचित व्यक्ति मनोज सुनसरी क्षेत्र नं. १लाई केन्द्रसंग जोडने पुलको रुपमा काम गर्ने प्रतिवद्धता व्यक्त गरेकाछन् । भूगोल र मन जोडन आफ्नो उम्मेद्वारी भएको भट्टराईको भनाई रहेको छ । तपाईंको उम्मेदवारी के को लागि ? मेरो उम्मेद्वारी सैद्धान्तिकरुपमा मुख्यतयः भूगोल र मनलाई जोड्ने हो । यसकोलागि नीतिगत तहमा उपस्थितिको आवश्यता पर्न जान्छ । सुनसरी(१ बाट निर्वाचित भएँ भने उक्त नीतिगत
छाल खवर धरान,६ फागुन ः नेपाल कै ठूलो दौड प्रतियोगिताको रुपमा रहेको धरान रनको तयारी पुरा भएको आयोजकले जनाएको छ । आयोजक नेवाः च्यारिटीले वुधवार पत्रकार सम्मेलन गरी सो विषयमा जानकराी गराएको हो । धरान रन समुहद्धारा बुधवार आयोजित पत्रकार सम्मेलनमा समूहका अध्यक्ष हेमन सुनुवारले उक्त जानकारी दिएका हुन । प्रमुख प्रयोजक रहेकाले प्रतियोगिताको नाम गोफी धरान १० के रन नेवाः च्यारिटी रहेको छ । ‘शिक्षाका लागि दौड’ भन्ने नारा सहित १४ औँ संस्करणको सबै तयारी पूरा भएको जानकारी दिँदै अध्यक्ष हेमनले दौड प्रतियोगिता फागुन ९ गते हुने घोषणा गरेका छन् । यसपाली पहिलो पटक दौडमा सहभागी सम्पूर्ण धावक–
छाल खवर धरान,५ फागुन ः नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का तर्फबाट सुनसरी क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार महेश श्रेष्ठले २५ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेकाछन् । श्रेष्ठले मंगलवार एक कार्यक्रमकावीच सो घोषणा गरेका हुन निर्वाचान क्षेत्रको समग्र विकासका लागि स्पष्ट भिजन समेत वनाएकाछन् । ‘मादल’ चुनाव चिन्ह लिएर चुनावी मैदानमा उत्रिनुभएका श्रेष्ठले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै सुनसरी–१ लाई नमुना क्षेत्र बनाउने लक्ष्य व्यक्त गर्नुभएको हो। उम्मेदवार श्रेष्ठले विद्यालयदेखि विश्वविद्यालयसम्मको शिक्षा पूर्णतः निःशुल्
छाल खवर धरान,४ फागुन ः अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ मानार्थ उपाध्यक्ष, कोशी प्रदेश फुटबल संघका अध्यक्ष किशोर राईले नेपाललाई “फुटबलको देश”का रूपमा विश्वसामु चिनाउने दीर्घकालीन अभियानमा आफूहरू जुटिरहेको बताउनुभयो। धरानमा प्रदेश स्तरीय ‘यू–१४ स्कुल लेभल गर्ल्स एण्ड ब्वाइज फुटबल प्रतियोगिताको सोमबारदेखि सुरु भएको प्रतियोगिताको उद्घाटनमा वोल्दै राईले सो कुरा वताएका हुन् । धरान–१७ स्थित एन्फा एकेडेमीको खेल मैदानमा प्रतियोगिताको उद्घाटन भएको हो।उहाँले फुटबल अब केवल मनोरञ्जनको माध्यम नभई युवाको भविष्य र रोजगारीसँग जोडिएको क्षेत्र बनिसकेको उल्लेख गर्नुभयो। उहा
Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved
Website By : Hash Tech Logic