समाचार

    Showing ९०१-९१० of १,५२४ items.
  • एकीकृत समाजवादीद्धारा एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय

    छाल खवर धरान,९ फागुन ः नेकपा (एकीकृत समाजवादी) पार्टी ले संसद्मा टेबल भएको अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौताको विपक्षमा उभिने निर्णय गरेको छ । सोमवार बसेको पार्टी सचिवालय बैठकले एमसीसीको विपक्षमा मतदान गर्ने र त्यसको वातावरण बनाउने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । “संसद्मा टेबल भएको एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरेका छौँ । विपक्षमा उभिनका लागि सबैलाई भन्ने छौँ र वातावरण तयार गर्नेछौँ । बैठक भोलि पनि बस्छ,” उनले भने । उनका अनुसार सचिवालय बैठक भोलि पनि बस्नेछ ।

    • प्रकाशित मितिः फागुन ९, २०७८
    • ७५७ पटक पढिएको
    • छाल खबर
  • प्रहरीको ज्यादतिप्रति प्रेस संगठनको आपत्ति

    छाल खवर काठमाडौं,८ फागुन ःनेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य, समाजवादी प्रेस संगठन नेपालका संस्थापक तथा लेखा आयोगका संयोजक, नेपाल फेस डटकमका प्रधान सम्पादक माधव पौडेललाई प्रहरीले गरेको ज्यादति प्रति समाजवादी प्रेस संगठन केन्द्रीय समितिले आपत्ति जनाएको छ । प्रहरीले समाचारलाई पुष्टि गर्ने क्रममा गरिएको फोनका विषयलाई लिएर ‘शान्ति सुरक्षा भङ्ग’ गरेको जाहेरी लिई महानगरीय प्रहरी परिसर ललितपुरले रातको समयमा प्रहरी कार्यालयमा बोलाएको विषयमा प्रेस संगठनले आपत्ती जनाएको हो । प्रधान सम्पादक पौडेललाई समाचारको विषयलाई लिएर आकृति रायमाझी नामक महिलालाई मोबाइल फोनमा सम्पर्क गर्नु भई प्रतिकृय

    • प्रकाशित मितिः फागुन ८, २०७८
    • १,०४२ पटक पढिएको
    • छाल खबर
  • प्रदेश नं. १ को नामकरणको तयारी

    छाल खवर विराटनगर, ५ फागुन : प्रदेश नंं. १ को नामकरणका लागि प्रक्रिया सुरु गर्न प्रदेश सरकारले फागुन १० गते सर्वदलीय बैठकको आह्वान गरेको छ । नामकरणका लागि समन्वय तथा सहजीकरण गर्न यसअघि प्रदेश नं. १ सरकारले बनाएको समितिका तर्फबाट सर्वदलीय बैठकको आह्वान गरिएको हो । प्रदेश नं. १ को सरकारको गत माघ १६ गतेको मन्त्रिपरिषद् बैठकले तत्कालीन सामाजिक विकास मन्त्री जयराम यादवलाई प्रदेश नं. १ को नामकरणका लागि समन्वय तथा सहजीकरण गर्न जिम्मा लगाएको थियो । सोही समितिको जिम्मेवारीअनुसार, आज मुख्यमन्त्री राजेन्द्रकुमार राईको उपस्थितिमा उहाँकै कार्यकक्षमा बसेको बैठकले प्रदेशको नाम टुंगो लगाउने प्रक्रिया

    • प्रकाशित मितिः फागुन ६, २०७८
    • ८६५ पटक पढिएको
    • छाल खबर
  • आवश्यकता अनुसार गठबन्धन हुने कांग्रेस महामन्त्री थापाको भनाई

    छाल खवर काठमाडौं ,३ फागुन ः नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्थानीय तहको निर्वाचनमा आवश्यकतानुसार गठबन्धन हुने बताएका छन् । नेपाली कांग्रेस काभ्रेपलाञ्चोकको जिल्ला कार्यालयमा सोमबार साँझ आयोजित नेता, कार्यकर्तासँगको भेटघाटमा थापाले सो कुरा वताएका हुन् । कार्यक्रममा नेता थापाले केन्द्रीय निर्देशनले स्थानीय तहको निर्वाचनमा कुनै असर नगर्ने समेत दाबी गरे । कार्यक्रममा वोल्दै थापाले कुन पालिकामा कुन दलसँग गठबन्धन गर्ने भन्ने कुरा पालिका समिति, जिल्ला कार्यसमिति लगायत जिल्ला तहबाटै निर्क्योल गरे मात्र उपलब्धि हासिल गर्न सकिने उल्लेख गरेकाछन् । कसैले हल्ला गर्दैमा निर्वाचन नसर्ने वताउदै स

    • प्रकाशित मितिः फागुन ३, २०७८
    • २,४२१ पटक पढिएको
    • छाल खबर
  • कोशी अस्पताल सुधारमा मन्त्रीको प्रतिवद्धता, प्रदेश १ कै नमुना अस्पताल बनाईने

    छाल खवर धरान,२ फागुन ः स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडाले स्वास्थ्य बिमामा देखिएको समस्या एक महिना भित्र गर्ने बताएका छन् । बिराटनगर बिहान संवाद समुहले आयोजवना गरेको संवादको क्रममा बिमा कार्यक्रमको रकम अस्पतालहरुले पाउन नसकेको भन्ने गुनासोमा उनले तत्काल त्यो रकम उपलब्ध गराईने बताएका हुन् । अहिले बिमा बापतको रकम भुक्तानी हुन नसक्नुको कारण भनेको कर्मचारी अभावले हो, उनले भने, त्यो समस्या समाधान गर्नकालागि तत्काल कर्मचारी ब्यवस्थापन गरेर एक महिना भित्र बिमाको रकम भुक्तानीको लागि वातावरण बनाईने छ । उनले कोशी अस्पतालको सुधारकोलागि काम शुरु भएको बताएका छन् । भौतिक पूर्र्बाधार निर्माणमा

    • प्रकाशित मितिः फागुन २, २०७८
    • २,९५५ पटक पढिएको
    • छाल खबर
  • कांग्रेसको संगठन सशक्तिकरण र सुदृढिकरण अभियान

      छाल खवर धरान,१ फागुन ः नेपाली कांग्रेसले पार्टी संगठन सशक्तिकरण र सुदृढिकरण अभियान वडावडामा गर्न शुरु गरेको छ । नेपालीकांग्रेस क्षेत्र नं. १, सुनसरीले क्षेत्र नं. १ अन्तर्गत पर्ने रामधुनी नगरपालिकाको वडा नं. ७ वाट अभियानको शुरुवात गरेको हो । कार्यक्रममा क्षेत्रीय सभापति सुजेन्द्र तामाङले पार्टी संगठनको सशक्तिकरण र सुदृढिकरण अभियान मार्फत कांग्रेस जनजनमाजागरण ल्याउन र संगठन विस्तारमा टेवा पुर्याउने उद्देश्यले अभियान वडागतरुपमा सञ्चालन गरिएको बताए । उनले संगठनलाई मर्यादित, अनुशासितबनाउने तथा जनता र कार्यकर्ताप्रतिपार्टीका स्थानीय नेतृत्वलाई जवाफदेही र उत्तरदायीबनाउंदै जनअपेक्षा र का

    • प्रकाशित मितिः फागुन १, २०७८
    • २,६०० पटक पढिएको
    • छाल खबर
  • जनयुद्ध दिवसको अवसरमा धरानमा रक्तदान

    छाल खवर धरान,१ फागुन ः २७ औं जनयुद्ध दिवसको अवसरमा धरानमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेकपा माओवादी केन्द्र घरान उपमहानगर समितिको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । रगत नपाएर अस्पतालमा छट्पटिने विरामीलावई सहयोग पुगोस् भन्ने उद्देश्यले दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ । कोभिड–१९ कोरोना भाईरसका कारण स्वास्थ्य क्षेत्रमा देखिका समस्यलाई समधान होस भन्ने उद्देश्यले रक्तदान कार्यक्रमको आयोजना गरिएको धरान ३ का पार्टी वडाअध्यक्ष तथा रक्तदान कार्यक्रमको आर्थिक संयोजक मिङ्मा भोटेले जानकारी बताए । रक्तदान कार्यक्रम सोचे भन्दा राम्रो भएको र सोचे भ

    • प्रकाशित मितिः फागुन १, २०७८
    • १,४०२ पटक पढिएको
    • छाल खबर
  • नगरप्रमुख चौधरीले पत्रकारलाई गरेको गाली वेइजती प्रति पत्रकार महासंघ, समाजवादी प्रेस संगठन लगायत संघसंस्थाको आपत्ती

    छाल खवर धरान,२९ माघ ः इटहरीबाट प्रकाशित प्रदेश पोर्टल डटकमका प्रवन्ध सम्पादक प्रेम वास्तोलालाई इटहरी नगरप्रमुख द्धारीकालाल चौधरीले गरेको गाली वेइज्यातिको संगठनहरुले भत्र्सना गरेकाछन् । नगरप्रमुख चौधरीले बास्तोलालाई पोर्टलमा प्रकाशित बिचारको विषयलाई लिएर सामाजिक सञ्जालमा गाली वेइजती सहितको धम्किपुर्ण कमेन्ट गरेपछि पत्रकार संगठनहरुले सो भत्र्सना गरेका हुन् । नगरप्रमुख चौधरीले प्रदेश पोर्टलमा बुधबार प्रकासित टिप्पणीमुलक बिचारलाई लिएर सामाजिक सन्जालमा गाली बेइज्जती सहित छुद्र कमेन्ट गरेका थिए । प्रदेश पोर्टलकै पत्रकार प्रकाश बन्जराले लेखेको “इटहरीका चामल चोरहरूसँग जनताको अपेक्षा र स्था

    • प्रकाशित मितिः माघ २९, २०७८
    • ४,५३४ पटक पढिएको
    • छाल खबर
  • आफ्नो राजनीतिक प्रतिवद्धता पुरा गर्दै कांग्रेस नेता–किशोर राई

    छाल खवर धरान,२९ माघ ः नेपाली कांग्रेस धरानका प्रभावशाली नेता किशोर राईले चौधौं महाधिवेशनमा आफुले गरेको प्रतिवद्धता पुरा गर्न सकृय भएकाछन् । राईले महाधिवेशनमा पार्टी कार्यकर्ता माझ गरेको वचन पूर्ण रुपमा पालन गदैै पुरा गर्न सकृय भएका हुन् । राईले धरानका हरेक वडामा पार्टी कार्यालय स्थापना गर्ने प्रतिवद्धता जनाएका थिए सोही अनुसार उनले धरानका सवै वडामा पार्टी कार्यालयको वोर्ड निर्माण गरी पार्टी सभापतिहरुलााई हस्तान्तरण गरेकाछन् । राजनीतिमा धेरै जसो छलछाम र ढाटको काम हुने भएकोले वोलेको कुरा पुरा गरेर देखाए मात्र जनताको विश्वास हुने तर्क गर्र्दै उनले आफुले गरेका वाचा पुरा गरेको प्रतिक्रिया दिएक

    • प्रकाशित मितिः माघ २९, २०७८
    • १,९१४ पटक पढिएको
    • छाल खबर
  • एमालेलाई धरानमा ठूलो धक्का, पुर्वजिल्ला सदस्य रेवतीरमण राईको अध्यक्षतामा नेकपा एसको कमिटी घोषणा

    तस्विर ः दिलबहादुर राई छाल खवर धरान,२८ माघ ः नेकपा एमालेका नेताहरुले धरानमा आफ्नो विरासत कायम गर्ने दावी गरेको वेला पार्टी कार्यकर्ताहरु भने पार्टी छोडनेक्रम जारी रहेको छ । स्थानीय तहको निर्वाचनको तयारी शुरु भएको अवस्थामा नेकपा एमाले सुनसरीका पूर्व जिल्ला सदस्य समेत रहेका नेता कार्यकर्ताहरुले पार्टी छाडदा ठूलो क्षति पुगेको छ । धरानमा शुक्रवार सुनसरी उद्योग वाणिज्य संघ धरानको सभाहलमा भएको भेलाले एमालेका पुर्वजिल्ला सदस्य समेत रहेका रेवतीरमण राईको अध्यक्षतामा ७१ सदस्यीय नेकपा (एकीकृत समाजवादी)धरान उपमहानगर कमिटी घोषणा गरेपछि एमालेलाई क्षति भएको हो । रेवतिरमण राई जिल्ला अधिवेशनमा जिल्ल

    • प्रकाशित मितिः माघ २८, २०७८
    • ३,१०९ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic