राष्ट्रिय

    Showing १११-१२० of ३३१ items.
  • सभामुखद्धारा उभौलि पर्वका अवसरमा शुभकामना

    छाल खवर धरान,१२ धरान ः प्रदेश १ का सभामुख प्रदिप कुमार भण्डारीले किराँत समुदायको महान पर्व उभौली तथा नेपालका राष्ट्रिय विभुति, बौद्धदर्शनका प्रवर्तक एवंम् शान्तिका अग्रदुत गौतम बुद्धको २६४५ औं जन्म जयन्ती तथा २५६५ औं बुद्ध पुर्णिमाको अवसरमाशुभकामना व्यक्त गर्नुभएको छ । सभामुख भण्डारीले मंगलवार शुभकामना वक्तव्य जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरुमा सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि एवंम् उत्तरोतर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्नुभएको हो । बहुजातीय, बहुधार्मिक, बहुसाँस्कृतिक विविधतायुक्त नेपाली समाजमा विभिन्न जातजाति र समुदायले मनाउने चाडपर्वहरुले सबै नेपाली बीच आपसी सद

    • प्रकाशित मितिः जेठ ११, २०७८
    • २,०८५ पटक पढिएको
    • छाल खबर
  • प्रतिनिधिसभा विघटन विरुद्धको रिटको सुनुवाई १३ र १४ गते

    छाल खबरधरान, ११ जेष्ठः प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा ३० वटा रिट दायर गरिएका छन । ती मध्ये १९ वटा रिट साधारण इजलासमा र ११ वटाको संवैधाानिक इजलासमा सुनुवाइको माग गरिएको छ । अदालतले अन्तरिम आदेश माग गरिएका १९ रिटको पेशी १३ गते बिहीबारलाई तोकेको छ भने संवैधानिक इजलासका लागि दायर गरिएका ११ रिटको पेशी १४ गते शुक्रबारलाई तोकेको छ । साधारण इलासका लागि बिहीबारलाई पेशी तोकिएको रिटमाथि पहिलो सुनुवाइ एकल इजलासले गर्ने छ । उक्त इजलासले संवैधानिक व्याख्याको प्रश्न देखेमा संवैधानिक इजलासमा पठाउन सक्ने छ । संवैधानिक इजलास बुधवार र शुक्रबार मात्र बस्ने भएकाले अरू ११ रिटको पेशी शुक्रबारलाई तोकिए

    • प्रकाशित मितिः जेठ ११, २०७८
    • ६८३ पटक पढिएको
    • छाल खबर
  • खनाल–नेपाल सहित ११ जना एमालेबाट निष्कासित (बैठकको निर्णय सहित)

    छाल खबरधरान, १० जेष्ठः नेकपा एमालेले वरिष्ठ नेता माधव कुमार नेपाल र झलनाथ खनालसहित ११ जना नेताहरूलाई पार्टीको साधारण सदस्य नै नरहने गरि निष्कासन गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले स्थायी कमिटीको बैठकले उक्त निर्णय गरेको हो । पार्टीको अनुशासन उल्लंघन गरेको र विपक्षी पार्टीका नेतालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको अभियोगमा निष्कासन गरिएको हो । यसअघि शनिबार बसेको स्थायी कमिटीको बैठकले संसदीय दलका नेता केपी ओलीलाई असहयोग गर्दै विपक्षी दलका नेता शेरबहादुर देउवालाई सहयोग गर्ने नेपालसहित ११ सांसदलाई २४ घण्टे समयावधी दिएर स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । निर

    • प्रकाशित मितिः जेठ १०, २०७८
    • १,१५७ पटक पढिएको
    • छाल खबर
  • संसद विघटनको डटेर प्रतिवाद गर्न नेता नेपालको आव्हान

    छाल खबरधरान, ८ जेष्ठः राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा प्रतिनिधी सभा विघटन गरि मध्यावधी निर्वाचनको घोषणा गरे सँगै नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले षड्यन्त्रकारीको उक्साहट र चाहनामा फेरि पनि संसद्को चीरहरण भएको बताएका छन । सामाजिक सञ्जालमा प्रतिक्रिया व्यक्त गर्दै नेता नेपालले संसद् विघटन गरेर चुनावको घोषण गर्नु प्रतिगमन भाग–२ भएको उल्लेख गर्दै संविधानको मर्ममाथि प्रहार गर्दै सर्वसत्तावाद लाद्ने उद्देश्यले भएको कथित चुनावको उदघोष जालझेल भएको टिप्पणी गरेका छन । नेता नेपाले केपी ओलीको यो कदमको डटेर प्रतिवाद गर्न आव्हान गर्दै प्रतिक्रियामा ‘यो व्यवस्था नै कू गर्ने अग्र

    • प्रकाशित मितिः जेठ ८, २०७८
    • १७६ पटक पढिएको
    • छाल खबर
  • नेपाल–खनाल समूहका सासंदहरुले भने देउवालाई समर्थन छैन

    छाल खबरधरान, ७ जेष्ठः राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सरकार गठनका लागिआव्हान गरे सँगै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका संसदिय दलका नेता शेरबहादुर देउवाले प्रधानमन्त्रीका लागि आफू सँग नेबपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एमालेका नेपाल–खनाल समूहका समेत प्रतिनिधी सभाका १४९ सदस्यको समर्थन रहेको राष्ट्रपति कार्यालयमा दावी प्रस्तुत गरिरहदा नेपाल–खनाल समूहका प्रतिनिधी सभा सदस्यहरुले भने आफूले हस्ताक्षर नै नगरेको, विगतमा संसद अधिवेशन बोलाउन संकलन गरिएको हस्ताक्षरको दूरुपयोग गरिएको बताएका छन । यसरी दावी गर्नेहरुमा जयकुमार राई सुनसरी, सुरेन्

    • प्रकाशित मितिः जेठ ७, २०७८
    • १३६ पटक पढिएको
    • छाल खबर
  • राष्ट्रपतिद्धारा वैकल्पिक सरकार गठनको लागि आव्हान

    छाल खबरधरान, ६ जेष्ठः राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ मा व्यवस्था भए अनुसारको नयाा सरकार गठनका लागि भोली जेष्ठ ७ गते ५ः०० बजे भित्र दावी प्रस्तुत गर्न आव्हान गरेकी छन् । आज जेष्ठ ६ गते साँझ बसेको मन्त्रीपरिषद बैठकले प्रधानमन्त्रीले संसदमा विश्वासको मत नलिने तथा वैकल्पिक सरकार गठनको मार्ग प्रशस्त गर्ने निर्णय गरेको थियो । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले वैकल्पिक सरकार गठनको लागि आव्हान गरेकी हुन ।

    • प्रकाशित मितिः जेठ ६, २०७८
    • ३०४ पटक पढिएको
    • छाल खबर
  • सर्वोच्च अदालतको आदेशले गयो गैरसासंद सात मन्त्रीको पद

    छाल खबरधरान, ६ जेठ ः सर्वोच्च अदालतले संसद सदस्य नरहेका ७ जना मन्त्रीलाई मन्त्रीको हैसियतमा कामकाज गर्न गराउन रोक लगाउने गरी अन्तरिम आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले संसद सदस्य नरहेका गृहमन्त्री रामबहादुर थापा बादल, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री टोपबहादुर रायमाझी, शहरी विकास मन्त्री प्रभु साह, खानेपानी मन्त्री मणीचन्द्र थापा, श्रम, रोजगार, तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरी र युवा तथा खेलकुद मन्त्री दावा लामालाई मन्त्रीको हैसियतमा कुनै पनि कामकारबाही नगर्नु नगराउनु भनी अन्तरिम आदेश जारी गरेको हो

    • प्रकाशित मितिः जेठ ६, २०७८
    • १२७ पटक पढिएको
    • छाल खबर
  • खिमलाल देवकोटा निर्वाचित राम बहादुर थापा बादल पराजित

    छाल खबरधरान ६ जेष्ठः आज सम्पन्न बाग्मती प्रदेशको राष्ट्रिय सभाको उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादल पराजित भएका छन् । रामबहादुर थापा बादललाई पराजित गर्दै नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रलगायत दलका साझा उम्मेदवार खिमलाल देवकोटा राष्ट्रिय सभा सदस्य निर्वाचित भएका छन । निर्वाचन पछि आजै गरिएको मतगणनामा देवकोटाको पक्षमा ५ हजार ८८ मतभार आएको छ भने रामबहादुर थापा बादलको पक्षमा ४ हजार १४ मतभार आएको छ । मतगणना परिणाम अनुसार वाग्मती प्रदेशसभाका १०५ सदस्यले मतदान गरेकामा देवकोटाले ५८, बादलले ४५ र नेपाल मजदुर किसान पार्टीका कृष्णबहादुर तामाङले २ मत पाएका छन ।त्यस्तैगरि वाग्मती

    • प्रकाशित मितिः जेठ ६, २०७८
    • ४,०५३ पटक पढिएको
    • छाल खबर
  • निषेधाज्ञामा कर र जरिवाना नलिनू सर्वोच्च

    छाल खवर काठमाडौं,५ जेठ ःउद्योगी व्यापारीहरुलाई लकडाउनको समयमा घरमा वसीरहेको अवस्थामा पनि घरको तनाव भईरहेको फैसलाले केही मात्रामा भएपनि राहत मिलेको छ । सर्वोच्च अदालतले निषेधाज्ञा वा बन्दाबन्दी लागु भएको अवधिमा कर र जरिवाना नलिन सरकारको नाममा अन्तरिम आदेश दिएपछि राहत मिलेको हो । सर्वोच्चले बन्दाबन्दी पूणरुपमा खुलेपछि बाटोको म्यादबाहेक ३० दिनभित्र मूल्य अभिवृद्धि करको विवरण र कर बुझाउन सक्ने गरी आवश्यक व्यवस्था मिलाउन समेत सर्वोच्च अदालतले सरकारका नाममा अन्तरिम आदेश दिएको छ । अधिवक्ता सृजना अधिकारी र शैलेन्द्र उप्रेतीले दायर गरेको रिटमाथि सुनुवाई गर्दै न्यायाधीश मीरा खड्काको एकल इजलासले बुधबा

    • प्रकाशित मितिः जेठ ५, २०७८
    • ४४८ पटक पढिएको
    • छाल खबर
  •  पार्टी एकता कायम राख्न अविश्वासको वातावरण सिर्जना हुन नदिन कार्यदलको अपील

    छाल खबरधरान, ४ जेठः नेकपा एमाले भित्र देखिएको विवाद समाधान गर्दै सहमति कार्यान्वयनका निम्ति आवश्यक प्रस्ताव ल्याउन गठित कार्यदलले आपसमा अन्तरविरोध र अविश्वास सिर्जना हुने कार्यबाट अलग रहन पार्टी पंक्तिलाई आग्रह गरेको छ । आज मंगलबार सिंहदरबारमा बसेको कार्यदलको पहिलो बैठकले पार्टी एकता कायम राख्न अविश्वासको वातावरण सिर्जना हुन नदिन अपील जारी गरेको हो । बैठकले कार्यदलको कार्यक्षेत्र, कार्यविधि र आचारसंहिता तय गरी लागु गर्ने निर्णय गरेको छ । कार्यदलका सदस्य भिम रावलले बैठक पश्चात दिनु भएको जानकारी अनुसार पार्टीमा देखिएका समस्याहरुलाई यथोचित रुपमा समाधान गर्दै पार्टी पंक्तिलाई एकतावद्ध गर्दै अघि

    • प्रकाशित मितिः जेठ ४, २०७८
    • ७,३३७ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic