छाल खवर धरान,४ वैशाख ः सिटीजन्स वैंक धरान शाखाले वार्षिक उत्सवका अवसरमा रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ । वैंकले १५ औं वार्षिक उत्सवका अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गगत रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको हो । देशव्यापी रुपमा विभिन्न कार्यक्रमको आयोजना गरीन लागेपनि धरानका भने रक्तदानको आयोजना गरीन लागेको वैंकका शाखा प्रमुख तोर्ण कार्कीले जानकारी दिएकाछन् । मानवीय सेवा गर्ने उदेश्यले सो कार्यक्रमको आयोजना गरीन लागेको प्रमुख कार्कीको भनाई रहेको छ । उनले रगतको अभावमा कसैले पनि ज्यान गुमाउन नपरोस भन्ने उदेश्यले कार्यक्रमको आयोजना गरीएको वताउदै सो पुण्य कार्यमा सहभागी हुन उनले धरान
छाल खवर धरान,३ वैशाख किर्ते कागजातका आधारमा करोडौँ ऋण कर्जा वितरण गरेको कामना सेवा विकास बैंकले आफ्ना उच्च तहका कर्मचारीलाई उन्मुक्ति दिएर ६१ वर्षे बृद्धलाई हिरासत पठाएको छ । झापामा रहेको बैंकको दमक शाखाबाट प्रवाह भएको एक करोड ५० लाख ऋणको विषय यतिबेला प्रहरी हुँदै सरकारी वकिल मार्फत जिल्ला अदालत झापा सम्म पुगेको छ । तर, प्रहरीले बैंकका उच्च अधिकारीलाई उन्मुक्ति दिएर सोझा बृद्धलाई मुद्दा लगाएको हो । मोरङको उर्लाबारी नगरपालिका ५ घर भएका ६१ वर्षिय प्रेम कुमार तामाङका छोरा प्रकाश लामाले दमक झापाको नगरपालिका ५ मा छिरिङ ईन्टर प्राइजेज नामक कम्पनि खोलेका थिए । बुलेट बाइकको कारोबार गर्ने उद्दे
छाल खवरधरान,४ माघः महेन्द्र बहुमुखी क्याम्पस धरानको जग्गा हडप्न लागेपछि जग्गा बचाउ समिति गठन भएको छ । धरानका नागरिक अगुवाहरुले मोहीको छोरालाई अघि सारेर भुमाफियाले जग्गा हडप्न लागेपछि दवाव स्वरुप सडक आन्दोलनको समेत घोषणा गरेकाछन् । सोही क्याम्पसका पुर्वप्रमुख तथा पुर्वमेयरसमेत रहेका कुमारबहादुर कार्कीको संयोजकत्वमा जग्गा बचाउ समिति गठन गरिएको हो । जग्गा फिर्ता नभएसम्म आन्दोलन जारी राख्ने कार्कीको भनाई रहेको छ । समिति जनप्रतिनिधिहरु सल्लाहकार छन् भने राजनीतिक दलका प्रतिनिधि, सामाजिक संघसंस्थाका प्रतिनिधि, बुद्धिजिविहरु सदस्य छन् । संयोजक कार्कीले माघ ५ गते सांकेतिकरुपमा धरानमा मौन जुलुस गर्
छाल खवर धरान,२० पुष ःधरान–१३ स्थित चिरञ्जीवी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०७७÷०७८ मा १ अर्व ४४ करोड भन्दा माथि कारोवार गरेको छ । संस्थाले सोमवार आयोजना गरेको १० औँ वार्षिक साधारणसभा पेस गरेको आर्थिक प्रतिवेदनमा सो कुराको जानकारी दिइएको हो । धरान–८ स्थित लाङ्घाली सामुदायिक वन उपभोक्ता समितिको सभाहलमा भएको साधारण सभामा संस्थाका अध्यक्ष खेम बहादुर माझिले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन सो कुरा उल्लेख गरीएको थियो । अध्यक्ष माझिले आर्थिक वर्ष २०७७÷७८ मा संस्थाले १ अर्ब ४४ करोड ७३ लाख १४ हजार १ सय ३० रुपैयाँको कुल कारोबार गरेको जानकारी दिएका
छाल खवर धरान,१२ पुष ः पूर्वको प्रमुख पर्यटकीय क्षेत्रको रुपमा रहेको भेडेटारमा तीन दिने फुट फेस्टिवल आयोजना गरीने भएको छ । आयोजक भेडेटार होटल एशोसिएशनले सोमवार पत्रकार सम्मेलन आयोजना गरी सो वारेमा जानकारी दिएको हो । आयोजकले दिएको जानकारी अनुसार पुष १६ गतेदेखि १८ गतेसम्म ९ औं फुड फेस्टिवल आयोजना गरीने छ । हरेक अंग्रेजी नयाँ वर्षको अवसर पारेर त्याहा आउने पर्यटकहरुलाई लक्षित गरेर फेस्टिवल आयोजना गरीदै आएको छ । छिमेकी मुलुक भारतका पर्यटकहरुलाई लक्षित गरेर हुदै आएको फुड फेस्टिवल गत वर्षमा भने कोरोना महामारीको कारण हुन सकेको थिएन । कोरोना महामारीका कारण केही समय घरमा नै केन्द्रीत रहेका पर्यटकहरु
छाल खवर काठमाडौं,२ पुषः नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई कर्जा अवधिभर कर्जाको व्याजदर पुनरावलोकन नगर्न निर्देशन दिएको छ । राष्ट्र बैंकले बिहीबार एक निर्देशन जारी गर्दै यस्तो निर्देशन दिएको हो । राष्ट्र बैंकले कर्जा अवधि भर परिवर्तन नहुने गरी प्रवाहित कर्जामा ऋणीसँगको लिखित सहमतिमा पहिलो पटक ७ वर्षमा र तत्पश्चात प्रत्येक ५ वर्षमा ब्याजदर पुनरावलोकन गर्न सकिने व्यवस्था गरेको हो । यसवाहेक अन्य जुनसुकै कारणबाट यस्ता कर्जाको ब्याज परिवर्तन गर्न नपाइने निर्देशनमा उल्लेख छ । यस्तै, इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाले धितो मूल्याङ्कन गराउने प्रयोजनका लागि मूल्यांकनकर्ता सूच
छाल खवर धरान,१५ मंसिर ः व्यवसायिकहरुको हक हितको लागि कार्य गर्ने उदेश्यले धरानका सञ्चालित फ्लेक्स प्रिन्ट व्यवसायीहरु संगठित वनेकाछन् । धरानमा रहेका व्यवसायीहरुको मंगलवार भएको भेलाले भोला श्रेष्ठको अध्यक्षतामा धरान फ्लेक्स प्रिन्टर्स एशोसिएसन अफ धरान गठन गरीएको हो । समितिको उपाध्यक्ष,सचिव,सहसचिव र कोषाध्यक्षमा क्रमस सुमन श्रेष्ठ,देवचन्द्र सिवाकोटी,भरत श्रेष्ठ र सजन बज्राचार्य रहेकाछन् । त्यसैगरी समितिको सदस्यहरुमा सुमन शाक्य,लोकेन्द्र श्रेष्ठ,दिनेश श्रेष्ठ र गजेन्द्र मुखिया रहेकाछन् । वैठकले संस्था दर्ताका लागि गजेन्द्र मुखियको संयोजकत्वमा विधान मस्यौदा समिति गठन गरेको छ जसको सदस्यमा भोला
छाल खवर धरान,२३ असोज ः सुजुकी व्राण्डको स्कुटर खरीद गर्दा लक्की ड्र मार्फत निश्चल पलिखे र श्रीमति पुजा ताम्राकारले मोटरसाइकल उपहार पाएका छन् । ताम्राकारले नवदुर्गा अटो प्यालेस धरान ८ असोज ११ गते सुजुकीको एक्सेस स्कुटर खरिद गरेकी थिइन् । दशैं आयो, उमंग छायो अफर अन्तर्गत लक्की ड्र कुपनमार्फत उनले मोटरसाइकल उपहार पाएका थिए । नेपाल अधिराज्यभरिबाट सुजुकीको स्कुटर र मोटरसइकल खरिद गरेका ग्राहकहरुमध्ये लक्की ड्र कुपनमार्फत हरेक १५ दिनमा एक जना भाग्यशाली ग्राहकले सुजुकी इन्टुडर मोटरसाइकल उपहार पाउने गरेको नवदुर्गा प्यालेसका सञ्चालक दुर्गा भुजेलले जानकारी दिएकाछन् । सोही कार्यक्रम अन्र्तगत शुक्रबार
छाल खवरधरान,१७ असोज ः यमाहा मोटर साइकल आजबाट धरानमा शुरु भएको ६ दिने महा एक्सचेन्ज मेला आइतवारबाट शुरु भएको छ । धरानको छाताचोक स्थित जिएस मार्केट अगाडी खाली चौरमा ६ दिने महा एक्सचेन्ज मेला आजबाट शुरु भएको हो । यमाहा महा एक्सचेन्ज मेलाको पहिलो दिन वर्षादको अवरोध भएपनि १५ वटा गाडी विक्री भएको विजयपुर ट्रेडर्सका संचालक प्रभाव खतिवडाले जानकारी दिनुभयो । असोज १७ देखि २२ गतेसम्म सञ्चालन हुने महामेला पुराना वाइकहरुको एक्सचेन्ज,फाइनान्स सुविधासमेत ग्राहकहरुलाई उपलब्ध गराइएको छ । आधिकारिक विक्रेता खतिवडाका अनुसार पुराना बाइकहरुको मूल्याकन प्रचलित बजार मुल्य भन्दा १० हजार बढी दिइनेछ । कुनैपनि व्राण
छाल खवरधरान,१६ असोज ः बजाज नेपालले भोलीबाट एक्सचेञ्ज महामेला संचालन गर्ने भएको छ । उक्त मेलामा कुनै पनि ब्राण्डको पुरानो बाइकसंग नयाँ बजाज बाइक साट्न सकिने मेला आयोजक अर्विन एण्ड ब्रर्दश अटो धरानका सञ्चालक अर्विन तामाङले जानकारी दिएकाछन् । बजाजले आउँदो वडा दशै तथा तिहारको अवसर पारेर ‘खुसीको तीन डोज’ योजना समेत ल्याएको छ । मनपर्ने बजाज ब्राण्डका मोटरसाइकल किन्दा मात्र होइन किन्नु अघि र किनेपछि पनि नगद उपहार पाउने सुविधा ल्याएको हो । उक्त योजना अनुसार किन्नु अघि १० हजार रुपैयाँसम्म, किन्दा खेरी १ लाखसम्म र किनेपछि १० लाखसम्म नगद उपहार पाउने बजाजले जनाएको छ । ग्राहकले नयाँ बजाज ब
Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved
Website By : Hash Tech Logic