समाज

    Showing २१-३० of ४३२ items.
  • फोकस १६ द्धारा विदाई कार्यक्रम सम्पन्न

    धरान,७ मंसिरः फोकस क्लव धरान–१६ ले सल्लाहकार तथा धनकुटा सेवा समाज दक्षिण कोरीयाका अध्यक्ष समाजसेवी प्रदेश राईलाई विदाई गरेको छ । क्लवका सल्लाहकार र क्लवका सदस्य लक्ष्मी याक्खालाई एक कार्यक्रमका विच विदाई गरेको हो । समाजसेवी राईले क्लवलाई विगत वर्षदेखि नै सहयोग गर्दै आउनु भएको छ । नेपाल आउनु भएको अवसरमा क्लवले सल्लाहकार राई र सदस्य याक्खालाई क्लवमा योगदान गरे वापत सम्मान समेत गरेको थियो । दक्षिण कोरीयामा रहेर सफल व्यवसायसँगै फुटबल खेललाई समेत अगाडी वढाउदै समाजसेवा समेत सकृय रहदै आउनु भएका राईलाई नेपालमा पनि फुटबल खेलप्रति थप प्रोत्साहन गर्न प्रेरणा मिलोस भन्ने उदेश्यले सम्मान गरीएको

    • प्रकाशित मितिः मंसिर ७, २०८२
    • १,८१४ पटक पढिएको
    • छाल खबर
  • खस समाजको वार्षिक उत्सवमा सम्मान कार्यक्रम

    छाल खवर धरान,६मंसिरः खस समाज प्रतिष्ठान नेपालको ९औं स्थापना दिवस तथा मैत्रीपूर्ण बनभोज कार्यक्रम शनिबार धरान–६ पानवारीस्थित मयुर होटलमा सम्पन्न भयो। प्रतिष्ठानका अध्यक्ष बिरेस थापाको अध्यक्षतामा भएको सो कार्यक्रममा पूर्व प्रधान मन्त्री डा. केशर बहादुर बिष्ट प्रमुख अतिथि रहेका थिए । प्रमुख अतिथि डा. बिष्टले खस समुदायको इतिहास, धर्म र संस्कृतिबारे विस्तृत रूपमा आफ्नो धारणा प्रस्तुत गर्दै राष्ट्रिय गानका केही पंक्तिहरूले वास्तविकता प्रतिविम्बित गर्न नसक्ने तर्क गरे। “सयौं थुँगा फूलका हामी एउटै माला नेपाली” सही भए पनि “सार्वभौम भई फैलिएका मेची–महाकाली” भन्ने प

    • प्रकाशित मितिः मंसिर ६, २०८२
    • २,२६० पटक पढिएको
    • छाल खबर
  • हिबिस्कस बोर्डिङका विद्यार्थी ढुङ्गेपार्कमा

    छाल खवर धरान,२९ कार्तिकः हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५ ले प्रत्येक शुक्रवार पुस्तव रहित कार्यक्रमलाई निरन्तरता दिदै आएको छ । शुक्रवार विद्यार्थीलाई कितावि ज्ञानका अतिरिक्त विद्या दिने उदेश्यले संचालन गर्दै आएको सो कार्यक्रम गत शुक्रवार पनि निरन्तरता दिएको छ । स्कुलका बिद्यार्थीहरुले शुक्रवार धरान–४ स्थित ढुङ्गेपार्कको अवलोकन गरेका थिए । विद्यार्थीहरुले पार्कमा कुदेर राखेको ढुङ्गामा कुदिएका गौतम बुद्ध,डा.सन्दुक रुईत, पारस खड्का, फुटबल खेलाडी प्रिति राई, कुलमान घिसिङ जस्ता व्यक्तित्वहरुको अवलोकन गरेका थिए । विद्यार्थीहरुलाई वडा नं.४ का वडाध्यक्ष धनबहादुर राईले पार्कको विश

    • प्रकाशित मितिः कार्तिक २९, २०८२
    • ५,४९१ पटक पढिएको
    • छाल खबर
  • ‘सुनाखरी एकेडेमी कप फुटबल प्रतियोगिता हुने

    छाल खवर धरान,२२ कार्तिकः खेलकुद क्षेत्रमा अव्वल मानिएको सुनाखरी एकेडेमी धरान–१२ ले पहिलो पटक सुनसरी जिल्ला स्तरीय ‘सुनाखरी एकेडेमी कप’ अन्तर विद्यालय फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । एकेडेमीले शनिवार पत्रकार सम्मेलन गरी प्रतियोगिता आयोजना गर्ने विषयमा जानकारी गराएको हो । मंसिर ७ देखि १७ गतेसम्म सञ्चालन हुने प्रतियोगिता धरान–१७स्थित एन्फा एकेडेमीमा हुनेछ । आयोजक सुनाखरी एकेडेमीका प्राचार्य मिलन राईले प्रतियोगितामा सुनसरीका १६ वटा विद्यालय सहभागी हुने जानकारी दिए । सहभागी टिमहरु पहिलो आउने आधारमा छनोट गरीने छ । पत्रकार सम्ेलनमा दिएको जानकारी अनुसार प्रतियोगिताम

    • प्रकाशित मितिः कार्तिक २३, २०८२
    • ४,६५७ पटक पढिएको
    • छाल खबर
  • देउसीको रकम जेन जि आन्दोलनबाट ध्वस्त भौतिक पूर्वाधार निर्माण कोषमा

    छाल खवर धरान,१९ कार्तिकः देउसी खेलेर संकलन भएको रकमले तपाई के गर्नुहुन्छ ? वरावर वाडने,वनभोज खाने या रमाइलो गर्ने, वा अन्य काम गर्ने धेरैको यही उत्तर हुन्छ तर त्यो भन्दा फरक काम गरेर देखाएको छ धरान–१७ स्थित सचेत नागरिक समूह धरान–१७ ले । तिहारमा एक दिने देउसी खेलेर सङ्कलन भएको २ लाख १ हजार १ सय रुपैया समूहले जेन–जी आन्दोलनमा तोडफोड,आगजनी गर्दा क्षतिग्रस्त भएका भौतिक संरचनाहरूको पुनर्निर्माण कोषमा जम्मा गरेको छ । समूहले वुधवार इलाका प्रशासन कार्यालयमा पत्रकार सम्मेलन गरी भौतिक पूर्वाधार पुर्ननिर्माण कोषको खातामा रकम जम्मा गरेको जानकारी गराएको छ । समूहले सो रकम राष्ट्रिय वाण

    • प्रकाशित मितिः कार्तिक २०, २०८२
    • १,८३० पटक पढिएको
    • छाल खबर
  • वालाहाङ सुनाहाङ किरात राई उत्थान समाजद्धारा तीन सम्मानित

    छाल खवर धरान,१६ कार्तिक ः वालाहाङ सुनाहाङ किरात राई उत्थान समाज केन्द्रीय समिति हतुवागढी भोजपुरले संस्थामा उत्कृष्ट कारोवार गर्ने तीनजनालाई सम्मान गरेको छ । क्षेत्रीय कार्यालय धरानमा शनिवार आयोजित १० औं साधारण सभका अवसरमा समाजले सो सम्मान गरेको हो । सम्मानित हुनेहरुमा समाजका सदस्य बराहक्षेत्र नगरपालिका वडा नं. १ झण्डाचोकका नेत्रप्रसाद वालाहाङ राई,इटहरी–१९ का भानुभक्त वालाहाङ राई र चेली सदस्य बराहक्षेत्र नगरपालिका वडा नं.१ लालवस्तिकी देवीमाया राई रहेकाछन् । संस्थाले आयोजना गरेको आन्तरीक वचत कारोवारमा उत्कृष्ठ कारोवार गरेको भन्दै उनीहरुलाई सम्मान गरीएको समाजका सचिव कृपाल सिंह वालाहाङ र

    • प्रकाशित मितिः कार्तिक १६, २०८२
    • १,६७९ पटक पढिएको
    • छाल खबर
  • भोजपुरमा ट्याक्टर दुर्घटना हुदा २ जनाको मृत्यु, चार घाइते

    छाल खवर धरान,१५ कार्तिकः षडानन्द नगरपालिका–४ मा आज भएको ट्याक्टर दुर्घटनामा दुईको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् । चाम्लादाङबाट दिङ्लातर्फ आउँदै गरेको प्रदेश नं १–०२–००३ त १२१३ नम्बरको काठ बोकेको ट्याकटर दुर्घटना हुँदा षडानन्द नगरपालिका–४ केराबारीका २५ वर्षे ट्याक्टर चालक आइतबहादुर तामाङ र अरुण गाँउपालिका–४ चरम्बीका १७ वर्षे नविन तामाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी प्रमुख राजु लामाले जानकारी दिए । दुर्घटनामा परी घाइते हुनेमा १९ वर्षे दाछिरि शेर्पा, २३ वर्षे अम्बर तामाङ, १८ वर्षे सागर तामाङ र १८ वर्षे सुनिता तामाङ

    • प्रकाशित मितिः कार्तिक १५, २०८२
    • ७५६ पटक पढिएको
    • छाल खबर
  • किरात पुमा राईको देउसी भैलोसँगै व्यवसायी सम्मान

    छाल खवर धरान,११ कार्तिक ः किरात पुमा राई तुप्खाबाङखाला जिल्ला समिति सुनसरीले सामूहिक देउसीसँगै उद्यमी व्यवसायीहरुलाई सम्मान गरेको छ । सोमवार धरान–१७ स्थित गैरीटोलमा आफ्नै कार्यालयमा कार्यक्रमको आयोजना गरी सो सम्मान गरेको हो । कार्यक्रममा शिक्षा,स्वास्थ्य,कृषि लगायतका विभिन्न पेसा,व्यवसायमा योगदानमा पु¥याउने समुदाय भित्रका २३ जना उद्यमी व्यवासायीलाई सम्मान गरीएको समाजका अध्यक्ष साजन पुमा राइले वताउनु भयो । सम्मानित हुनेहरुमा शैक्षिक क्षेत्रबाट हेमन पुमा राई, शशिकला पुमा राई,रमेश पुमा राई,पुनम पुमा राई, नवराज राई,डुण्डीराज पुमा राई,दिलकुमार पुमा राई, डि.बि. पुमा राई (मुन्ना) उ

    • प्रकाशित मितिः कार्तिक ११, २०८२
    • ३,२४६ पटक पढिएको
    • छाल खबर
  • टङ्कबहादुर पत्रकारिता पुरस्कार सञ्चारकर्मी स्नेहालाई

    छाल खवर धरान,२४ असोजः धरान–१ स्थित आमा चन्द्रकुमारी प्रधान स्मृति प्रतिष्ठानले प्रदान गर्दै आएको टङ्क बहादुर प्रधान पत्रकारिता पुरस्कार युवा महिला सञ्चारकर्मी स्नेहा श्रेष्ठलाई प्रदान गरिएको छ । व्लाष्ट दैनिकमा कार्यरत श्रेष्ठलाई नगद ७ हजार सहित दोसल्ला र सम्मान पत्रले सम्मान गरीएको हो । धरानको पत्रकारीतामा सकृय श्रेष्ठलाई सम्मानको लागि नेपाल पत्रकार महासंघ सुनसरीले सिफारीस गरेको थियो । सिद्धि नेवाः परिषदमा शुक्रवार आयोजित कार्यक्रममा वीपी प्रतिष्ठानका उपकुलपति प्रा.डा.विक्रम प्रसाद प्रधानलाई धरानको स्वास्थ्य र सामाजिक क्षेत्रमा योगदान गरेकोमा विशेष सम्मान गरिएको थियो । सम्मानित व्यक

    • प्रकाशित मितिः असोज २५, २०८२
    • ५,०४७ पटक पढिएको
    • छाल खबर
  • माइतीघरबाट डा. निकोलस भुसाल सहित १४ जना पक्राउ

    छाल खवर धरान,२३, असोजः जेन जिका माग पुरा नभएको भन्दै माइतीघर मण्डलामा आन्दोलन गर्न गएका जेनजी अभियन्ता डा निकोलस भुसाललाई प्रहरीले पक्राउ गरेको छ । जेनजीको माग सम्बोधन नभएको भन्दै असन्तुष्टि जनाउन भेला भएका भुसालसहित ३ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।माइतीघर परिसरमा प्रहरीको बाक्लो परिचालन गरेर कसैलाई पनि प्रदर्शन गर्न दिइएको छैन । जेनजी आन्दोलनको एक महिना पूरा हुँदा पनि केही माग सम्बोधन नभएको भन्दै उनको समूहले प्रदर्शन आयोजना गरेको थियो ।काठमाडौं जिल्ला प्रशासनले कुनै पनि धर्ना जुलुस र प्रदर्शन नगर्न यसअघि नै सूचना जारी गरेको थियो । भदौ २३ र २४ गते जस्तो आन्दोलन हुने भयले सरकारले स

    • प्रकाशित मितिः असोज २३, २०८२
    • २,०२४ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic