समाज

    Showing ३५१-३६० of ४३२ items.
  • कामना सेवा विकास बैंकको लोक गायक सुरेश गन्धर्बलाई आर्थिक सहयोग

    छाल खवर धरान,२० मंसिर ःरिंकीबुङको राँगोलाई ।।चुङकेबुङको चुलेसीले ।।ताप्लेजुङमा ताकेर ।।कालेबुङमा काटेर ।।अरुण तमोर तरौला ।।तिते फापर छरौला ।।फुल लाउँला केसरी ।।खाउँला बेसरी ।। कुनै समय निकै स्रोता माझ लोकप्रिय बनेको सिके श्रेष्ठले रचना गरेको गीतका गायक हुन सुरेश गन्धर्बलाई उपचारका लागि कामना सेवा विकास बैंकले ५० हजार सहयोग गरेको छ । उनी पछिल्लो केही समययता मुटुरोग, युरिक एसिड (वाथ), सुगर (मधुमेह), प्रेसर,थाइराइड जस्ता रोगहरूबाट ग्रसित वनेकाछन् । उनलाई कामना सेवा विकास बैंकको प्रदेश नं १ का प्रदेश प्रमुख सुजन छाराहाङले गन्धर्बको धरान– ८ स्थित डेरामा नै पुगेर चेक हस्तान्तरण गर्नुभएको थ

    • प्रकाशित मितिः मंसिर २१, २०७७
    • २८,४२४ पटक पढिएको
    • छाल खबर
  • पत्रकार माथि आक्रमण गर्ने मालपोतका कर्मचारी पक्राउ

    छाल खवर झापा ,१९ मंसिर ः सञ्चारकर्मीमाथि आक्रमण गर्ने मालपोत कार्यालय दमकका खरदार इन्द्र राजवंशी पक्राउ परेका छन् । सेवाग्राहीबाट १० हजार घुस लिदै गरेको भिडियो खिचिरहेका सञ्चारकर्मीलाई खरीदार इन्द्र राजवंशीले लछारपछार गर्दै कुटपिट गरेका थिए । मङ्गलवार अपराह्न करिब ४ बजे मालपोत कार्यालय दमकमा शिवसताक्षीका सेवाग्राही सुरेश साहले मालपोत कार्यालयका खरदार इन्द्र राजवंशीलाई दश हजार रुपैयाँ घुस दिएको भिडियो खिचिरहेको अवस्थामा लछारपछार गर्दै कार्यालय प्रमुखको कार्यकक्षमा लगी पत्रकार खगेन्द्र घिमिरे , क्यामेरा पर्सन भास्कर श्रेष्ठ र सेवाग्राही साहलाई हुल हुज्जत गरी क्यामेरा खोस्ने र कुटपिट उनले गरेका

    • प्रकाशित मितिः मंसिर १९, २०७७
    • ५८८ पटक पढिएको
    • छाल खबर
  • धरान १३ मा चोरी भएको ब्याग खोज्दा अटोमेटिक पेस्तोल र ५ राउण्ड गोली भेटियो

    छाल खवर धरान,१९ मंसिर ः धरान १३ स्थित खानेपानी संस्थान नजिकै मदन आश्रित मार्गको ड्रेनमुनि अटोमेटिक पेस्तोल र ५ राउण्ड गोली फेला परेको छ । ड्रेनमुनि शंकास्पद झोला देखिएपछि स्थानीयले खवर गरेपछि इलाका प्रहरी कार्यालयको टोली पुगेपछि शंकास्पद पोको निकालेर हेर्दा सो सामाग्री फेला परेको हो । इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतका अनुसार पेस्तोल कागजभित्र बेरिएको र कागजलाई कपडाले बेरिएको थियो । मेड इन यु.एस.ए. लेखिए पनि पेस्तोल भारतमा बनिने गरेको डिएसपी बस्नेतले बताए ।गोली पेस्तोल लोड नभएको अवस्थामा फेला परेको डिएसपी बस्नेतले जानकारी दिए ।उनले सो विषयमा अनुसन्धान भईरहेको समेत जान

    • प्रकाशित मितिः मंसिर १९, २०७७
    • ५२० पटक पढिएको
    • छाल खबर
  • उदयपुरमा बम विस्फोट, सौर्य सिमेन्ट उद्योगलाई क्षती

    छाल खवर धरान,१९ मंिसर ःउदयपुरको कटारीमा गएराती ४ वटा बम विस्फोट भएको छ । अज्ञात समुहले कटारी नगरपालिकाको वडा नं. ८ भन्टाबारी स्थित सौर्य सिमेन्टको चुनढुङ्गा खानीमा बम विस्फोट गराएको हो । खानी क्षेत्रको एकै ठाउमा ४ वटा बम विस्फोट गराएको उदयपुर प्रहरीले जनाएको छ । मध्येराती एक्कासी ठुलो आवाजमा बम विस्फोटनको आवाज गाउलेहरुले सुनेका थिए । आतंकित हुदै भागदौड चल्दा चारजना सर्वसाधारण सामान्य घाईते भएका छन् । घाइतेहुनेहरुमा कटारी नपा–७ का अन्दाजी २३ वर्षिय नवीन मगर, २४ वर्षिय बिस्णुबहादुर मगर, उदयपुरगढी गा।पा।(२ का २७ वर्षिय दुर्गाबहादुर तामाङ र मकवानपुर जिल्लाको भिमफेदि गापा।(९ का ३० वर्षि

    • प्रकाशित मितिः मंसिर १९, २०७७
    • १,८३८ पटक पढिएको
    • छाल खबर
  • रामधुनी र धरान सिधै जोडियो

    छाल खवर धरान,१९ मंसिर ःअव धरान र रामधानी नगरपालिकावीचमा सिधा सम्पर्क हुने भएको छ ।धरानलाई रिङरोडले जोडने अवधारणा अनुसार अव सो क्षेत्रमा जोडिने भएको हो । सोही अनुसार बिहीबार कान्छो सडकको रुपमा जय मार्गको उद्घाटन भएको हो । सुनसरी क्षेत्र नं १ का संघीय संसद जयकुमार राईले रामधुनी र धरान जोड्ने जय मार्गको औपचारीक उद्घाटन गरेका थिए । संसद राईले सडक गर्दै धरानलाई सवैक्षेत्रबाट जोडने आफ्नो लक्ष्य अन्तिम चरणमा रहेको दावी गरेका थिए । सांसद् राईले चारैतर्फबाट सडक सञ्जालले जोडेर धरानलाई तिब्र गतिमा विकास गर्ने लक्ष्यका साथ आफू लागि परेको दावी समेत गरेका थिए । उनले रामधुनीसँग सिधै धरानलाई जोड्न पाउँन

    • प्रकाशित मितिः मंसिर १९, २०७७
    • २,२८० पटक पढिएको
    • छाल खबर
  • छठ पर्वको मुख्य दिन आज, यस्तो छ ब्रत विधि

    छाल खवर धरान,५ मंसिर ःप्रत्येक वर्ष कार्तिक शुक्ल षष्ठीका दिन मनाइने छठ पर्वको मुख्य दिन शुक्रबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व बुधबारदेखि शुरु भएको हो । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा सफलताको कामना गरी सूर्यदेवलाई आराधना गरिएको थियो । उक्त समयमा पाण्डवहरु विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोककथन बमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो । सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व

    • प्रकाशित मितिः मंसिर ५, २०७७
    • १,७१८ पटक पढिएको
    • छाल खबर
  • यमपञ्चकको चौथो दिनः आज गाई, गोरु, हली तिहार

    छाल खवर फाइल तस्बिरधरान,३० कार्तिक – यमपञ्चक अर्थात् तिहारको चौथो दिन आइतबार गाई, गोरु र गोरु जोत्ने हलीको समेत पूजा गरी हली तिहार पर्व मनाइँदैछ। गाईलाई पूजा गर्नाले गाईबाट आमाबाट पाएजस्तै माया पाइने धार्मिक विश्वासमा गाईपूजा गर्ने परम्परा रहेको हो। गाईको दूध, गहुँत र गोबर पवित्र हुने भएकाले पनि गाईको पूजा गर्ने गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष डा। रामचन्द्र गौतमले जानकारी दिए। आधुनिक विज्ञानले समेत स्थानीय गोरस विभिन्नि रोगहरुमा अचुक औषधिका रूपमा प्रयोग गर्दा मानव स्वास्थ्यलाई फाइदा पुग्ने भनी अनुसन्धानबाट प्रमाणित गरेपछि गाईको महत्व अझ बढेको अनुसन्धानमा संलग्न गोब्रती

    • प्रकाशित मितिः कार्तिक ३०, २०७७
    • १७५ पटक पढिएको
    • छाल खबर
  • यमपञ्चकको तेस्रो दिन आज लक्ष्मीपूजा पर्व

    छाल खवर धरान,३०कार्तिक ः यमपञ्चकको तेस्रो दिन आज कार्तिक कृष्ण औँसीको साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजााराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफासुग्घर र गाईको गोबर एवं रातोमाटाले लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सँघार, कौसी, अटाली, भर्‍याङलगायत स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ । सुखरात्रिको पूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटा

    • प्रकाशित मितिः कार्तिक २९, २०७७
    • १५६ पटक पढिएको
    • छाल खबर
  • यमपञ्चक शुरु, आज काग तिहार

    छाल खवर धरान २८,कार्तिक ः कार्तिक कृष्ण त्रयोदशीदेखि शुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि शुरु हुँदैछ ।बिहीबार बेलुकी यमदीपदान शुरु गर्नुपर्ने छ । यस वर्ष यमदीपदान आजदेखि शुरु हुने भए पनि काग तिहार कात्तिक २८ गते शुक्रबार परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा। डा। रामचन्द्र गौतमले जानकारी दिए । तिथिको घटबढका कारण यस्तो भएको उनले बताए । ‘सायंकालमा त्रयोदशी भएका दिन यमदीपदान शुरु गर्नुपर्ने र प्रातःकालमा त्रयोदशी भएका दिन कागतिहार मनाउनुपर्ने शास्त्रीय व्यवस्थाअनुसार यस्तो निर्णय गरिएको हो,’ गौतमले भने । धन्वन्तरि जयन्ती र धनतेरस पर्व पनि शु

    • प्रकाशित मितिः कार्तिक २८, २०७७
    • १,०५५ पटक पढिएको
    • छाल खबर
  • गृह मन्त्रालयले दियो अवैध क्रसर उद्योग बन्द गराउन देशभरका सीडीओलाई निर्देशन

    छाल खवर धरान,२५ कार्तिक ःगृह मन्त्रालयले अवैध रुपमा सञ्चालित देशभरका अवैध क्रसर उद्योग वन्द गर्न प्रमुख जिल्ला अधिकारी (सीडीओ) लाई निर्देशन दिएको छ । अवैध रूपमा सञ्चालन भइरहेका क्रसर उद्योगको अनुगमन गरी तत्काल बन्द गराउन गृहले निर्देशन दिएको हो । गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराईका अनुसार नदीजन्य पदार्थको उत्खनन्, संकलन, उपयोग, बिक्री वितरण तथा व्यवस्थापन सम्बन्धमा मंगलवार गृह मन्त्रालयमा बसेको बैठकले क्रसर उद्योगको अनुगमन प्रभावकारी बनाउने निर्णय गरेको हो । गृहमन्त्री रामबहादुर थापा, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत, मन्त्रालयका

    • प्रकाशित मितिः कार्तिक २५, २०७७
    • २,०७६ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic