समाज

    Showing ३६१-३७० of ४०४ items.
  • आज बिहानै ६ रेक्टर स्केलको भुकम्प

    छाल खवर धरान,३१ भदौ ः बुधबार (आज) बिहानै नेपालमा भुकम्पको धक्का महशुस गएको छ । सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ६ रेक्टर स्केलको भूकम्प गएको हो । भुकम्पको केन्द्रविन्दु सिन्धुपाल्चोको राम्चे रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार बिहान ५ बजेर १९ मिनेटमा भुकम्प गएको थियो । सिन्धुपाल्चोक केन्द्रविन्दु भएपनि भूकम्पको धक्का काठमाडौं उपत्यका सहित आसपासका जिल्ला र पुर्वमा पनि महसुस गरिएको बताइएको छ । राष्ट्रिय भूकम्प केन्द्रका अनुसार यो २०७२ सालको गोरखा भूकम्पकै पराकम्प हो ।

    • प्रकाशित मितिः भदौ ३१, २०७७
    • १,३५३ पटक पढिएको
    • छाल खबर
  • संविधान दिवसको अवसरमा रक्तदान

    छाल खवर धरान,३० भदौ ः मदन भण्डारी स्पोर्टस एकेडेमी धरान उपमहानगर कमिटीले असोज ३ गते वृहत रक्तदान कार्यक्रम सहित निशुल्क स्वास्थ्य परामर्श कार्यक्रम गर्ने भएको छ । संविधान दिवशको अवसरमा एकेडेमीले रक्तदान कार्यक्रमको आयोजना गर्न लागेको हो । कोरोना संक्रमणका कारण घोषणा गरिएको लकडाउनमा रक्तदान कार्यक्रमहरु आयोजना नहुँदा अस्पतालहरुमा रगतको अभाव हुन थालेपछि रक्तदान कार्यक्रमको आयोजना गरीएको एकेडेमीका धरान उपमहानगर अध्यक्ष प्रसान्त पाठकले जानकारी दिए । कार्यक्रमको आयोजना असोज ३ गते धरान स्थित लोकतान्त्रिक चौतारीमा निशुल्क स्वास्थ्य परामर्श कार्यक्रमको समेत तयारी भइरहेको एकेडेमीका धरान नगर समिति

    • प्रकाशित मितिः भदौ ३०, २०७७
    • २,४८६ पटक पढिएको
    • छाल खबर
  • इटहरीमा १२ वर्षीया बालिका बलात्कृत

    छाल खवर धरान,२८ भदौ ःबाह् वर्षिया एक बालिकालाई बलात्कार गरेको आरोपमा इटहरी प्रहरीले एक जनालाई पक्राउ गरेको छ । इटहरीमा १२ वर्षीया बालिकालाइ बलात्कार गरेको अभियोगमा इटहरी ५ पचरुखीमा डेरा गरेर बस्ने प्रतिक राईलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले दिएको जानकारी अनुसार गत मंगलबार १२ वर्षिया बालिकालाइ पैसा दिने प्रलोभन देखाएर बलात्कार गरेका थिए । भोजपुरको षडानन्द नगरपालिका घर भएका राई इटहरी स्थित एक कलेजमा अध्यन्नरत छन् । उनले घटना सार्वजनिक गरे परिवार नै सिध्याने धम्कि दिएपछि बालिकाले घटना लुकाएकि थिइन । परिवारका सदस्यले बालिकालाइ केहि दिन यता निरास देखेपछि ललाइ फकाइ गरेर सोध्दा घटना बाहिरिए

    • प्रकाशित मितिः भदौ २८, २०७७
    • ७५४ पटक पढिएको
    • छाल खबर
  • कानूनसंग कुनै सम्झौता गर्दिन–डिएसपि केसी

    छाल खवर इटहरी,२८ भदौ ः इलाका प्रहरी कार्यालय इटहरीमा सरुवा भएर आउने प्रहरी प्रमुखहरुले केही न केही नया योजनाहरु सार्वजनिक गर्ने गरेकाछन् । केही दिन अघि मात्र सरुवा भएर इटहरी आएका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक (डिएसपी) अर्जुन केसीले पनि आफ्नो योजनाहरु सार्वजनिक गरेकाछन् । उनले कानुन विपरीत कार्य गर्ने जो सुकैलाई पनि कानुनी दायरामा ल्याउने वताउदै कानुनसंग कुनै सम्झौता नगरी काम गर्ने प्रतिवद्धता व्यक्त गरेकाछन् । कार्यालयमा आयोजना गरीएको पत्रकार भेटघाट तथा परिचयात्मक कार्यक्रममा केसीले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन । उनले आफू इटहरीमा रहदा राम्रो काम गरेर इटहरीवासीको मन जितेर बिदा हु

    • प्रकाशित मितिः भदौ २८, २०७७
    • २,३१२ पटक पढिएको
    • छाल खबर
  • ब्राउनसुगरसहित एग्रोभेट संचालक पक्राउ

    छाल खवर धरान,२७ भदौ ः झापाको बिर्तामोडबाट एक जनालाई व्राउन सुगर सहित प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा विर्तामोड नगरपालिका ३ का गोपाल गौतम रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गौतमले संचालन गरेको गोपाल एग्रोभेटमा लागुऔषध ब्राउन सुगरको कारोवार हुने गरेको गोप्य सुचनाको आधारमा प्रहरीले शुक्रवार दिउँसो ४ बजे छापा मारेको थियो । ब्राउनसुगर बरामद भएसंगै एग्रोभेट संचालक ३० बर्षीय गोपाल गौतमलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले एग्रोभेटबाट २२ ग्राम ब्राउनसुगर बरामद गरेको थियो ।

    • प्रकाशित मितिः भदौ २७, २०७७
    • ४७२ पटक पढिएको
    • छाल खबर
  • झापामा ५ रेक्टर स्केलको भूकम्प

    छाल खवर२६ भदौ, झापा । झापाको बाहुनाँगीस्थित नेपाल–भारत सीमा क्षेत्रलाई केन्द्रविन्दु बनाएर शुक्रबार बिहान साढे ९ बजे भूकम्प गएको छ ।राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार ५ रेक्टर स्केलको भूकम्प गएको हो ।भूकम्पको धक्का झापासहित पूर्वका अन्य केही जिल्लामा पनि महसुस गरिएको छ । यसअघि २४ गते धादिङ र १९ गते संखुवासभालाई केन्द्रविन्दु बनाएर ४ रेक्टर स्केलको भूकम्प गएको थियो ।

    • प्रकाशित मितिः भदौ २६, २०७७
    • १,४७२ पटक पढिएको
    • छाल खबर
  • संघ,प्रदेश र स्थानीय तहको समन्वय आवस्यक छ– सभामुख भण्डारी

    छाल खवर धरान,२५ भदौ ःप्रदेश नं १ का सभामुख प्रदीपकुमार भण्डारीले संघ, प्रदेश तथा स्थानीय तह बिचको सम्बन्ध समन्वय, सहकारीता र सअस्तित्वमा आधारीत रहेको वताउनु भएकोा छ । फोरम अफ फेडेरेशनद्धारा आयोजित “अन्तर सरकारी सम्बन्ध तथा विकास योजनामा समन्वय” विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्नु हुदै माननीय सभामुख भण्डारीले सो कुरा वताउनु भएको हो । उहाँले अभ्यासका क्रममा केहि समस्याहरु देखिए पनि संघियता भएका विश्वका अन्य मुलुकहरुको तुलनामा नेपालमा तिन तह बिचको सम्बन्ध राम्रो रहेको उल्लेख गर्नुभयो । संंघियता हाम्रा लागि नौलो अभ्यास भएको हुनाले तिन तहका बिचमा कानुन निर्माण, वित्तिय व्यवस

    • प्रकाशित मितिः भदौ २५, २०७७
    • ४,२६३ पटक पढिएको
    • छाल खबर
  • सुनसरी जिल्ला भरी अव २ बजेसम्म बजार खोल्न पाउने

    छाल खवर धरान,२३ भदौ ः जिल्ला प्रशासन कार्यालय सुनसरीले मंगलवारबाट लागू हुने गरी दिउसो २ वजेसम्म बजार तथा पसल खोल्ने निर्णय गरेको छ । प्रशासन कार्यालयले बिहान १० बजेसम्म मात्र बजार तथा पसल खोल्न दिइएकोमा डिसिसिएमसि बैठकले दिउँसो २ बजेसम्म बजार तथा पसल खोल्न दिने निर्णय गरेको हो । बजार खोल्ने समय वढाउन व्यवसायीहरुको माग वढदै गएपछि २ बजेसम्म समय दिइएको र यसको अनुगमन गर्ने जिम्मा स्थानीय तह र उद्योग वाणिज्य संघलाई दिइएको सुनसरीका प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणि पोखरेलले जानकारी दिएकाछन् । जिल्ला प्रशाशन कार्यालय सुनसरीका अनुसार बजार तथा पसल २ बजेसम्म खोल्न दिने निर्णय भएपनि केन्द्र सरकारले न

    • प्रकाशित मितिः भदौ २३, २०७७
    • १०७ पटक पढिएको
    • छाल खबर
  • धुलिखेल समाजमा युगल तखाछें को नेतृत्व

    छाल खवर धरान,२३ भदौ ः धरान स्थित धुलिखेल समाजको साधारण सभाले युगल श्रेष्ठ तखाछेंको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । समितिको प्रथम उपाध्यक्षमा ईन्दु श्रेष्ठ कोजु, द्धीतिय उपाध्यक्षमा सुनिल श्रेष्ठ तुसुजु, सचिवमा मोहन श्रेष्ठ गज्याजु, कोषध्यक्षमा भिम श्रेष्ठ धालाछें, सहसचिवमा अभिमन्यू श्रेष्ठ खाछें, चयन भएकाछन् । त्यसैगर िसदस्यहरुमा निःल श्रेष्ठ तुसुजु, प्रदिप श्रेष्ठ गज्याजु, अनिता श्रेष्ठ धालाछें, सुमित्रा वेजु श्रेष्ठ, मेहरलाल श्रेष्ठ याकाछे।, राजेन्द्र श्रेष्ठ तक्सारी, मेन कुमार श्रेष्ठ ध्वजु, सुमन श्रेष्ठ चोच्छे, निविरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । संस्थाको विधान अ

    • प्रकाशित मितिः भदौ २३, २०७७
    • २,४५७ पटक पढिएको
    • छाल खबर
  • सोलुखुम्बुमा आफ्नै सहोदर दाजु बहिनीले विहे गर्न लागेपछि प्रहरी फन्दामा

    छाल खवर सोलुखुम्वु, १८ भदौ ः सोलुखुम्वुमा एउटा पत्याउनै नसकिने र कल्पना नै गर्न नसकिने घटना सार्वजनिक भएको छ ।समाजले परिकल्पना समेत गर्न नसकिने एउटा घटना यथार्थमा बुधबार परिणत भएको छ । प्राप्त जानकारी अनुसार महाकुलुङ गाउँपालिकामा २३ वर्षीय दाजु र १९ वर्षीय बहिनीले विवाह गर्न लागेपछि आमाको उजुरीका आधारमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको छ । आमाले प्रहरीमा आफ्नै छोराछोरीले विवाह गर्न लागेको भन्दै उजुरी दिएपछि उनीहरुलाइ पक्राउ गरीएको प्रहरीले सोलु प्रहरीले जनाएको छ । उनीहरुले बिबाह गर्ने र आवश्यक परे गाउँ नै छाड्ने सहमतिमै शारीरिक सम्पर्क समेत गरेको प्रहरी सामु बताएको प्रहरीले उल्लेख गरेको छ ।

    • प्रकाशित मितिः भदौ १८, २०७७
    • २,६३९ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic