समाचार

    Showing १,४७१-१,४८० of १,६९५ items.
  • टिकाको साइतमा धेरै भो परदेश गएको छोरो

    छाल खवर धरान,१० कार्तिक ः विदेशीएका लाखौ युवाहरुको भावना समेटिएको म्युजिक भिडियो धेरै भो परदेश गएको छोरो शीर्षकको म्युजिक भिडियो सार्वजनिक भएको छ । आफ्नो उज्वल भविष्यको भारी सपना वोकेर विदेशीएका युवाहरुको भावनालाई समावेश गरेर निर्माण गरीएको सो भिडियो दशैंको टिकाको साइत गरेर सार्वनिक गरीएको हो । शव्द रचना निर्माता युवा समाजसेवी गोविन्द विश्वकर्मा रहेको सो भिडियोे हरेकघरबाट आफनो भविष्यको सपना वोकेर विदेशीएका युवाहरुको वास्तविक कथा समेटिएको छ । म्युजिक भिडियोमा लामो समय विदेशमा रहेका युवाले यस पटक दशै र तिहारमा आउने वताएपनि मालिकले विदा नदिएपछि टिका र जमरा सुकेको र तिहारमा चेलीले उनको माला पनि

    • प्रकाशित मितिः कार्तिक १०, २०७७
    • ८६१ पटक पढिएको
    • छाल खबर
  • भेडेटार नजिकै दुर्घटना

    छाल खवर धरान,१० कार्तिक ः धनकुटाको भेडेटार नजिकै आज विहान सवारी दुर्घटना भएको छ । दुर्घटनामा दुईजना घाइते भएको भेडेटार प्रहरीले जनाएको छ । प्रहरीले दिएको जानकारी अनुसार हिलेदेखि धरानतर्फ आउदै गरेको को १ ख २८२८ नम्बरको फोर्स गाडि र धरानबाट जादै गरेको को १ ज ३४५६ को बुलेरो ठोकिदा दुर्घटना भएको हो । घटनामा फोर्सका चालक बिकाश तामाङ र गाडिमा सवार ७ महिनाको बच्चा गम्भिर घाइते भएको प्रहरीले जनाएको छ । उनीहरूको अवस्था गम्भिर रहेको भेडेटार ईलाका प्रहरि कार्यलयका हवल्दार बिनोद यादवले जानकारी दिए । धरान स्थित विपि कोईराला स्वास्थ विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको छ ।

    • प्रकाशित मितिः कार्तिक १०, २०७७
    • ७५३ पटक पढिएको
    • छाल खबर
  • वीपीमा हुने गरेको लापरवाही र उपचार सेवाबारे संघीय,प्रदेश सांसदहरुको चासो

    धरान,७ कार्तिक ः धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना महामारीको उपचारका क्रममा हुने गरेको लापरवाहीका विषयमा जनगुनासो आउन थालेपछि धरान क्षेत्रका प्रदेश संसदहरुले प्रतिष्ठानका पदाधिकारीहरुसँग छलफल गरेकाछन् । शुक्रवार भएको छलफलमा सुनसरी क्षेत्र नं १ बाट निवार्चित संघीय सांसद तथा प्रदेश १ सभाका प्रत्यक्ष निवार्चित र समानुपातिक सांसदहरु छलफलमा सहभागी रहेका थिए । उनीहरुले अस्पताल र प्रतिष्ठानको उपचार सेवाबारे आवश्यक छलफल गरेका छन् । नेकपा स्थायी कमिटि सदस्य, प्रदेश १ इञ्चार्ज तथा सुनसरी क्षेत्र नं १ (ख) का प्रदेश संसद समेत रहेका भिम आचार्यले कोभिड महामारीको बीचमा अस्पताल

    • प्रकाशित मितिः कार्तिक ७, २०७७
    • २,७५२ पटक पढिएको
    • छाल खबर
  • धरान ५ मा हाम्रो युवा समाजद्धारा राहत वितरण

    छाल खवर धरान ६ कार्तिक ः धरान ५ स्थित हाम्रो युवा समाजले विपन्न, अपांग, ज्येष्ठ नागरिक तथा एकल महिलाहरुलाई राहत वितरण गरेको छ । कोरोना महामारीले गर्दा समस्या परेकाहरुलाई समाजले राहत वितरण गरेको हो । समाजका अध्यक्ष दिपक घिसिङले कोरोना महामारीले गर्दा परिवारमा गुजारा चलाउनै समस्या भइरहेको परिवारलाई राहत विरतण गरिएको वताए । उनले धरान र विदेशमा रहेकाहरुबाट सहयोग जुटाएर करिब १ लाख बराबरको राहत विरतण गरिएको जानकारी दिए । सो कार्यक्रममा सुनसरी क्षेत्र नं १ का संघीय सांसद जयकुमार राई, प्रदेश सांसद उमिता बराइली सहभागी रहेकी थिइन । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सांसद राईले राज्यले गर्नुपर्न

    • प्रकाशित मितिः कार्तिक ६, २०७७
    • १,४६० पटक पढिएको
    • छाल खबर
  • सभामुख भण्डारीद्धारा वडादशैंको शुभकामना व्यक्त

    छाल खवर धरान,६ कार्तिक ः प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले वडा दशैंको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । भण्डारीले विहिवार शुभकामना सन्देश जारी गर्दै शुभकामना व्यक्त गर्नुभएको हो । राष्ट्रिय एकता र मानवीय सद्भाव जागृत गर्दै सकारात्मक सोचसहित पारस्पारिक सद्भाव, भातृत्व, सहकार्य, एक अर्का प्रति सम्मान र स्नेह सञ्चार गर्ने नेपाली साँस्कृतिक पर्व बडा दशैं २०७७ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनु हुने सम्पूर्ण नेपाली दाजु–भाइ, दिदी–बहिनीहरुमा सुख, शान्ति, सु स्वास्थ्य, उत्तरोत्तर प्रगति, दिर्घायू एवंम् समृद्धिको कामना गर्दछु सन्देशमा भनिएको छ । बहुजातीय, बहुधार्मिक, बह

    • प्रकाशित मितिः कार्तिक ६, २०७७
    • ३,८७७ पटक पढिएको
    • छाल खबर
  • धरान १५ की कोरोना संक्रमित वृद्धाको मृत्यु

    छाल खवर धरान,२ कार्तिक ःवीपीमा वेड नपाएर घर फर्किएकी धरान १५ की ७३ बर्षीया वृद्धाको शनिवार साँझ करिब ५ बजेतिर मृत्यु भएको छ । धरान– १५ का वडाध्यक्ष नरेश इवारमले वृद्धाको मृत्यु भएको जानकारी दिएकाछन् । उनलाई संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा राखिएको थियो । शनिवार सास फेर्न गाह्रो भएपछि प्रतिष्ठानको आकस्मिक कक्षमा लगिएको थियो । बेड खाली छैन भनेपछि अक्सिजन सिलिण्डर खोजेर घरमा नै ल्याएको मृतकका आफन्तलाई उद्धृत गर्दै वडाअध्यक्ष इवारमवताए । वृद्धाको घरमा नै मृत्यु भभएको थियो । अध्यक्ष इवारमका अनुसार मृतकका छोराहरु धरान ८ मा बस्छन् भने वृद्धा धरान १५ मा छोरीसँगै बस्दै आएकी थिइन् । उनलाई क

    • प्रकाशित मितिः कार्तिक २, २०७७
    • ६४५ पटक पढिएको
    • छाल खबर
  • कैलालीमा गस्तीमा गएका असई मृत फेला

    धरान,३ कार्तिक ः कैलालीको धनगढी उपमहानगरपालिका—१२ जुगेडामा रहेको अस्थायी प्रहरी चौकीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक मृत फेला परेका छन् । शनिबार रातिदेखि बेपत्ता प्रहरी सहायक निरीक्षक गोविन्द बिक आइतबार बिहान नेपाल–भारत सीमा नाकामा मृत फेला परेका हुन् । उनीसंगै गस्तीमा गएका प्रहरी जवान रामबहादुर साउद बेपत्ता छन् । चौकीबाट मोटरसाईकलमा राति साढे ८ बजे गस्तीमा गएका बिक र साउद राति साढे १० बजेदेखि सम्पर्कबिहिन भएका थिए । आइतबार बिहान खोजी गर्दा प्रहरी सहायक निरीक्षक बिकको शव प्रहरी चौकीबाट तीन किलोमिटर टाढा मोहना नदी किनारामा फेला परेको छ । यस्तै उनीहरु सवार मोटरसाइकल भने एक किलोम

    • प्रकाशित मितिः कार्तिक २, २०७७
    • ५०५ पटक पढिएको
    • छाल खबर
  • कटारीमा स्कोरपियो दुर्घटना ५ जनाको मृत्यु

    छाल खवर धरान,२ कार्तिक ः उदयपरको कटारीमा स्कोरपियो दुुर्घटना हुदा ५ जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपि वेदप्रसाद गौतमका अनुसार बा २०प ७१७१ नम्बरको स्कारपिओ गाडी सिद्धचरण राजमार्गको कटारी सडकखण्ड स्थित भदौरे भन्ने भीरमा खसेको हो । उनीहरुलाई विराटनगर पठाएको गौतमले जानकारी दिए । भारतमा काम गरेर भैरहवाबाट गाडी रिजर्भ गरि घर फर्किँदै गर्दा शनिवार राती १२ बजे गाडी दुुर्घटनामा परेको थियो । मृत्यु भएका अन्य दुइ ओखलढुँगाका ३० वर्षीय रामबहादुर सार्की र २६ वर्षीय कर्मी सार्की छन् । अन्य तीनको पहिचान खुल्न बाँकि रहेको प्रहरीले बताएको छ । उनीहरु भारतबाट काम गरेर दशैं मान्न घर फ

    • प्रकाशित मितिः कार्तिक २, २०७७
    • ६७६ पटक पढिएको
    • छाल खबर
  • नेकपा तथा पूर्व राप्रपा परित्याग गरी ९२ जना कांग्रेस पार्टीमा प्रवेश

    छाल खवर धरान,२ कार्तिक ःधनकुटाको साँगुरीगढीमा नेपाली कांग्रेसको संगठन विस्तार तिव्र गतिमा हुन थालेको छ । सोहीक्रममा नेपाली कांग्रेस सांगुरीगढी वडा नं ८ वडा कार्य समितिले शुभकामना आदानप्रदान साथै पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा राजकुमार राई, पूर्ण राईको नेतृत्वमा नेकपा तथा राप्रपा परित्याग गरी ९२ जना नेका पार्टी प्रवेश गरेको नेपाली कांग्रेस प्रदेश क सभापति जितेन्द्र राईे जानकारी दिएकाछन् । कार्यक्रमको प्रमुख अतिथि महाधिवेशन प्रतिनिधि कमोठ फागोले नेपाली कांग्रेसको नेतृत्वमामा मात्र देशमा बिकासको लहर आउने बताउनु भयो साथै हलको सरकारले जनतलाई अश्वासन बहेक अरु केहिदिन नसक

    • प्रकाशित मितिः कार्तिक २, २०७७
    • ४,७३९ पटक पढिएको
    • छाल खबर
  • कांग्रेस छोडी नेकपामा प्रवेश

    पार्टी प्रवेश कार्यक्रममा सम्वोधन गर्दै नेकपाका केन्द्रीय सदस्य तथा संघीय संसद विशाल भट्टराई र खोटाङ जिल्ला सचिव रामप्रसाद दंगाल । छाल खवरखोटाङ,१ कार्तिक  खोटाङ जिल्लाको बतासेमा कांग्रेस पार्टी परित्याग गरी संयौं व्यक्ति नेकपामा प्रवेश गरेकाछन् । नेकपाले आयोजना गरेको सभा तथा पार्टी प्रवेश कार्यक्रम अन्र्तगत बतासेमा ७१ र अन्य वडाबाट ८० गरि जम्मा १५१ जना नेपाल कम्युनिस्ट पार्टी ( नेकपा) मा प्रवेश गरेका हुन् । पार्टी प्रवेश गर्नेहरुमा बतासेबाट रमेश राई,सुबाश प्रधान,प्रमिला थापा,रत्न ब. राई,दिपक भुजेल,मनोज भुजेल,गोपाल भण्डारी,शम्भु श्रेष्ठ रहेकाछन् । त्यसैगरी प्रेम प्रकाश राई,धन प्रसाद र

    • प्रकाशित मितिः कार्तिक १, २०७७
    • १०,९२० पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic