समाचार

    Showing १,५५१-१,५६० of १,६९५ items.
  • चरीत्रहत्या गर्न खोज्नेलाई कडा कार्वाही गर्न अभिनेत्री रेखा लिम्वुको माग

    छाल खवर धरान,९ भदै ः चलचित्रकी अभिनेत्री तथा मोडल रेखा लिम्बूले केही गलत तत्वले आफ्नो चरीत्रहत्या गर्न खोज्नेलाई कडा कार्वाही गर्न माग गरेकीछिन् । उनले सोमवार विज्ञप्ति जारी गर्दै आफ्नो चरीत्र हत्या गर्न खोज्नेलाई कडा कार्वाही गर्न माग गरेकीहुन् ।उनले विज्ञप्तिमा केही व्यक्तिले अश्लील भिडियोमा आफ्नो नाम जोडेर सामाजिक सञ्जालमार्फत् आफ्नो चरित्र हत्या गर्ने प्रयास गरेको भन्दै आपत्ति जनाएकी छन् । केही व्यक्तिले अश्लिल भिडियो धेरैमाझ म्यासेञ्जर मार्फत् फैलाएपछि स्पष्ट पार्नका लागि विज्ञप्ति निकाल्न बाध्य भएको बताएकी छन् । उनले अनुहार मिलेपनि आफू नभएकोले शुरुमा वास्ता नगरेपनि भिडियो चर्चामा आउन

    • प्रकाशित मितिः भदौ ९, २०७७
    • १,८१३ पटक पढिएको
    • छाल खबर
  • कोरोना संक्रमित महिलाको डेलिभरी, आमा र बच्चा दुवैको अवस्था सामान्य

    छाल खवर धरान,८भदौ ःएक कोरोना संक्रमित महिलाले सोमवार सकुशल बच्चा जन्माएकीछिन । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड १९ अस्पतालमा रहेकी ती युवतिले वच्चा जन्माएकी हुन् ।वेलुकी ६ बजे विराटनगर २, मोरङकी २० बर्षीया महिलाले छोरी जन्माएकी हुन् । आमा र बच्चा दुवैको स्वास्थ्य सामान्य रहेको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए ।उनका अनुसार बच्चाको तौल २.८ केजी रहेको र दुवैको स्वास्थ्य एकदमै राम्रो छ । प्रतिष्ठानमा कोरोना संक्रमित महिला डेलिभरी भएको यो पहिलो हो । गर्भवती महिलाले नर्मल डेलिभरीमार्फत नै बच्चा जन्म दिएकी हुन् । उनलाई भदौ ७ गते प्रतिष्ठानमा भर्ना भएको थिय

    • प्रकाशित मितिः भदौ ८, २०७७
    • १,०८२ पटक पढिएको
    • छाल खबर
  • पार्टी पद्धति विपरित कार्य नगर्न नेकपा सुनसरीको चेतावनी

    छाल खवर धरान,८ भदौः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुनसरीले पार्टीको नीति र पद्धति विपरित कुनैपनि कार्य नगर्न चेतावनि दिएको छ । नेकपा सुनसरी जिल्ला कमिटिका अध्यक्ष योगेन्द्रप्रसाद मण्डल (पप्पु) र सचिव रमेश कुमार बस्नेतले आइतवार विज्ञप्ति जारी गरी कसैले पनि पार्टी पद्धति विपरित कार्य नगर्न चेतावनि दिएका हुन । जिल्लाका केही नेताहरुले पार्टी एकताको भावना विपरित केही दिन अघि गुटवन्दी गर्दै हिडेकामा पार्टीको गम्भिर ध्यान आकर्षण भएको प्रेस विज्ञप्तीमा उल्लेख गरीएको छ । जारी विज्ञप्तीमा पार्टीका केही नेता तथा कार्यकर्ताहरुले पार्टी एकतामा आँच पुर्याउदै कुनै निश्चित नेताको पक्षमा सडकमा नारा लगाउने

    • प्रकाशित मितिः भदौ ८, २०७७
    • ४,५७१ पटक पढिएको
    • छाल खबर
  • बीपीमा उपचाररत ८ जनामा कोरोना सङ्क्रमण

    छाल खवर धरान,८ भदौ ः धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दैनिक रुपमा कोरोना संक्रमित भेटीन थालेकाछन् । सोमवारमात्र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका लागि आएका ८ जना बिरामीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । आइसियुमा उपचाररत १ जना, मेडिसिन वार्डमा उपचाररत ३ जना, सर्जरीमा उपचाररत १ जना र कोभिड १९ अस्पतालमा कोरोना आशङ्का गरी भर्ना भएका ३ जना गरी ८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिएकाछन् । १ जना पुरुष प्रदेश १ को रहेको अरु ७ जना प्रदेश २ को सिराहाका ३ जना, सप्तरीका ३

    • प्रकाशित मितिः भदौ ८, २०७७
    • १,१२१ पटक पढिएको
    • छाल खबर
  •  इटहरीका वडा नम्बर ६ र ९ सिल

    छाल खवर धरान,८ भदौ ःवडामा कोरोना संक्रमितको संख्या बढन थालेपछि इटहरीको दुइवटा वडा सिल गरीएको छ । संक्रमण वढन थालेको भन्दै इटहरीको वडा नम्वर ६ र ९ वडालाई सिल गर्ने निर्णय गरिएको हो । वडा नम्वर ६ र ९ मा कोरोना संक्रमितहरुको संख्या बढिरहेकाले सिल गर्ने निर्णय गरिएको वडा नम्वर ६ का वडाध्यक्ष दिपक गौतमले बताए । दुवै वडालाई भदौ १४ गतेसम्म सिल गरिएको वडा नम्वर ९ का अध्यक्ष भुपेन्द्र वरालले जानकारी दिएकाछन् । बरालका अनुसार शिल गरीएका वडाहरुमा अतिआवश्य सेवा र पसल वाहेक सवै सेवा र हिडडुल गर्न पूर्ण रुपमा वन्द गर्ने निर्णय भएको छ । इटहरी उपमहानगरका नगरप्रमुख द्धारिकलाल चौधरीको अध्यक्षतामा प्रमुख जिल

    • प्रकाशित मितिः भदौ ८, २०७७
    • १,७०८ पटक पढिएको
    • छाल खबर
  • आँगनमा वडा कार्यालयको सेवा शुरुभएपछि नडाहावासी दंग

    भोला श्रेष्ठधरान,८ भदौ ः नडाहावासीहरु यतिवेला खुशीले गदगद मात्र भएका छैन आगनमै वनेको सरकारी कार्यालय हेरेर दंग छन् । आफूले गास काटेर दिएको सहयोगबाट निर्माण भएको सरकारी भवन औपचारीक रुपमा नै सञ्चालनमा आएपछि उनीहरु दंग परेका हुन । जनसहभागितामा निर्माण गरीएको बराहक्षेत्र नगरपालिका वडा नं. ३ को भवन आइतवारबाट सञ्चालनमा आएको छ ।आइतवार एक अनौपचारीक रुपमा सो भवनबाट वडा कार्यालयको सेवा शुरु गरीएको छ वडा कार्यालय भवन कहाँ वनाउने भन्ने विषयमा नगरप्रमुख र वडाध्यक्षको वीचमा विवाद भएपछि सो स्थानमा भवन निर्माणका लागि बजेट विनियोजनमामा रोक लगाइएको थियो । आफ्नो गाउमा सिंह दरवार ल्याउनका लागि वडाका जनता आफै

    • प्रकाशित मितिः भदौ ८, २०७७
    • ३७,३५७ पटक पढिएको
    • भोला श्रेष्ठ
  • कोरोना संक्रमित हार्डवेयर व्यापारीको निधन

    छाल खवर धरान,७ भदौ ः धरानमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत धरान ८ का ६८ बर्षीय हार्डवेयर तथा जग्गा व्यापारीको आइतवार साझ मृत्यु भएको हो । धरानमा कोरोना संक्रमितबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ । मृतक दुई जना पुरुष र एक महिला छन् । प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले मृत्यु भएको पुष्टि गरे काछन् । उनको साउन २९ गते पिसिआर रिपोर्ट पोजेटिभ आएको थियो । मृतकलाई उच्चरक्तचाप, मधुमेह र श्वासप्रश्वासको समस्या विगतदेखि नै भइरहेको पनि प्रवक्ता सापकोटाले जानकारी दिए । आज साँझ करिब ६ बजेर ३५ मिनेटमा निधन भएको पनि उनले बताए ।

    • प्रकाशित मितिः भदौ ७, २०७७
    • २,५५६ पटक पढिएको
    • छाल खबर
  • प्रहरीको मोष्ट वान्टेड सूचिमा रहेका बग्गा पक्राउ

    छाल खवरधरान,७ भदौ ः प्रहरीको सर्वाधिक खोजीको सूचिमा रहेका प्रदिप यादव (बग्गा) पक्राउ गरेकाछन् । भारतमा बसेर नेपालमा हातहतियार र लागुऔषधको कारोबार गर्ने ३९ वर्षिय अपराधी प्रदिप यादव (बग्गा)लाई मोरङ प्रहरीले पक्राउ गरेको हो । मोरङ प्रहरीका प्रवक्ता मानबहादुर राईका अनुसार भारतको अररिया जिल्ला ईन्द्रनगर ग्राम पञ्चायत वडा नं १० टिकुलिया टोलका बासिन्दा बग्गालाई शनिबार विराटनगर महानगरपालिका वडा नं १६ स्थित नेपाल–भारत सीमाको दरैयाबाट पक्राउ गरीएको हो । प्रहरीका अनुसार बग्गा भारतमा बसी नेपालको १ र २ नं प्रदेशका विभिन्न जिल्लामा अवैध रुपमा हातहतियार तथा लागूऔषधको कारोबार सञ्जाल बिस्तार गर्दै आए

    • प्रकाशित मितिः भदौ ७, २०७७
    • १,४२६ पटक पढिएको
    • छाल खबर
  • सुनसरी जिल्लामा भदौ १४ गतेसम्म निषेधित क्षेत्र घोषणा

    छाल खवर धरान,७ भदौः जिल्ला प्रशासन कार्यालय सुनसरीले भदौ १४ गतेसम्मका लागि जिल्लामा निषेधित क्षेत्र घोषणा गरेको छ ।जिल्ला प्रशासन कार्यालयको आज (आइतवार)वसेको डिसिसिएमसिको वैठकले सो निर्णय गरेको हो । सीमाका जिल्लाहरु तथा जिल्ला भित्रमा अत्याधिक कोरोना संक्रमितसंख्यामा वृद्धि हुनथालेपछि सुनसरी जिल्ला प्रशासनले भदौ १४ गते राती १२ बजेसम्मको लागी निशेषित क्षेत्र घोषणा गरेको प्रशासन कार्यालयले जनाएको छ । राती १२ बजेदेखि सात दिनको लागि जिल्लाभर अत्यावश्यक काम बाहेक मानिसहरुको आवतजावत तथा हिडडुल गर्न निषेध गरिएको बताएका छन । कोरोना भाइरसको संक्रमण दिनप्रतिदिन वढन थालेकोले निषेधित क्षेत्रको समय वढाइ

    • प्रकाशित मितिः भदौ ७, २०७७
    • २,१४६ पटक पढिएको
    • छाल खबर
  • इटहरीमा आज थप ८ जनामा कोरोना संक्रमण

    छाल खवर धरान,६ भदौं ःकोरोना भाईरसको संक्रमणको अधिकांश स्थान बढन थालेको छ । सोहीक्रममा इटहरी नगरपालिकाकामा पनि शनिवार थप ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भदौ २ गते स्वाब पठाएको मध्ये थप ५ जना र ३ गते पठाएको मध्ये तीन जना गरि जम्मा ८ जना नया संक्रमित थपिएको इटहरी उपमहानगरपालिकाका सञ्चार संयोजक लिलाराज भट्टराईले जानकारी दिएकाछन् । भट्टराईका अनुसार संक्रमितहरुमा इटहरी वार्ड नं ९ का ३ जना महिला र १ जना पुरुष गरि जम्मा ४ जना, १२ नं वडाको १ जना महिला र १ जना पुरुष गरि जम्मा २ जना, ६ नं वडाको १ जना महिला र १४ नं वडाको १ जना पुरुष रहेकाछन् । इटहरीमा संक्रमितको संख्या शनिवारसम्ममा ७२ पुग

    • प्रकाशित मितिः भदौ ६, २०७७
    • २,१६५ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic