समाचार

    Showing १८१-१९० of १,६११ items.
  • धार्मिक पर्यटनको माध्यमबाट आर्थिक समृद्धि–मुख्यमन्त्री कार्की

    छाल खवर धरान,१३ फागुन ः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले धार्मिक पर्यटनको माध्यमबाट आर्थिक समृद्धि गर्न सकिने बताउनुभएको छ । आज महाशिवरात्रि पर्व २०८१ को अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै उहाँले नेपाल सदैव आध्यात्मिक चिन्तनको केन्द्र रहेको बताउनुभयो । मुख्यमन्त्री कार्कीले शुभकामना सन्देशमार्फत भगवान् शिवको महिमा र नेपालको धार्मिक तथा सांस्कृतिक महत्त्वलाई उजागर गर्दै धार्मिक पर्यटनको प्रवर्द्धनमार्फत आर्थिक समृद्धि हासिल गर्न सकिने बताउनुभयो । “नेपालको पवित्र पाशुपत क्षेत्र तथा अन्य धार्मिक स्थलहरूको उचित संरक्षण र प्रवर्द्धन गर्दै धार्मिक पर्यटनको विकास गर्न कोशी प्र

    • प्रकाशित मितिः फागुन १४, २०८१
    • १,६९५ पटक पढिएको
    • छाल खबर
  • धरानमा ग्रेश ईन्टरनेशनलको १९ औ शाखा

    छाल खवर धरान,१३ फागुनः विदेश अध्ययन गर्न जान चाहाने ईच्छुक विद्यार्थीहरुकालागी परामर्श र सहजीकरण गर्न ग्रेश ईन्टरनेशनल नेपालको १९ औ शाखा धरानमा फागुन १७ गते शुक्रबार उद्घाटन गर्ने भएको छ । मगलबार धरान–३ सदन रोडमा रहेको कार्यलयमा पत्रकार सम्मेलनको आयोजना गर्दै ग्रेशको ससारभर ४० भन्दा बढी देशहरु जस्तै अस्ट्रेलिया,केन्या, पाकिस्तान,बगलादेश न्युजिल्यान्ड दुबई ईन्डोनेशिया,भारतमा शाखा रहेको ग्रेश ईन्टरनेशनल धरान शाखाका अध्यक्ष बिशाल राईले जानकारी दिए । शाखा अध्यक्ष राईले ग्रेश शाखाको उद्घाटन धरान उपमहानगरपालिकाका उपमेयर आईन्द्र विक्रम बेघाले र सस्थाका ब्रान्ड एम्बेसेडर चर्चित क्रीकेट खेलाडी

    • प्रकाशित मितिः फागुन १३, २०८१
    • ५८० पटक पढिएको
    • छाल खबर
  • लिवर्टी स्कुलद्धारा पूर्व विद्यार्थीहरुलाई सम्मान

    छाल खवर धरान,१३ फागुनः लिवर्टी रेसिडेन्सियल स्कुल धरान–११ ले ८ जना पूर्व विद्यार्थीहरुलाई सम्मान गरेको छ । स्कुलको १८ औ वार्षिक दिवस तथा अभिभावक भेलाका अवसरमा मंगलवार उनीहरुलाई सम्मान गरीएको हो । सम्मानीति हुनेहरुमा सावित्रि झा एयर होस्टेज,अमिशा मास्के सिएसआइटी,मोनिका प्रधान विएस्सी नर्सिङ,मेरीलुङ लिम्वु एमटेक अध्ययनरत हात्तिसार,सुमन लिम्वु इलेक्ट्रोनिक्स इन्जिनियर क्यानडा,मौसमी कार्की संचारकर्मी कृति टेलिभिजन, क्रिष्टीना राई एम विविएस, अन्जना हुक्पाचोङवाङ विएस्सी नर्सिङ अमेरीका रहेकाछन् । सम्मानीत विद्यार्थीहरु तथा उनका अभिभावकहरुलाई सम्मान पत्रले सम्मानीत गरीएको थियो । सम्मानित वि

    • प्रकाशित मितिः फागुन १३, २०८१
    • २,२०७ पटक पढिएको
    • छाल खबर
  • समाजवादी महिला संघ धरानको अध्यक्षमा मनिका

    छाल खवर धरान,१२ फागुनः समाजवादी महिला संघ नेपाल धरान नगरसमितिको अध्यक्षमा मनिका चेम्जोङ चयन भएकी छिन् । आइतवार सम्पन्न नगर अधिवेशनबाट मनिका अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित वनेकी हुन् । समितिको दुई उपाध्यक्षमा क्रमस रिता लोहनी र निमलमु शेर्पा चयन भएकाछन् । त्यसैगरी समितिको सचिव,सहसचिव र कोषाध्यक्षमा क्रमस सोनी राई,सन्जु लिम्वु र आशा राई चयन भएकाछन् । त्यस्तै सदस्यहरुमा सुनिता श्रेष्ठ,फूलमाया शेपार्, ज्ञानु लिम्वु अनिशा लिम्वु ,निर्मला राई, गंगा मिभक,शान्ता देवान, लक्कि शेर्पा, गिता मगर, अपेक्षा राई,प्रभा राई,शान्ति वेघा,पेम्वा शेपा, दिवुमा राई र कुन्ती लिम्वु निर्वाचित वनेकाछन् । कार्यक्र

    • प्रकाशित मितिः फागुन १२, २०८१
    • १,९३२ पटक पढिएको
    • छाल खबर
  • तेस्रो गोर्खा ट्रेल ब्लेजर रन चैत २ गते

    छाल खवर धरान,११ फागुनः गोर्खा ट्रेल ब्लेजर रनको तेस्रो सँस्करण आगामी चैत २ गते हुने भएको छ । प्रथम, दोस्रो विश्व युद्धसँगै विभिन्न युद्धहरुमा ज्यान गुमाएका वीर गोर्खा सैनिकहरुको सम्मान र स्मृतिमा सो रन आयोजना हुन लागेको हो । आयोजकले आइतवार पत्रकार गरी तेस्रो सँस्करण चैत २ गते आयोजना गर्ने जानकारी दिएको हो । ट्रष्टका अध्यक्ष महेन्द्र राईले पुर्खा दिवसको अवसर पारेर दौड र सम्मान कार्यक्रम गर्ने तयारी भएको जानकारी दिएकाछन् । धरान १८ स्थित रत्नचोकबाट वडा नं २० गोर्खा स्मृति पार्कसम्म १० किलोमिटर दुरी रहेको छ । अध्यक्ष राईले दिएको जानकारी अनुसार दौडमा करिब ६ सय जनाको संख्यामा सहभागिता रहनेछ ।

    • प्रकाशित मितिः फागुन ११, २०८१
    • ९८३ पटक पढिएको
    • छाल खबर
  • नेपाल राष्ट्रिय शिक्षक संगठन धरानको अध्यक्षमा राजन वन

    छाल खवर धरान,१० फागुनः नेपाल राष्ट्रिय शिक्षक संगठन धरानको पाँचौं अधिवेशनले राजन वनको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । शनिवार सदन सभाहलमा भएको सो अधिवेशनले वनको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्ष होमनाथ दाहाल, महिला उपाध्यक्ष गीता चौलागाईं, सचिव फणीन्द्र कुमार खतिवडा, सहसचिव सुमित्रा माया तामाङ, कोषाध्यक्ष गोपाल थापा र सहकोषाध्यक्ष पुष्पलता प्रसाईँ चयन भएका छन् । सदस्यहरू गीता ढकाल सापकोटा, देवराज राई, महेश्वर कोइराला, सागरमणि दाहाल, टेक बहादुर राई, जनम माया मग्राती मगर, पदम आले मगर र  रविन्द्र सुवेदी सदस्य छन् । कार्यक्रमको उद्घाटन संगठनकी केन्द्रीय

    • प्रकाशित मितिः फागुन ११, २०८१
    • ९८३ पटक पढिएको
    • छाल खबर
  • धरानको जुत्ता चप्पल मेला फागुन २५ गतेसम्म

    छाल खवर धरान,११ फागुनः माघको तेस्रो साताबाट धरान रङ्गशालामा संचालन भईरहेको जुत्ता चप्पल मेला फागुन २५ गतेसम्म थप भएको छ । बिजनेस एक्स्पोको आज समापन हुने भए पनि एक्स्पोमा जारी जुत्ता चप्पल मेला भने फागुन २५ गतेसम्म थप गरीएको आयोजकले जनाएको छ । आयोजकले शुक्रवार पत्रकार सम्मेलनको आयोजना गरी जुत्ता चप्पल मेला फागुन २५ गतेसम्म चल्ने जानकारी दिएको हो । मेला आयोजक समितिका सदस्य एवम् फुटवेयर म्यानुफ्याक्चर एसोसिएसन नेपालका अध्यक्ष रुद्र न्यौपानेले नेपाली उत्पादनलाई प्रवर्द्धन गर्न र स्वदेशी उत्पादनहरूको उपभोग गर्न जागरूक गराउने उद्देश्यले मेला आयोजना गरिएको जानकारी दिए । ग्राहकहरूलाई कम्पनीको उत्

    • प्रकाशित मितिः फागुन १०, २०८१
    • ३,३६८ पटक पढिएको
    • छाल खबर
  • विद्यालयहरु विदेशका लागि श्रमिक उत्पादन गर्ने थलो वन्नु हुदैन–मन्त्री राई

    छाल खवर धरान,६ फागुन ः कोशी प्रदेशका भौतिक पूर्वाधार मन्त्री भुपेन्द्र राईले बिद्यालयहरु बिदेसका लागि श्रमिक उत्पादन गर्ने थलो बन्नु नहुने बताएकाछन् । धरान लिगामेन्ट रेसिडेन्सियल स्कुल धरान–१६को ११ औ अभिभावक दिवस तथा वार्षिक उत्सवलाई मङ्गलबार सम्वोधन गर्दै मन्त्री राइृले सो कुरा वताएका हुन । मन्त्री राईले आफ्ना छोराछोरीहरु के का लागि पढाउदै छु भन्ने कुरा बुझ्न अभिभावकहरुलाई आग्रह गर्दै आफ्नै देशमा पौरख गर्ने र देस बनाउने जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिएका थिए । बिद्यार्थीहरुका बिभिन्न प्रकारका प्रतिभाहरुलाई प्रष्फुटन गर्ने अवसर प्रदान गर्न अभिभावक दिवस बिशेष गरी मनाईएको स्कुलका प्

    • प्रकाशित मितिः फागुन ६, २०८१
    • ८०५ पटक पढिएको
    • छाल खबर
  • शिवरात्रिको अवसरमा चौकीबारी साँझ

    छाल खवर धरान,५ फागुनः चौकीबारी युवा समाज धरानले चौकीबारी साँझ २०८१ नामक साङ्गीतिक कार्यक्रम गरी धरान १९ नम्बर वडाबाट प्रतिनिधित्व गर्दै विभिन्न खेलमा स्वर्णपदक विजेता खेलाडीहरू र वडाका ज्येष्ठ नागरिकहरूलाई सम्मान गर्ने भएको छ । खेलाडी र कलाकारहरूलाई प्रोत्साहन, ज्येष्ठ नागरिकहरूलाई अभिनन्दनु भन्ने उद्देश्यका साथ फागुन १४ गते शिवरात्रिको अवसरमा “चौकीबारी साँझ २०८१” को आयोजना गरी धरान १९ बाट स्वर्णपदक विजेता खेलाडीहरूलाई नगद सहित सम्मान, ८५ वर्ष उमेर माथिका वडा ज्येष्ठ नागरिकहरूलाई अभिनन्दन र दुर्व्यसनबाट पीडित विपन्न ३ जना युवाहरूलाई सुधार केन्द्रमा लाग्ने शुल्क प्रदान गर्ने र ३० घ

    • प्रकाशित मितिः फागुन ६, २०८१
    • २१५ पटक पढिएको
    • छाल खबर
  • डाक्टर महावीर पुन हिबिस्कस बोडिङ स्कुलमा

    छाल खवर धरान,५ फागुनः हिविस्कस इङ्लिस बोडिङ स्कुल धरान–१५ले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक डा महावीर पुनलाई सम्मान गरेको छ । स्कुलले डा पुनलाई सम्मान तथा उहाँद्वारा लिखित आत्मकथा पुस्तक सम्झना, सपना र अविरल यात्राू बिक्रि विरतण समेत गरेको थियो । सोमवार विद्यालयमा एक कार्यक्रमको आयोजना गरि डा. पुनलाई स्वागत तथा पुस्तक खरीद गरेको थियो । हिविस्कस बाल क्लब तथा विभिन्न कक्षाका विद्यार्थीहरूद्वारा फूल बुके तथा खादाले स्वागत गरेका थिए । औपचारीक कार्यक्रममा कक्षा १० की छात्रा दिविका राईले स्वागत मन्तव्य गरेकी थिइन । उहाँको कृषि औजार कारखाना पुनस्थापनाको विशाल अभियानमा पुस्तक खरिद गर

    • प्रकाशित मितिः फागुन ५, २०८१
    • ४३२ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic