राजनीति

    Showing १२१-१३० of ६०० items.
  • एमाले १३ नं.वडा कमिटिको सम्मान तथा बनभोज

    छाल खवर धरान,९ फागुन ः फागुन नेकपा एमाले १३ नं. वडा कमिटीले सम्मान तथा बनभोज कार्यक्रम सम्पन्न गरेको छ । धरान –१४ स्थित हुक्पा चोङबाङ रिसोर्टमा अनेम संघ, युवा संघ र जातीय मुक्ति समाजले कार्यक्रमको सह–आयोजना गरेका थिए । कार्यक्रममा पार्टीलाई सहयोग पु¥याउने संघ संस्था तथा व्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो । नेकपा एमाले केन्द्रीय सदस्य मञ्जु भण्डारीको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रमको अध्यक्षता अध्यक्षता १३ नं. वडा कमिटिका कार्यवाहक अध्यक्ष दिवस प्यारा श्रेष्ठले गरेका थिए । कार्यक्रममा प्रदेश सांसद रमेशकुमार बस्नेत, विजय राई, यशोदा कायस्थ, एमाले प्रदेश सदस्य मुरारी सुव

    • प्रकाशित मितिः फागुन ९, २०७९
    • २,२१२ पटक पढिएको
    • छाल खबर
  • वामदेवको पार्टीद्धारा तीन पार्टीसँग एकता वार्ता गर्ने

    छाल खवर काठमाडौं,२२ माघ ः नेकपा राष्ट्रिय एकता अभियानका अध्यक्ष बामदेव गौतमले तीन पार्टीसँग सम्मानजनक पार्टी एकता वा वामपन्थी एकताका लागि वार्ता गर्ने भएको छ । सो पार्टीको शनिवार बसेको स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको अध्यक्ष गौतमले जानकारी दिए । नेकपा एमाले, एकीकृत समाजवादी र माओवादी पार्टीहरूसँग सम्मानजनक पार्टी एकीकरण वा वामपन्थी एकताका लागि वार्ता चलाउने’, बैठकको पहिलो निर्णय छ । त्यस्तै सम्मानजनक एकीकरण हुन नसक्ने अवस्थामा वार्ता प्रयत्न बन्द गरी आफ्नो पार्टीलाई सुदृढ गर्न अभियानमा लाग्ने दोस्रो निर्णय छ । वामपन्थी एकतामा सामेल हुन दृढ प्रयत्न गर्ने तथा स्थायी कमिटी बैठकका

    • प्रकाशित मितिः माघ २२, २०७९
    • १,७६८ पटक पढिएको
    • छाल खबर
  • एकीकृत समाजवादीका सचिवालय सदस्य घनश्याम भुसाल अस्पताल भर्ना ,स्वास्थ्य अवस्था सामान्य

    छाल खवर काठमाडौ,धरान,२० माघ ः अचानक वेहोस भएपछि नेकपा एकीकृत समाजवादीका सचिवालय सदस्य घनश्याम भुसाल अस्पताल भर्ना भएकाछन् । भुसालको सिभिल अस्पतालमा उपचार भइरहेको समाजवादी प्रेस संगठनका उपाध्यक्ष विश्वमणि सुवेदीले जानकारी दिएकाछन् । भुसाल शुक्रबार दिउँसो गाडी चलाइरहेका बेला अचानक बेहोस भएका थिए । चालकलाई छेउको सीटमा राखेर आफैँ गाडी चलाएर पार्टी कार्यालयतर्फ गइरहेका बेला नयाँ बानेश्वर चोकमा अचानक बेहोस भएको उपाध्यक्ष सुवेदीले जानकारी दिए । सुवेदीका अनुसार गाडी भित्तामा ठोक्किँदा चालक सामान्य घाइते भएका छन् भने अरुलाई केही भएको छैन । नेता भुसाललाई मीनभवन स्थित सिभिल अस्पतालमा भर्ना गरिएको छ ।

    • प्रकाशित मितिः माघ २०, २०७९
    • २,४४८ पटक पढिएको
    • छाल खबर
  • देशको आर्थिक संकट बारे एकीकृत समाजवादीले प्रधानमन्त्री समक्ष बुझायो ध्यानाकर्षण पत्र

    छाल खवर काठमाडौ.,१७ माघः नेकपा (एकीकृत समाजवादी) ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आर्थिक संकट समाधान सम्बन्धमा ध्यानाकर्षण गराएको छ । मंगलबार बिहान बालुवाटार पुगेर अध्यक्ष माधव नेपालसहितका शीर्ष नेताले देशको अर्थतन्त्र गम्भीर संकट तर्फ उन्मुख भइरहेको र जनतालाई बाँच्न समेत धौधौ भइरहेको भन्दै प्रधानमन्त्री प्रचण्डलाई २० बुँदे ज्ञापनपत्र बुझाएका हुन् । एकीकृत समाजवादीले ज्ञापनपत्र बुझाउँदै देशको आर्थिक संकट समाधानका लागि तत्काल कदम चाल्न आग्रह गरेको छ । एकीकृत समाजवादीले जर्जर बनेको देशको अर्थतन्त्र सुधार युवा र बौद्धिक जनशक्ति रोक्न प्रभावकारी कदम चाल्नुपर्ने बताएको छ । मजदुर, किसा

    • प्रकाशित मितिः माघ १७, २०७९
    • ३,५१४ पटक पढिएको
    • छाल खबर
  • भकारीमा प्रेस सेन्टरको सहयोग

    छाल खवर धरान,१५ माघ ः आफ्नो वार्षिक उत्सवमा केही न केही कार्यक्रम गर्दै आएको प्रेस सेन्टर नेपाल सुनसरीले यस पटक ओझेलमा परेको सरकारी विद्यालयलाई सहयोग गरेको छ । सेन्टरले आफ्नो १९ औँ स्थापना दिवसका अवसरमा धरान–१६ स्थित भकारी स्कुल भनिने पञ्चायत आधारभूत विद्यालयका छात्र छात्राहरुलाई शैक्षिक सामाग्री सहयोग गरेको हो । धरानमा ६३ वर्ष अघि स्थापित पुरानो तर ओझेलमा परेको स्कुललाई सञ्चार माध्यमको ध्यान नपुगेको विषयलाई उजागर गर्न ओझेलमा परेका ठाउँहरूमा वार्षिकोत्सव मनाउँदै आएको सेन्टरका जिल्ला अध्यक्ष तीर्थ कार्कीले वताए । सेन्टरका केन्द्रीय सदस्य केशव घिमिरेले प्रेस सेन्टरले सङ्गठनको वार्षिकोत्

    • प्रकाशित मितिः माघ १५, २०७९
    • २,३८३ पटक पढिएको
    • छाल खबर
  • रवि लामिछानेले पुनः लिए नेपाली नागरिकता

    छाल खवर काठमाडौं, १५माघः नागरीकता विवादमा तानिएका निर्वतमान उपप्रधान तथा गृह मन्त्री रवि लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् । लामिछानेले आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौं गएर नागरिकताको प्रमाणपत्र लिएको लामिछानेका सचिवालय प्रमुख दीपक बोहराले जानकारी दिएकाछन् । बोहराका अनुसार सर्वोच्चको आदेश अनुसार लामिछानेको पुननागरिकता कायम भएको हो । काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले लामिछानेले २०५० सालमा लिएको नागरिकता नम्बर नै उल्लेख भएको नागरिकता प्रदान गरिएको जानकारी दिइन् । लामिछानेको नयाँ नागरिकता जारी भएपनि नागरिकता नम्बर भने पुरानै कायम छ । अमेरिकी नाग

    • प्रकाशित मितिः माघ १५, २०७९
    • २,०९० पटक पढिएको
    • छाल खबर
  • घनश्यामपछि वामदेव र भीम रावललाई भित्र्याउने माधव नेपालको तयारी

    छाल खवर काठमाडांै,धरान,१२माघः केही दिन अघि वामपन्थि नेता घनश्याम भुसाललाई पार्टीमा प्रवेश गराएको नेकपा एकीकृत समाजवादीले विभिन्न पार्टी र वामपन्थी नेताहरूलाई पार्टीमा भित्र्याउने अभियान नै चलाएको छ । माधवकुमार नेपाल नेतृत्वको एकिकृत समाजवादी पार्टीले एमाले छाडेका घनश्याम भुसाललाई पार्टीमा भित्र्याएको थियो । सो पार्टीले निकट भविष्यमै अर्का नेता वामदेव गौतमलाई पनि भित्र्याउने तयारी थालेको वुझिएको छ । एकीकृत समाजवादीले माघ २१ र २२ गते महत्त्वपूर्ण निर्णय गर्न भन्दै केन्द्रीय कमिटी बैठक बोलाइसकेको छ । उक्त बैठकले यसअघि पार्टीका अन्य कमिटीले गरेका निर्णय अनुमोदनदेखि जसपालगायतका अन्य पार्टी र व्य

    • प्रकाशित मितिः माघ १२, २०७९
    • ४,५७६ पटक पढिएको
    • छाल खबर
  • प्रदेश मन्त्रालय घटाएर खर्चभार कटौती गर्ने प्रधानमन्त्रीको घोषणा

    छाल खवरकाठमाडौं, ९ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेशका मन्त्रालयको संख्या घटाउन र खर्चभार कतौती गर्न आफूले प्रस्ताव गरिसकेको र सोहीअनुसार केही प्रदेशहरूमा मन्त्रालयको संख्या घटाइएको बताएका छन् । सोमबार बिहान सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलको नेतृत्वमा प्रदेशका मन्त्री, सांसद र नेताहरूको टोलीसँग कुरा गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् । बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्रीले भने, ‘प्रदेशहरू आफैमा स्वायत्त तह हुन् । उनीहरूले कसरी काम गर्ने भन्ने कुरा संविधानमा नै प्रष्ट छ । त्यसमा केन्द्रले अनावश्यक हस्तक्षेप गर्नु हुँदैन

    • प्रकाशित मितिः माघ ९, २०७९
    • ३०० पटक पढिएको
    • छाल खबर
  • को–को छन् राष्ट्रपतिका आकांक्षी

    छाल खवर काठमाडौं, ८ माघ ः राष्ट्रपतिको उम्मेदवार अहिलेसम्म कुनै पनि दलले टुंगो लगाएका छैनन् । सबै दलका शीर्षनेता आगामी दिन आफूलाई ‘कम्फर्टेबल’ हुनेगरी उम्मेदवार खोजीमै रहेका छन् । यद्यपि, राजनीतिक दलबीच राष्ट्रपतिका लागि दौडधुप सुरु भइसकेको छ । एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ, उपाध्यक्ष युवराज ज्ञवाली, नेतृ गोमा देवकोटालगायत नेताले ‘आफू राष्ट्रपति हुन खोजेको र त्यसका लागि लबिङ’ गरिरहेका छन् । कांग्रेसबाट वरिष्ठ नेताद्वय रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला राष्ट्रपति बन्ने दौडमा छन् । यद्यपि, कांग्रेस

    • प्रकाशित मितिः माघ ८, २०७९
    • १,६८१ पटक पढिएको
    • छाल खबर
  • प्रदेश नं १ का सरकारका मन्त्रीहरुले पाए जिम्मेवारी

    छाल खबर धरान,६ माघ  प्रदेश नं १ का सरकारका मन्त्रीहरुले जिम्मेवारी पाएका छन । आज शुक्रबार साँझ बसेको मन्त्री परिषदको बैठकले मन्त्रीहरुको जिम्मेवारी तोकेको हो । आज बसेको मन्त्रिपरिषद बैठकले मन्त्रिपरिषद कार्यविभाजन नियमावली संशोधन गर्दै ९ वटा मन्त्रालय कायम गरेसँगै मन्त्रीहरुले जिम्मेवारी पाएका हुन् ।     मुख्यमन्त्री हिक्मत कुमार कार्कीले पौष २५ गते तीन जना मन्त्री नियुक्त गरेका थिए । एमालेका तिलकुमार मेन्याङ्बो, राप्रपाका भक्तिप्रसाद सिटौला र जसपाकी निर्मला लिम्बूलाई पहिलो चरणमा मन्त्री बनाएका मुख्यमन्त्रीले दोस्रो चरणमा पुस ३० गते माओवादीका दुर्गाप्रसाद चापागाईं र जीवन आचार्

    • प्रकाशित मितिः माघ ६, २०७९
    • १,९२५ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic