राजनीति

    Showing ३९१-४०० of ६०५ items.
  • एकीकृत शहरी विकास आयोजनालाई रकम विनियोजन गरेकोमा जसपाको आपत्ति

    छाल खवर धरान,१ साउन ः एकीकृत शहरी विकास आयोजनालाई वजेट विनियोजन गरेकोमा जनता समाजवादी पार्टी (जसपा)धरान उपमहानगर समितिले आपत्ति जनाएको छ । जसपाका धरान नगर समिति अध्यक्ष ताजुव लिम्वुले विहिवार एक विज्ञप्ति जारी गर्दै रकम विनियोजन गरेकोमा आपत्ती जनाएका हुन् । नवौं नगरसभाबाट आ.व. ०७८÷०७९को नीति तथा कार्यक्रमको आर्थिक वजेटमा १ करोड पचास लाख बजेट विनियोजन गरिएकोमा थियो । जसपाले आयोजनाको डिपिआर र डिजाइनभन्दा बाहिर गएर चारकोशे जंगलमा थप २ वटा वेल खनिएको र सोही वेलको बाँकी रहेको रकम भुक्तानी गर्न उक्त बजेट विनियोजन गरिएको दावी गर्दै विरोध जनाएको छ । जसपाले डिपिआरमा नभएको योजनाको ठेकेदरलाई

    • प्रकाशित मितिः साउन १, २०७८
    • १४,६०२ पटक पढिएको
    • छाल खबर
  • सर्वोच्चले भन्यो–देउवालाई २८ घण्टाभित्र प्रधानमन्त्रि बनाउनु

    छाल खवर काठमाडौं,२८ असार ः सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री वनाउन परमादेश जारी गरेको छ । संसद विघटनसम्बन्धी मुद्दामा फैसला सुनाउँदै सर्वोच्चले देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको हो । सर्वोच्चको संवैधानिक इजलासले आज १४६ सांसदले दायर गरेको मुद्दामा फैसला गर्दै संसद विघटन बदर र देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएको हो । संक्षिप्त आदेश पढ्दै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले प्रतिनिधिसभाको विघटन ७६ (५) र ७ मा रहेको प्रावधान अनुसार नदेखिएको फागुन ११ को सर्वोच्चको व्याख्या मर्म अनुसार नभएको यसलाई मान्यता दिन नसकिने बताए । शे

    • प्रकाशित मितिः असार २८, २०७८
    • ३,९९३ पटक पढिएको
    • छाल खबर
  • १० बुँदे सहमतिलाई सबैले इमान्दारीपूर्वक कार्यान्वयन गर्न भीम आचार्यको सुझाव

    छाल खवर काठमाडौं,२८ असारः नेकपा एमालेका केन्द्रीय सचिव भीम आचार्यले १० बुँदे सहमतिलाई इमान्दारिताका साथ कार्यान्वयन गर्नुपर्ने बताएका छन् । केही समयदेखि पार्टी एकताका पक्षमा खटिएका आचार्यले कार्यदलले तयार गरेको १० वुँदे सहमतिालाई अक्षरंश कायान्वयन गर्दै पार्टी एकता जोगाउनु पर्ने वताएका हुन् । आइतवार राति ओली र नेपाल पक्षको कार्यदलस्तरमा भएको सो सहमतिप्रति आफू सन्तुष्ट रहेको आचार्यले वताएकाछन् । आचार्यले १० वु‘दे सहमति नेकपा एमालेको भविष्य,स्थायित्व, वामपन्थी आन्दोलन, जनता, राष्ट्र सबैको लागि अपरिहार्य रहेको र त्यसप्रति आफू पूर्ण सन्तुष्ट रहेको उल्लेख गरेकाछन् । सहमतिको पालना सबैले इम

    • प्रकाशित मितिः असार २८, २०७८
    • १२६ पटक पढिएको
    • छाल खबर
  • माओवादी केन्द्र बैधानिक रहेको निर्वाचन आयोगको भनाई

    छाल खवर काठमाडौं,२७ असार ः नेकपा (माओवादी केन्द्र) वैधानिक भएको निर्वाचन आयोगले जनाएको छ । आयोगमा माओवादी केन्द्र विघटन गर्नुपर्ने माग गरी दर्ता निवेदन परेपछि आयोगले छानविन गरी वैधानिक भएको जानकारी गराएको हो । आयोगले विघटन गर्नुपर्ने मागको निवेदनलाई खारेज गरेको छ । माओवादी केन्द्रविरुद्ध परेको निवेदनमाथि आइतबार निर्वाचन आयोगले छानविन गरेको थियो । माओवादी विघटन गर्नुपर्ने माग गरी दर्ता भएको निवेदन खारेज गरिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिएकाछन् । श्रेष्ठका अनुसार माओवादी केन्द्र वैधानिक रहेको आयोगले ठहर गरेको छ।नेकपा (एमाले)मा प्रवेश गरेका पूर्वमाओवादी नेताहरूका तर्फबाट अध

    • प्रकाशित मितिः असार २७, २०७८
    • २,८३७ पटक पढिएको
    • छाल खबर
  • नौलो बस्ती जोगाउन किशोर राईको सहयोग

    छाल खवर धरान,२५असार ः नेपाली कांग्रेसका जिल्ला सदस्य तथा धरानका पूर्व नगर सभापति,समाजसेवि किशोर राईले वस्ति संरक्षणका लागि तारजाली प्रदान गरेकाछन् राईले शनिवार धरान–१६ स्थित नौलो बस्तीमा पुगेर खोला कटान नियन्त्रणका लागि तारजाली दिएका हुन् । राईले बस्तीमै पुगेर स्थानीयलाई ३६ थान तारजालीर त्यसमा ढुंगा भर्नका लागि नगद १० हजार नगद समेत प्रदान गरेका थिए । तारजाली पाए पश्चात स्थानीय उत्तम कार्कीले किशोर राईलाई धन्यवाद दिदै वस्ति संरक्षणमा केही मात्रामा भएपनि टेवा पुगेको वताए । धरानका खोला स्थायी रुपमा तटबन्धन गरेर बस्ती सुरक्षित गर्नुपर्ने राईले जोडदिएकाछन् । राईले आफुले सकेको सहयोग धर

    • प्रकाशित मितिः असार २६, २०७८
    • ७,९२३ पटक पढिएको
    • छाल खबर
  • किराती र तिवारीले के पाए नयाँ पार्टी ?

    छाल खवर काठमाडौं ,२५असार ःगोपाल किराती र सन्ध्या तिवारीले पार्टीको नाम परिवर्तन गरेकाछन् । सर्वोच्च अदालतले नेकपाका रुपमा एक भएको पूर्वमाओवादी र पूर्वएमालेलाई पूर्ववत रुपमा फर्काइदिएपछि उक्त नाममा दल दर्ता गरेका गोपाल किराती र सन्ध्या तिवारीले आफ्नो पार्टीको नाम फेरेका हुन् । निर्वाचन आयोगमा नेकपा माओवादी केन्द्र दलका रुपमा दर्ता गरेका किरातीको नयाँ पार्टीको नाम एकीकृत नेपाल कम्युष्टि पार्टी र नेकपा एमाले भनेर दल दर्ता गरेकी तिवारीले पार्टीको नाम जनता जनवादी पार्टी (जजपा) राखेका छन् । सर्वोच्च अदालतले गत फागुन २३ गते नेकपालाई विभाजन गराई पुरानै माओवादी र एमाले ब्युँताइदिएपछि किराती र तिवारी

    • प्रकाशित मितिः असार २५, २०७८
    • १,७८४ पटक पढिएको
    • छाल खबर
  • एमालेको कार्यदल सहमति उन्मुख, भोलिसम्म टुंगोमा पुग्ने दाबी

    छाल खवर काठमाडौं,२३ असार ः केही समय अघि देखि नेकपा एमालेमा रहेको आन्तरीक विवाद सहमति नजिक पुगेको वताईको छ । विवाद समाधानका लागि गठित कार्यदलमा भइरहेको छलफल सहमति उन्मुख भएको बताईको हो । कार्यदलका सदस्य गोकर्ण विष्टले भोलिसम्म सहमति टुंगोमा पुग्ने बताएकाछन् । विवाद समाधानका लागि भन्दै अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरु लगातार तीन दिनदेखि बैठक बसिरहेकाछन् । पार्टीमा देखिएको आन्तरीक विवादलाई समाधान गर्नको लागि दुवैपक्षका कार्यकर्ताहरुले दबाव दिदै आएकाछन् । सहमति हुन लागेको विषयले मुलुकभरका नेता कार्यकर्ताहरु उत्साहित वनेकाछन् ।जस्तोसुकै त्याग गर्नुपरेपनि पार्ट

    • प्रकाशित मितिः असार २३, २०७८
    • २,१८९ पटक पढिएको
    • छाल खबर
  • जसपा दुइचिरा को कता (नामावलीसहित)

    काठमाडौं, २२ असार । जनता समाजवादी पार्टी औपचारिक रुपमै फुट्ने भएको छ । अलग अलग जाने मार्ग खोलिदिन भन्दै आज दुवै पक्ष निर्वाचन आयोगमा पुगे । योसँगै जसपाको औपचारिक विभाजन आयोगबाट हुने सम्भावना बढेको छ । जसपा विभाजन भएपछि आधिकारिक पार्टी र चिन्ह कस्को हुने टुंगो लाग्न भने कठिन छ । जसपामा निर्वाचन आयोगमा भएका कार्यकारिणी समितिको नामावलीमा बहुमत उपेन्द्र यादव पक्षधर छन् । महन्थ ठाकुर कार्यकारिणी समितिमा अल्पमतमा छन् । तर, उनले फेरि आफ्नो पक्षमा बहुमत बनाउन कार्यकारिणी समिति सदस्य थपेर अद्यावधिक बनाउन आयोगमा नाम पठाएका छन् । उपेन्द्र यादवको पक्षमा संघीय परिषद्का अध्यक्ष डा।बाबुराम भट्टराई, नेताहर

    • प्रकाशित मितिः असार २२, २०७८
    • ३,६१५ पटक पढिएको
    • छाल खबर
  • प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा असार २८ गते फैसला आउने

    छाल खवर काठमाडौं,२१ असार ःप्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमाथि सर्वोच्च अदालतले असार २८ गते फैसला सुनाउने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासहित पाँच न्यायाधीश रहेको संवैधानिक इजलासले असार २८ गते फैसला गर्ने भएको हो। उक्त मुद्दाको सुनुवाइ सकिएपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले २८ गतेसम्मलाई मुद्दा हेर्दाहेर्दैमा राखिएको जानकारी गराएका हुन्। जेठ ८ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी थिइन् । विघटनको विरुद्ध विपक्षी दलका नेता तथा कांग्रेस सभापति शेरबहादुर देउवासहित १ सय ४६ जना सांसदले सर्वोच्चमा विघटन असंव

    • प्रकाशित मितिः असार २१, २०७८
    • ३,१९१ पटक पढिएको
    • छाल खबर
  • मध्यरातमा माधव नेपाललाई ओलीको फोन के भयो कुरा ?

    छाल खवर काठमाडौं,धरान,१७ असार ःनेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले मध्यरातमा वरिष्ठ नेता माधव कुमार नेपाललाई फोन गरेकाछन् । विहिबार साँझ ओली र नेपालवीच १५ मिनेट टेलिफोन वार्ता भएको छ । स्रोतका अनुसार शुक्रबारका लागि अध्यक्ष ओलीले बोलाएको बैठकमा माधव नेपाल समुहले सहभागि नहुने निर्णय गरेपछि ओलीले नेपाललाई फोन गरेका हुन् । ओलीले नेपाललाई फोन गरेर बैठकमा सहभागि हुन आग्रह गरेको स्रोतले बताएको छ तर नेपालले भोलिको बैठकमा सहभागि नहुने अडान लिएका थिए । यद्यपी नेपालले ओलीलाई दुईजना भेटेर कुरा गर्ने र कार्यदल बनाएर विवाद समाधानको खोजी गर्ने प्रस्ताव राखेका छन् । त्यसपछि मात्रै थप

    • प्रकाशित मितिः असार १८, २०७८
    • ४०४ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic