राजनीति

    Showing ४११-४२० of ६०५ items.
  • सर्दु जलाधार समाचार राजनीतिक भविष्य समाप्त पार्ने नियतबाट आयो ः काँग्रेस माओवादी

    छाल खवर धरान,२१ जेठ ः नेपाली कांग्रेस सुनसरीले पार्टीका जिल्ला सदस्यका विषयमा आएको समाचारमा सत्यता नभएको भन्दै टिप्पणी गरेको छ । सुनसरी सचिव केदार भण्डारीले एक राष्ट्यि दैनिकमा प्रकाशित समाचार राजनैतिक प्रतिशोधको आधारमा आएको भन्दै विज्ञप्ति प्रकाशित गरी टिप्पणी गरेकाछन् । उनले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै भ्रामक समाचार प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । भण्डारीले नेपाली काँेग्रेस सुनसरीका जिल्ला सदस्य किशोर राईलाई बिना प्रमाण चरित्र हत्या गर्ने मनसायले झुट्टा समाचार प्रकाशित भएको विज्ञप्तिमा उल्लेख गरेकाछन् । पत्रकारीता क्षेत्रबाट समाजले राखेको आशा र अपेक्षालाई यस्ता समाचा

    • प्रकाशित मितिः जेठ २१, २०७८
    • १,२२५ पटक पढिएको
    • छाल खबर
  • पुरानो कमिटी ब्युँताउन ओली तयार

    छाल खवरकाठमाडौं, १९ जेठ ः पार्टी विभाजनसम्मको अवस्थामा विवाद चुलिएको नेकपा एमालेको विवाद समाधान गर्न गर्न आफू हदैसम्म लचक भएको पार्टी अध्यक्ष केपी शर्मा ओलीले वताएकाछन् । विवाद मिलाउन दोस्रो तहका नेता सक्रियभएपछि अध्यक्ष ओलीले समाधानका लागि नवौं महाधिवेशनबाट निर्वाचित कमिटीलाई ब्युँताउन तयार भएको समेत वताएका हुन । एमाले उच्च स्रोतले जानकारी दिएको जानकारी अनुसार माधव नेपाल समूहले विपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिए नवौं महाधिवेशनबाट निर्वाचित कमिटी ब्युँताई पार्टीलाई २०७५ जेठ २ गतेको अवस्थामा फर्किएको घोषणा गर्न ओली सहमत भएकाछन् ।यता नेपाल समूहल

    • प्रकाशित मितिः जेठ १९, २०७८
    • ६,०९३ पटक पढिएको
    • छाल खबर
  • सफल युवा व्यवसायी प्रभाव खतिवडा नेपाली काँग्रेसको यातायात तथा जलश्रोत विज्ञमा नियुक्त

    छाल खवर धरान,१७ जेठ ः धरान क्षेत्रमा रहेर सफल व्यवसायिकको पहिचान वनाउन सफल युवा व्यवसायी प्रभाव खतिवडा नेपाली काँग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको यातायात तथा जलश्रोत विज्ञमा नियुक्त हुनु भएको छ । नेपाली कांग्रेसका उपसभापती एवम् केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विमलेन्द्र निधीले खतिवडालाई नियुक्त गरेका हुन्। नेपाली काँग्रेसको विधान २०१७ को (संशोधन सहित) को ३६ (१) को ङ अनुसार खतिवडा नियुक्त हुनु भएको प्रतिष्ठानले जानकारी दिएको छ। धरान१४ का स्थायी वासिन्दा विजयपुर निवासी खतिवडा धरानको एकमात्र प्राइवेट हस्पिटल विजयपुर हस्पिटलका सञ्चालक, यमाहा

    • प्रकाशित मितिः जेठ १८, २०७८
    • २०,७९० पटक पढिएको
    • छाल खबर
  • भारतीय गुप्तचर संस्थाका हाकिमलाई रातिराति भेटेपछि ओलीका मनोदशा सबै बिग्रिसके

    नेकपा एमाले खनाल–नेपाल समूहका नेता हुन् विरोध खतिवडा । एमालेका पुराना नेतामध्येमा पर्ने उनी ओलीको कारवाहीको दोस्रो सूचीमा छन् । वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल लगायत ११ जनालाई ओलीले पार्टीबाट निष्काशन गरेकै दिन खतिवडासहित १२ जनालाई स्पष्टीकरण सोधिएको छ । नेकपा एमालेमा ओलीको कारवाही र स्पष्टीकरण श्रृंखलापछि खनाल–नेपाल समुह अब कसरी अगाडि बढ्छ ? प्रस्तुत छ, यसै विषयमा केन्द्रित रहेर नेता खतिवडासँग गरेको कुराकानी : -अब नेकपा एमाले विभाजन भएकै हो ? सर्वोच्चले जब फागुन २३ गते संसद विघटनलाई बदर गर्यो, त्यसपछि अध्यक्ष केपी ओलीले एमाले फुटाउने अभियान सुरु गर्नुभएको हो । अहिले पार्टी न

    • प्रकाशित मितिः जेठ ११, २०७८
    • २८९ पटक पढिएको
    • छाल खबर
  • प्रतिनिधिसभा विघटन विरुद्धको रिटको सुनुवाई १३ र १४ गते

    छाल खबरधरान, ११ जेष्ठः प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा ३० वटा रिट दायर गरिएका छन । ती मध्ये १९ वटा रिट साधारण इजलासमा र ११ वटाको संवैधाानिक इजलासमा सुनुवाइको माग गरिएको छ । अदालतले अन्तरिम आदेश माग गरिएका १९ रिटको पेशी १३ गते बिहीबारलाई तोकेको छ भने संवैधानिक इजलासका लागि दायर गरिएका ११ रिटको पेशी १४ गते शुक्रबारलाई तोकेको छ । साधारण इलासका लागि बिहीबारलाई पेशी तोकिएको रिटमाथि पहिलो सुनुवाइ एकल इजलासले गर्ने छ । उक्त इजलासले संवैधानिक व्याख्याको प्रश्न देखेमा संवैधानिक इजलासमा पठाउन सक्ने छ । संवैधानिक इजलास बुधवार र शुक्रबार मात्र बस्ने भएकाले अरू ११ रिटको पेशी शुक्रबारलाई तोकिए

    • प्रकाशित मितिः जेठ ११, २०७८
    • ६६९ पटक पढिएको
    • छाल खबर
  • खनाल–नेपाल सहित ११ जना एमालेबाट निष्कासित (बैठकको निर्णय सहित)

    छाल खबरधरान, १० जेष्ठः नेकपा एमालेले वरिष्ठ नेता माधव कुमार नेपाल र झलनाथ खनालसहित ११ जना नेताहरूलाई पार्टीको साधारण सदस्य नै नरहने गरि निष्कासन गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले स्थायी कमिटीको बैठकले उक्त निर्णय गरेको हो । पार्टीको अनुशासन उल्लंघन गरेको र विपक्षी पार्टीका नेतालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको अभियोगमा निष्कासन गरिएको हो । यसअघि शनिबार बसेको स्थायी कमिटीको बैठकले संसदीय दलका नेता केपी ओलीलाई असहयोग गर्दै विपक्षी दलका नेता शेरबहादुर देउवालाई सहयोग गर्ने नेपालसहित ११ सांसदलाई २४ घण्टे समयावधी दिएर स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । निर

    • प्रकाशित मितिः जेठ १०, २०७८
    • १,१४० पटक पढिएको
    • छाल खबर
  • संसद विघटनको डटेर प्रतिवाद गर्न नेता नेपालको आव्हान

    छाल खबरधरान, ८ जेष्ठः राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा प्रतिनिधी सभा विघटन गरि मध्यावधी निर्वाचनको घोषणा गरे सँगै नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले षड्यन्त्रकारीको उक्साहट र चाहनामा फेरि पनि संसद्को चीरहरण भएको बताएका छन । सामाजिक सञ्जालमा प्रतिक्रिया व्यक्त गर्दै नेता नेपालले संसद् विघटन गरेर चुनावको घोषण गर्नु प्रतिगमन भाग–२ भएको उल्लेख गर्दै संविधानको मर्ममाथि प्रहार गर्दै सर्वसत्तावाद लाद्ने उद्देश्यले भएको कथित चुनावको उदघोष जालझेल भएको टिप्पणी गरेका छन । नेता नेपाले केपी ओलीको यो कदमको डटेर प्रतिवाद गर्न आव्हान गर्दै प्रतिक्रियामा ‘यो व्यवस्था नै कू गर्ने अग्र

    • प्रकाशित मितिः जेठ ८, २०७८
    • १६४ पटक पढिएको
    • छाल खबर
  • नेपाल–खनाल समूहका सासंदहरुले भने देउवालाई समर्थन छैन

    छाल खबरधरान, ७ जेष्ठः राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सरकार गठनका लागिआव्हान गरे सँगै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका संसदिय दलका नेता शेरबहादुर देउवाले प्रधानमन्त्रीका लागि आफू सँग नेबपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एमालेका नेपाल–खनाल समूहका समेत प्रतिनिधी सभाका १४९ सदस्यको समर्थन रहेको राष्ट्रपति कार्यालयमा दावी प्रस्तुत गरिरहदा नेपाल–खनाल समूहका प्रतिनिधी सभा सदस्यहरुले भने आफूले हस्ताक्षर नै नगरेको, विगतमा संसद अधिवेशन बोलाउन संकलन गरिएको हस्ताक्षरको दूरुपयोग गरिएको बताएका छन । यसरी दावी गर्नेहरुमा जयकुमार राई सुनसरी, सुरेन्

    • प्रकाशित मितिः जेठ ७, २०७८
    • १२४ पटक पढिएको
    • छाल खबर
  • राष्ट्रपतिद्धारा वैकल्पिक सरकार गठनको लागि आव्हान

    छाल खबरधरान, ६ जेष्ठः राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ मा व्यवस्था भए अनुसारको नयाा सरकार गठनका लागि भोली जेष्ठ ७ गते ५ः०० बजे भित्र दावी प्रस्तुत गर्न आव्हान गरेकी छन् । आज जेष्ठ ६ गते साँझ बसेको मन्त्रीपरिषद बैठकले प्रधानमन्त्रीले संसदमा विश्वासको मत नलिने तथा वैकल्पिक सरकार गठनको मार्ग प्रशस्त गर्ने निर्णय गरेको थियो । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले वैकल्पिक सरकार गठनको लागि आव्हान गरेकी हुन ।

    • प्रकाशित मितिः जेठ ६, २०७८
    • २९२ पटक पढिएको
    • छाल खबर
  • सर्वोच्च अदालतको आदेशले गयो गैरसासंद सात मन्त्रीको पद

    छाल खबरधरान, ६ जेठ ः सर्वोच्च अदालतले संसद सदस्य नरहेका ७ जना मन्त्रीलाई मन्त्रीको हैसियतमा कामकाज गर्न गराउन रोक लगाउने गरी अन्तरिम आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले संसद सदस्य नरहेका गृहमन्त्री रामबहादुर थापा बादल, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री टोपबहादुर रायमाझी, शहरी विकास मन्त्री प्रभु साह, खानेपानी मन्त्री मणीचन्द्र थापा, श्रम, रोजगार, तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरी र युवा तथा खेलकुद मन्त्री दावा लामालाई मन्त्रीको हैसियतमा कुनै पनि कामकारबाही नगर्नु नगराउनु भनी अन्तरिम आदेश जारी गरेको हो

    • प्रकाशित मितिः जेठ ६, २०७८
    • ११८ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic