समाज

    Showing ८१-९० of ४१४ items.
  • सप्तकोशीमा पानीको वहाब अहिलेसम्म कै उच्च

    तस्बिरः कोशी ब्यारेजको फेसबुक पेजछाल खवर धरान,१२असोजः केही दिनयता परेको लगातारको भारी वर्षाले सप्तकोशीमा जलसतह अत्याधिक खतराको बिन्दुमा पुगेको छ। नदिमा पानीको बहाव उच्च भएपछि ५६ वटै ढोका खोलिएको छ। कोशीमा पानीको बहाव ४ लाख ९४ हजार क्युसेक मापन भएको छ। कोशी व्यारेज स्थित प्रशासनले दिएको जानकारी अनुसार कोशिमा उच्च जोखिमको अवस्था छ। त्यसैले ५६ वटै ढोका खोलिएको हो। पानीको सतह निरन्तर बढेपछि कोसी ब्यारेजमा जोखिमको सङ्केत देखिन थालेको सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले जानकारी दिए।

    • प्रकाशित मितिः असोज १२, २०८१
    • २०६ पटक पढिएको
    • छाल खबर
  • धातु व्यवसायी संघको अध्यक्षमा रोजेश

    छाल खवर धरान,१ असोजः धातु व्यवासायी संघ धरानको अध्यक्षमा रोजेश उदाश निर्वाचित भएकाछन् । सोमवार भएको साधारण सभाले उदाशलाईलाई निर्विरोध निर्वाचित गरेको हो । साधारण सभाले प्रथम उपाध्यक्षमा सु्रेश ताम्राकार,द्धितीय उपाध्यक्ष,द्धितीय उपाध्यक्षमा अशोक तुलाधारलाई निर्वाचित गरेको छ । संंघको सचिव,उपसचिव र कोषाध्यक्षमा क्रमस शिवानन्द साह,पुष्प शाक्य ,उज्ज्वन ताम्राकार रहेकाछन् । संघको लागि सदस्यहरुमा क्रमस चन्द्रा हलवाई,रोजी ताम्राकार,निरज ताम्राकार,रिवाज ताम्राकार र अशेष उदाश रहेकाछन् ।

    • प्रकाशित मितिः असोज १, २०८१
    • २,०६९ पटक पढिएको
    • छाल खबर
  • धरान स्कुल सिङ्गिङ च्यालेन्जको पहिलो अडिसनबाट ४१ प्रतियोगी छनोट

    छाल खवर धरान,१९ भाद्र: धरान स्कुल सिङ्गिङ च्यालेन्ज (२०८१, सिजन १ ) को बुधबार सम्पन्न पहिलो अडिसनबाट ४० जना प्रतिष्पर्धीहरु छनोट भएका छन। ¥याडिकल लाईट नेपाल प्रा.लि.धरानले बाल दिवसका अवसरमा सहिद स्मृति मा.बि.को सभाहलमा आयोजना गरेको पहिलो अडिसनबाट ४१ जना सहभागिहरु दोश्रो चरणमा प्रबेश गरेका हुन। दोश्रो चरणमा प्रबेश गर्नेहरुमा पन्चकन्या मा.बि.का सागर राई र कृष्टिना राना मगर, लोटस इङ्लिश बोर्डिङ स्कुलका करन राई, हिबिस्कस इङ्लिश बोर्डिङका सबिन बोहोरा, निवा प्रेमि लिम्बु र रेश्मा तामाङ रहेका छन। त्यसैगरी बिष्णु मेमोरियल मा.बि. का आकृति खाति,नबोदय बिद्या मन्दिर का एल्बिन श्रेष्ठ, सियोन स्कु

    • प्रकाशित मितिः भदौ १९, २०८१
    • ४,४५६ पटक पढिएको
    • छाल खबर
  • राष्ट्रिय दलित पत्रकार सङ्घ सुनसरी अध्यक्षमा विनोद

    छाल खवरधरान,११भाद्रः राष्ट्रिय दलित पत्रकार सङ्घ सुनसरीको दोस्रो सम्मेलनले विनोद विश्कर्माको अध्यक्षतामा नया कार्यसमिति चयन गरेको छ । सोमवार भएको जिल्ला सम्मेलनले विनोद बिकको अध्यक्षतामा नया कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा प्रतीक्षा बिसंखे, सचिवमा भूमिका रसाईली, सहसचिवमा अशोक बिक र कोषाध्यक्ष विवश लामगादे चयन गरेको छ । त्यसैगरी सदस्यहरू नवीन सेन्चुरी, विनोद रसाईली, राजु दर्नाल, मनीषा लोहार छन् । राष्ट्रिय दलित पत्रकार सङ्घका केन्द्रीय सदस्य तारा लामगादेको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रमको सभापतित्व कार्यवाहक अध्यक्ष नवीन रम्तेलले गरेका थिए । सङ्घका कोशी प्रदेश अध्यक्ष नैन

    • प्रकाशित मितिः भदौ ११, २०८१
    • ३४८ पटक पढिएको
    • छाल खबर
  • विराटनगरमा भारतीय कथक नृत्याञ्जली प्रदर्शन

    छाल खवर धरान,३ भदौः भारतीय स्वतन्त्रता दिवसको अवसरमा शनिवार विराटनगरमा भारतीय शास्त्रीय नृत्य नृत्याञ्जली प्रदर्शन गरेको छ । भारतीय राजदूतावास सम्बद्ध स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रद्वारा सो नृत्याञ्जली प्रदर्शन भएको हो । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले साँस्कृतिक आदान प्रदानले दुई देशको भाइचारा, सम्बन्ध अझै प्रगाढ हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले कोशी प्रदेशले भ्रमण वर्षको रूपमा भारत भ्रमण गर्ने तयारी गरेको समेत जानकारी दिनुभयो । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला नेपाल भारत सम्बन्धलाई बलियो बनाउन संस्कृति पक्षले ठुलो भूमिका निर्वाह गर्दै आएको बताउनुभय

    • प्रकाशित मितिः भदौ ३, २०८१
    • ३,८८७ पटक पढिएको
    • छाल खबर
  • तिज उत्सव कार्यक्रममा महिला संचारकर्मी सम्मानित

    छाल खवर धरान,२ भदौः धरान मनिहारी तथा उपहार व्यपार संघको आयोजनामा शनिवार मनिहारी तिज उत्सव कार्यक्रम सम्पन्न भएको छ । नेपाली महिलाहरूको महान् चाड हरितालिका तिजको पूर्व सन्ध्यामा भब्य तिज उत्सब कार्यक्रम सम्पन्न भएको हो । उत्सब कार्यक्रममा नृत्य प्रतियोगिताका साथै मेहन्दी लगाउने प्रतियोगिता कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा वोल्दै प्रमुख कोशी प्रदेश सांसद यशोदा कायस्थले बोल्दै नेपाली समाजमा महिलाहरू बिच एकता र सांस्कृतिक सद्भाव, सहिष्णुता कायम गर्ने बताईन् । चाडपर्वहरूले महिला सशक्तीकरणमा महत्वपूर्ण भूमिका खेल्दै आएको तीज उत्सव २०८१ को अवसरमा बोल्दै सांसद कायस्थले बताइन् । महिलाहरू

    • प्रकाशित मितिः भदौ २, २०८१
    • १,४०५ पटक पढिएको
    • छाल खबर
  • भारतको ७८औँ स्वतन्त्रता दिवस धरानमा विभिन्न कार्यक्रमका साथ सम्पन्न

    छाल खवर धरान,३२ साउनः मित्र राष्ट्र भारतको ७८ औं स्वतन्त्रता दिवस धरानमा विहिवार विभिन्न कार्यक्रमका साथ सम्पन्न भएको छ । हरेक वर्ष अगस्त १५ का दिन मित्रराष्ट्र भारतको ७८औँ स्वतन्त्रता दिवस मनाइने गरीएको छ । भारतीय राजदूतावासको धरान स्थित पेन्शन वितरण कार्यालयमा बिहान स्वतन्त्रता दिवस समारोह आयोजना गरिएको हो । कार्यालय प्रभारी अधिकारी मेजर भरत कनोजियाले भारतको राष्ट्रिय झण्डा झण्डोत्तलन गरी शहिद स्मारकमा माल्यार्पण गर्नुभएको थियो । कार्यक्रममा वोल्दै प्रमुख अतिथि सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले भारत र नेपालको सम्बन्ध नङ र मासु जस्तै रहेको बताउनु भयो । तिवारीले नेपाली

    • प्रकाशित मितिः साउन ३२, २०८१
    • ५,७११ पटक पढिएको
    • छाल खबर
  • भारतको स्वतन्त्रता दिवसको अवसरमा नेपाल–भारत मैत्री संघद्वारा रक्तदान

    छाल खवर धरान,३० साउनः नेपाल–भारत मैत्री संघ सुनसरीद्वारा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । मित्र राष्ट्र भारतको ७८ औं स्वतन्त्रता दिवसको पूर्व सन्ध्यामा संघले सो रक्तदान कार्यक्रमको आयोृजना गरेको हो । सो कार्यक्रममा भारतीय राजदुतावास पेन्सन वितरण कार्यालय धरानका प्रभारी अधिकारी मेजर भरत कनौजिया प्रमुख अतिथि रहनु भएको थियो । नेपाल रेडक्रस सोसाइटी सुनसरी शाखाको सहकार्यमा आयोजित उक्त रक्तदान कार्यक्रममा ६१ पिण्ट रगत संकलन भएको आयोजक नेपाल भारत मैत्री संघ सुनसरीका कार्यसमिति सदस्य तथा कार्यक्रम संयोजक रामस्वरुप शर्माले जानकारी दिनुभयो । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपच

    • प्रकाशित मितिः साउन ३०, २०८१
    • ७,९०६ पटक पढिएको
    • छाल खबर
  • भारतीय राजदूतावास पेन्सन कार्यालय धरानद्वारा २१ स्थानमा स्वास्थ्य शिविर

    छाल खवर धरान,१८ साउनःभारतीय राजदूतावास धरान स्थित पेन्सन वितरण कार्यालयले पूवी पहाडी जिल्लाको २१ स्थानमा स्वास्थ्य शिविर सम्पन्न गरेको छ । कार्यालयले कोशी प्रदेशका पहाडी जिल्लाहरुको २१ ठाउँमा स्वास्थ्य शिविर सम्पन्न गरेको हो । दूतावासले भारतीय सैनिक सेवाबाट अवकाश पाएका भूपू सैनिक तथा उनीहरूका परिवारलाई लक्षित गरी शिविर सञ्चालन गरेको हो । पेन्सन कार्यालयले दिएको जानकारी अनुसार शिविर पहाडी जिल्लाहरू ताप्लेजुङ, पाँचथर, इलाम, सङ्खुवासभा, भोजपुर, दिक्तेल, ओखलढुङ्गा, सोलुखुम्बुमा सञ्चालन गरिएको हो । तराईका जिल्लाहरू झापामा ३ ठाउँ, मोरङमा ३ ठाउँ, उदयपुरमा २ र सुनसरीको झुम्कामा शिविर सञ्चालन गरिएक

    • प्रकाशित मितिः साउन १७, २०८१
    • ३,५०८ पटक पढिएको
    • छाल खबर
  • सञ्चारकर्मी धमलालाई अस्पतालमा कुटपिट गरेको आरोपमा थप २ पक्राउ

    छाल खवर धरान,८ साउनः केही दिन अघि सञ्चारकर्मी सञ्जिता धमलालाई उपचारका लागि वीपी प्रतिष्ठान पुगेको बेला अस्पतालमै कुटपिट गर्ने समूहका थप २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान–५ घर भएकी सङ्गीता राई र धरान ११ का समिर तामाङ रहेकाछन् । राईलाई सोमवार साझ पक्राउ गरेको थियो भने तामाङलाई मंगलवार धरानको भानुचोकबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । पक्राउ परेका दुवैजनालाई अनुसन्धानका लागि तत्कालै इनरुवा लगिएको थियो । तामाङ र राईलाई प्रहरीले खोजी गरिरहेको र मंगलवार प्रहरीले पक्राउ गरेको सुनसरी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी नविनकृष्ण भण्डारीले जान

    • प्रकाशित मितिः साउन ८, २०८१
    • १,६१३ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic