छाल खवर इलाम,३० असोज ः इलाममा सामुदायिक कृषि क्याम्पस सञ्चालन हुने भएको छ। इलाम नगरपालिकाको पहलमा सो क्याम्पस सञ्चालन हुने भएको हो। इलाम नगरपालिका–९ शेरामा निर्माण भएर पनि सञ्चालनमा नआएको बसपार्कको भवनमा कक्षाकोठा तयार पार्न लागिएको छ। प्रयोगशाला र पुस्तकालय निर्माण भइरहेको सञ्चालक समितिका सचिव ठाकुरनारायण श्रेष्ठले बताए। कृषि प्राविधिक उत्पादन गर्ने उद्देश्यले सामुदायिक कृषि क्याम्पस स्थापना गर्न लागिएको हो। आठ सेमेष्टरको चार वर्षे कोर्ष चार लाख रुपैयाँमा पूरा गर्न सकिने छ। यो क्याम्पस सञ्चालनमा आएपछि जिल्लाभित्रका मात्र हैन बाहिरी जिल्लाबाट समेत विद्यार्थी आउने अपेक्षा लिइएको छ। प
छाल खवर धरान,२९ असोज ः यस वर्षको टिकाको साईत विहान १० वजेर २ मिनेटमा उत्तम रहेको पञ्चाङ्ग समितिले जनाएको छ । अभिभावक तथा मान्यजनहरुबाट टीका र जमरा लगाएर आर्शिवाद थापी हर्षोल्लासका साथ विजयादशी मनाइँदैछ। आज टीका लगाउने उत्तम साइत बिहान १० बजेर २ मिनेटमा रहेको छ । टीकामा समृद्धिको प्रतीक पहेँलो जमरा प्रयोग गरिन्छ। घटस्थापना गरिएको पूर्ण कलशबाट अभिषेक गरी नवदुर्गाको प्रसादस्वरूप रातो टीका र जमरा लगाउने वैदिक सनातनी परम्परा छ । आदिवासी जनजातिका केही जातिहरुले भने आज सेतो अक्षताको टीका पनि लगाउछन् । मान्यजनको हातबाट नवदुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी उनीहरूबाट यश, ऐश्वर्य वृद्धि तथ दीर
छाल खवर धरान,२६ असोज ः युवालाई समेटदै नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को सुनसरी जिल्ला कमिटी गठन भएको छ । सोमबार इनरुवामा आयोजित जिल्ला कमिटी घोषणासभा कार्यक्रममा गोविन्द निरौलाको अध्यक्षतामा १ सय ७५ सदस्य कमिटी गठन गरिएको हो । निरौला सुनसरीका स्वच्छ छवी भएका पुराना वामपन्थि नेता हुन् । उनले संगठनलाई चलायमान वनाउदै विभिन्न कारणले समेटन नसकेका वामपन्थि नेता कार्यकर्ताहरुलाई एकिकृत गरी पार्टीलाई अघि वढाउने वताएकाछन् । कमिटीको उपाध्यक्षमा सिताराम पराजुली, रामचन्द्र मटियैत, सचिव बसन्त सुवेदी, उपसचिव राजेश भण्डारी रहेका छन। नेकपा एसका केन्द्रिय सदस्य केशव तिम्सीनाले सुनसरी जिल्लाका
छाल खवर धरान,२५ असोज ः प्रदेश नं १ का सभामुख प्रदिपकुमार भण्डारीले नेपालीहरुको महान चाडको अवसरमा शुभकामना दिनुभएको छ । सभामुख भण्डारीले सोमवार शुभकामना सन्देश जारी गरी गर्दै पारस्परिक सद्भाव, सहकार्य, भातृत्व, आपसी सम्मान, स्नेहको सञ्चार गर्ने नेपाली साँस्कृतिक पर्व बडा दशैं २०७८ को शुभ अवसर शुभकामना दिनुभएको हो । सभामुख भण्डारीले स्वदेश तथा विदेशमा रहनु हुने सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति, समृद्धि, दिर्घायु एवंम् उत्तरोतर प्रगतिको शुभकामना व्यत्त गर्दछु सन्देशमा भनिएको छ । जातिय, भाषिक, धार्मिक विविधतायुक्त विशेषता हाम्रो राष्ट्रको विशिष्ट पहिचान हो । विभिन्न जातजाति, भाषाभाषी, समुदायले
छाल खवर धरान,२४असोज ः हिमालयन मेघा कलेजले आयोजना गरेको मैत्रीपुर्ण फुटसल प्रतियोगीतामा पत्रकार टीम विजयी वनेको छ । कलेजले दशै तथा दिपावली शुभकामना आदनप्रदान सहित मैत्रीपूर्ण फुटसल प्रतियोगितामा पत्रकार टीम विजयी वनेको हो । धरान १५ स्थित विग फुटसलमा आयोजना गरिएको सो प्रतियोगीतामा आयोजक मेघा कलेज, एनप्याब्सन र नेपाल पत्रकार महासंघ गरि ३ टोलीको सहभागीता रहेको थियो । आयोजक टोली र एनप्यब्सन टोलीले पहिलो खेल खेलेका थिए । पहिलो खेलमा आयोजक टोलीलाई एनप्याब्सन टोलीले ४–१३ गोल अन्तरले पराजित गर्दै फाइनल खेल प्रवेश गरेको थियो । यता नेपाल पत्रकार महासंघ भने बाइ टोलीको रुपमा खेलमा सहभागी बनेको थिय
छाल खवर धरान,२४ असोज ः धरान–१२ स्थित सुनाखरी एकेडेमीले शेयर कारोबार सम्वन्धि जानकारी दिने उदेश्यले शुक्रबार एक दिने तालिम सम्पन्न गरेको छ । विद्यालयस्तर देखि नै जीवन उपयोगी शिक्षा दिने उदेश्य राखिएको सो कलेजले विभिन्न उपयोगी कार्यहरुमा शिक्षा दिदै आएको छ । जीवन उपयोगी र व्यवहारिक ज्ञान दिने उद्देश्यले कक्षा ११ का विद्यार्थीहरुलाई एकेडेमीले शेयर कारोबारसम्बन्धी शिक्षा दिएको हो । एकेडेमीका प्रिन्सिपल मिलन राईका अनुसार सो तालिमबाट विद्यार्थीहरुले सेयर कारोबारबारे ज्ञान हासिल गरेपछि पढाईसँगसँगै आम्दानी पनि गर्न सक्ने भएकोले कार्यक्रम आयोजना गरिएको हो । कलेजको अध्ययनको विषयमा पनि शेयरको व
छाल खवर धरान,२३ असोज ः सुजुकी व्राण्डको स्कुटर खरीद गर्दा लक्की ड्र मार्फत निश्चल पलिखे र श्रीमति पुजा ताम्राकारले मोटरसाइकल उपहार पाएका छन् । ताम्राकारले नवदुर्गा अटो प्यालेस धरान ८ असोज ११ गते सुजुकीको एक्सेस स्कुटर खरिद गरेकी थिइन् । दशैं आयो, उमंग छायो अफर अन्तर्गत लक्की ड्र कुपनमार्फत उनले मोटरसाइकल उपहार पाएका थिए । नेपाल अधिराज्यभरिबाट सुजुकीको स्कुटर र मोटरसइकल खरिद गरेका ग्राहकहरुमध्ये लक्की ड्र कुपनमार्फत हरेक १५ दिनमा एक जना भाग्यशाली ग्राहकले सुजुकी इन्टुडर मोटरसाइकल उपहार पाउने गरेको नवदुर्गा प्यालेसका सञ्चालक दुर्गा भुजेलले जानकारी दिएकाछन् । सोही कार्यक्रम अन्र्तगत शुक्रबार
छाल खवर धरान,२२ असोज ःमेघा–हिमालयन कलेज धरानले सामाजिक सेवा र सहयोग अन्तर्गत शुक्रबार दुइ मन्दिरलाई फोहोर व्यवस्थापनका लागि डस्टविन हस्तान्तरण गरेको छ । कलेजले दन्तकाली र बुढासुब्बा मन्दिरलाई डस्टबिन प्रदान गरेको हो । सो अवसरमा कलेजका बिद्यार्थीहरुले मन्दिर परिसरमा सरसफाई समेत गरेका थिए । कलेजका एकेडेमिक डाईरेक्टर अर्जुन घिमिरे, प्रिन्सिपल भास्कर पौडेल लगायतले १र१ थान डस्टविन दन्तकाली मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष विश्वराज खनाल र बुढासुब्बा मन्दिरका पुजारी अशोक आले मगरलाई हस्तान्तरण गरेका थिए । दर्शनार्थीहरुले पुजा आजा गर्न आउदा हुने फोहोर मैलालाई ब्यबस्थापन गर्न डस्टविनले सहज
छाल खवर काठमाडांै, २१ असोज ः सत्तारुढ गठबन्धन दलहरुबीचमा प्रदेश नं १ र वागमति प्रदेशमा मुख्यमन्त्री कुन पार्टीलाई दिने भन्ने विषयमा सहमति जुटेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार वसेको गठवन्धन दलको शीर्ष नेताहरुको बैठकमा सो सहमति जुटेको हो । सहमति अनुसार नेकपा एकीकृत समाजवादीलाई मनाउन दुई प्रदेशका मुख्यमन्त्री दिने सहमति भएको बैठक स्रोतले जनाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताको बैठकमा प्रदेश नम्बर १ र वागमतीको मुख्यमन्त्री नेकपा एसलाई दिने सहमति भएको सो पार्टीका अध्यक्ष माधवकुमार नेपालले बताएका छन् । यसअघि वागमतीमा कांग्रेसले मुख्यमन्त्री दावी गरेको
छाल खवर धरान,२१ असोज ः संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका केन्द्रीय अध्यक्ष कुमार लिङदने (मिराक)ले ८१ साल सम्ममा राजीतिक शक्ति निर्माण गरी सिंहदार ध्वस्त वनाउन वताएकाछन् । बुधवार धरानमा राष्ट्रिय सम्मेलनको वारेमा जानकारी दिन आयोजना गरीएको पत्रकार सम्मेलनमा वोल्दै लिङदनले सो कुरा बताएका हुन् । लिङ्देनले मुलुकमा संघीयताको दुरुपयोग गरी चरम भ्रष्ट्रचार बढेको समेत वताउदै सिंहदरवारको अधिकारमा नाममा ६ हजार वडाध्यक्षलाई भ्रष्टाचारी बनाएको आरोप समेत लगाए । सोही पत्रकार सम्मेलनमा वोल्दै लिङदेनले आगामी मंसिर २६ र २७ गते धरानमा पार्टीको तेस्रो राष्ट्रिय सम्मेलन आयोजना गरीने जानकारी समेत दिएका
Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved
Website By : Hash Tech Logic