समाचार

    Showing १,०८१-१,०९० of १,५२४ items.
  • आइटीमय बातावरण बनाउदै नेशनल एकेडेमी

    छाल खवर धरान,४ साउन ःनेशनल एकेडेमी धरानले यस शैक्षिक शत्रबाट सुचना प्रविधिमय वनाउने भएको छ । एकेडेमीले मंगलवार एक प्रेश विज्ञप्ति जारी गर्दै नया कार्यक्रमको विषयमा जानकारी गराएको हो । एकेडेमीले यस शैक्षिक सत्रबाट सुचना प्रविधिलाई पुर्ण रुपमा आफ्नो पठनपाठन तथा कलेज संञ्चालनमा उपयोग गर्ने भएको छ । सफ्टवेयर कम्पनी कस्मस इन्भाइटेड इन्टरनेशनल प्रा.लि.को सहकार्यमा कलेजले आफ्नो कलेजलाई पुर्ण आईटीमय बनाउन लागेको हो । जसमा कलेजका सबै विधार्थीहरुको अनलाइन एकान्टिङ, फि पेमेन्ट,आईटी शिक्षण विधि, शिक्षक तथा कर्मचारीहरुको पेरोल, बाओमेट्रिक एटेन्डेन्स प्रणाली, शिक्षणको लागि स्मार्ट इन्टरेक्टिभ बोर्ड तथा

    • प्रकाशित मितिः साउन ४, २०७८
    • २२,७५५ पटक पढिएको
    • छाल खबर
  • लागू औषध नियन्त्रणमा सवैको भूमिका वरावर हुनुपर्छ–एसपि थापा

    छाल खवर धरान,३ साउन ः जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख सञ्जयसिहं थापाले लागु औषध नियन्त्रणका लागि प्रहरी प्रशासनले मात्र संभव नभएको वताएकाछन् । शनिवार र्याडिकल लाईट नेपाल प्रालीले आयोजना गरेको ‘एसइइ स्पिकर धरान–२०७८ मा वोल्दै थापाले सो कुरा वताएका हुन् । थापाले लागुऔषध तथा दुव्र्यसन नियन्त्रण कुनै एक क्षेत्रबाट मात्र संभव नहुने वताउदै त्यसका लागि समाजका सवै पक्षले साझा जिम्मेवारी लिनुपर्ने उल्लेख गरेकाछन् । लागुऔषध प्रयोग र कारोबार नियन्त्रणमा प्रहरीले मात्र गर्नुपर्ने समाजको सोचाई गलत भएको वताउदै दुव्र्यसन जस्तो समाजको गम्भिर समस्या समाजका सवै वर्ग र तहबाट उत्तिकै

    • प्रकाशित मितिः साउन ३, २०७८
    • ७,४६४ पटक पढिएको
    • छाल खबर
  • धरान नगरमा तीन जना सभापतिको प्रतिष्पर्धामा

    भोला श्रेष्ठछाल खवर धरान,३ साउन ःसत्तारुढ दल नेपाली कांग्रेस यतिवेला आफ्नो आन्तरीक चुनावको तयारीमा होमिएको छ । १४ औं महाधिवेशनसंगै केन्द्रदेखि स्थानीयस्तरसम्म नेतृत्व चयनका लागि नेता कार्यकर्ताहरु दौडधुपमा सकृय रहेकाछन् । धरान उपमहानगर समितिको सभापतिका पदका लागि हालसम्म ३ जना आकांक्षि देखिएकाछन् । नेपाली कांग्रेसका पूर्व धरान नगर सभापति किशोर राई,वर्तमान नगर सचिव श्याम पोख्रेल र क्रियाशिल सदस्य अजय राई सभापति पदका लागि मैदानमा होमिएकाछन् । किशोर राई  १२ औं महाधिवेशनमा धरान नगर सभापति निर्वाचित भएका थिए भने उनी हाल जिल्ला सदस्य रहेकाछन् ।उनी धरानमा निकै लोकप्रिय रहेकाछन् । लोकप्रियताको

    • प्रकाशित मितिः साउन ३, २०७८
    • ५२,००९ पटक पढिएको
    • छाल खबर
  • आज साउने सङ्क्रान्ति पर्व देशभर मनाइँदै

    छाल खवर धरान,१ साउन ः सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाउने साउने ९कर्कट० सङ्क्रान्ति पर्व आज ९शुक्रबार० देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ। सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने सङ्क्रान्तिका रुपमा मनाउने प्राचिन परम्परा छ। साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन शुरु हुन्छ। माघ १ गते शुरु हुने उत्तरायण र साउन १ गते शुरु हुने दक्षिणायनका दिनलाई विशेषरुपमा मनाइन्छ। अधिकांश नेपाली खेतीमा लाग्ने भएकाले असार महिनाभर कृषि कर्ममा व्यस्त हुन्छन्। त्यसक्रममा हिलो मैलोले लाग्ने छालासम्बन्धी रोग ठिक गर

    • प्रकाशित मितिः साउन १, २०७८
    • १,१३० पटक पढिएको
    • छाल खबर
  • एकीकृत शहरी विकास आयोजनालाई रकम विनियोजन गरेकोमा जसपाको आपत्ति

    छाल खवर धरान,१ साउन ः एकीकृत शहरी विकास आयोजनालाई वजेट विनियोजन गरेकोमा जनता समाजवादी पार्टी (जसपा)धरान उपमहानगर समितिले आपत्ति जनाएको छ । जसपाका धरान नगर समिति अध्यक्ष ताजुव लिम्वुले विहिवार एक विज्ञप्ति जारी गर्दै रकम विनियोजन गरेकोमा आपत्ती जनाएका हुन् । नवौं नगरसभाबाट आ.व. ०७८÷०७९को नीति तथा कार्यक्रमको आर्थिक वजेटमा १ करोड पचास लाख बजेट विनियोजन गरिएकोमा थियो । जसपाले आयोजनाको डिपिआर र डिजाइनभन्दा बाहिर गएर चारकोशे जंगलमा थप २ वटा वेल खनिएको र सोही वेलको बाँकी रहेको रकम भुक्तानी गर्न उक्त बजेट विनियोजन गरिएको दावी गर्दै विरोध जनाएको छ । जसपाले डिपिआरमा नभएको योजनाको ठेकेदरलाई

    • प्रकाशित मितिः साउन १, २०७८
    • १४,५६७ पटक पढिएको
    • छाल खबर
  • नौलो बस्ती जोगाउन किशोर राईको सहयोग

    छाल खवर धरान,२५असार ः नेपाली कांग्रेसका जिल्ला सदस्य तथा धरानका पूर्व नगर सभापति,समाजसेवि किशोर राईले वस्ति संरक्षणका लागि तारजाली प्रदान गरेकाछन् राईले शनिवार धरान–१६ स्थित नौलो बस्तीमा पुगेर खोला कटान नियन्त्रणका लागि तारजाली दिएका हुन् । राईले बस्तीमै पुगेर स्थानीयलाई ३६ थान तारजालीर त्यसमा ढुंगा भर्नका लागि नगद १० हजार नगद समेत प्रदान गरेका थिए । तारजाली पाए पश्चात स्थानीय उत्तम कार्कीले किशोर राईलाई धन्यवाद दिदै वस्ति संरक्षणमा केही मात्रामा भएपनि टेवा पुगेको वताए । धरानका खोला स्थायी रुपमा तटबन्धन गरेर बस्ती सुरक्षित गर्नुपर्ने राईले जोडदिएकाछन् । राईले आफुले सकेको सहयोग धर

    • प्रकाशित मितिः असार २६, २०७८
    • ७,८९३ पटक पढिएको
    • छाल खबर
  • सञ्चारकर्मी रिकेश बिस्वकर्माको हाम्रो देश गीत सार्वजनिक

    छाल खवर धरान,२३ असार ः गीतकार रिकेश विश्वकर्माको देशभक्ति गीत ‘हाम्रो देश’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘भिजन नेपाल टिभी’ युट्युब च्यानलबाट भिडियो सार्वजनिक गरिएको हो । सो भिडियोमामा रहेको गीत धरानका गायकहरु एपी शेर्पा, जशोदा सुब्बा, सन्देश बम्जन लामा र साजन लामिछानेले स्वर दिएकाछन् । सुजन रसाइलीले गीतमा सङ्गीत दिएकाछन् भने संङ्गीत संयोजन मनोज मोतेले गरेका छन् । गितकार रिकेतका अनुसार धरानको म्युजिक मिडिया र काठमाडौंको भोइस अफ नेपाल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । रिकेशले निर्देशन गरेको म्युजिक भिडियोमा धरानका स्थानीय कलाकारहरुले अभिनय गरेका छन् । भ

    • प्रकाशित मितिः असार २३, २०७८
    • १,६३५ पटक पढिएको
    • छाल खबर
  • फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो

    छाल खवर काठमाडौ.धरान,२२ असार ः मूल्य बढाएको दुई साता पनि नबित्दै नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ । निगमले मंगलबार राति १२ वजेदेखि लागू हुने गरी फेरि इन्धनको मूल्य बढाएको हो । प्रतिलिटर २ रुपैयाँले बढाएर पेट्रोलको मूल्य १२९ रुपैयाँ पुर्‍याएको छ । डिजेलरमटितेलको मूल्य अब प्रतिलिटर २ रुपैयाँ बढेर ११२ रुपैयाँ पुगेको छ । गत असार १० गते राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर १२७ रुपैयाँ बनाएको थियो ।हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर २ रुपैयाँले बढाएर ८४ रुपैयाँ, हवाई इन्धन ९अन्तर्राष्ट्रिय० को प्रतिकिलोलिटर १९ अमेरिकी डलर बढाएर ७४५ डलर पुर्‍याएको छ । खान

    • प्रकाशित मितिः असार २२, २०७८
    • ३,५९४ पटक पढिएको
    • छाल खबर
  • नयाँ विषयका साथ शैक्षिक कार्यक्रम सञ्चालन गर्दै युएन नवोदय कलेज

    छाल खवर धरान,१९ असार ः होटल मेनेजमेन्ट विषयमा प्रदेश नम्बर १कै उत्कृष्ट नजिता लाई छुट्टै पहिचान बनाउन सफल युएन नवोदय कलेजले यसै शैक्षिक सत्रमा प्लस टु लेवलमा नया विषयहरु सञ्चालनमा ल्याउने भएको छ । कलेजले शनिवार पत्रकार सम्मेलन गरी कलेजले सञ्चालन गर्ने नया विषयका वारेमा जानकारी गराएको हो । पत्रकार सम्मेलनमा कलेजका प्रार्चाय डम्वर कुमार तुम्बापोले यस वर्ष प्लस टु लेवलमा साइन्स,कम्प्युटर साईन्स र फुड एण्ड न्युट्रेसन विषय थप सञ्चालनमा आउन लागेको जानकारी दिनुभयो । युएन नवोदय कलेज प्रदेश नं १ एसईई टपरहरुको छनौटमा पर्न सफल हुदै आएको कलेज हो । कलेजबाट गतवर्षहरुमा होटल मेनेजमेन्ट प्लस टु , व्यवस्

    • प्रकाशित मितिः असार १९, २०७८
    • १८,८६९ पटक पढिएको
    • छाल खबर
  • झलनाथ खनाल र माधव नेपाललाई पनि बैठकको निम्तो

    छाल खवर काठमाडौं, १७असारः भोली (शुक्रवार) हुने नेकपा एमालेको बैठकमा सहभागी हुन वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपालसहित सबैलाई पत्र पठाइएको छ । पार्टीले एमाले केन्द्रीय कमिटीको बैठक बिहान ११ बजे बोलाएको छ । दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज भएपछि पहिलोपटक केन्द्रीय कमिटी बैठक बोलाइएको हो । अध्यक्ष केपी शर्मा ओलीले यसअघिका केहीबाहेक अधिकांश बैठकमा माधव नेपाल समूहका नेतालाई बोलाएका थिएनन् ।तर शुक्रबारको बैठकबारे सबैलाई पत्र पठाइएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिएकाछन् ।तामाङले सबैलाई इमेल गरेर बैठकमा आउन पत्र पठाएको र टेलिफोनबाट पनि जानकारी गराउने बताएकाछ

    • प्रकाशित मितिः असार १७, २०७८
    • २,४३२ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic