समाचार

    Showing १,६२१-१,६३० of १,६५५ items.
  • ४ जनामा संक्रमण पुष्टिपछि कनकाई नगरको बजार क्षेत्र पाँच दिनका लागि बन्द

    छाल खवर धरान, ८ असार ःझापाको कनकाई नगरपालिकाको बजार क्षेत्र ५ दिनका लागि वन्द गरीने भएको छ ।नगरले सोमबार सूचना जारी गर्दै सोमबार दिउँसो १२ बजेदेखि असार १३ गते शनिबार रातको १२ बजेसम्मलाई स्वास्थ्य बाहेक सबै क्षेत्रलाई बन्द गर्न अनुरोध गरेको छ ।नगरभित्र चारजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको र समुदायमा समेत फैलिएको हुनसक्ने संभावनालाई ख्याल गर्दै नगरले बन्दको आव्हान गरेको हो ।नगरले सूचना जारी गर्दै आवश्यक कन्ट्याक ट्रेसिङ गर्नु पर्ने भएकाले सबै वडाका बजार, पसलहरु, शैक्षिक संस्था, नगर क्षेत्रका कार्यलय, वडा कार्यालयहरु, बैंक तथा वित्तिय संस्थाहरु पूर्ण रुपमा बन्द गर्न कोरोना भाइरस रोकथाम तथा

    • प्रकाशित मितिः असार ८, २०७७
    • २०८ पटक पढिएको
    • छाल खबर
  • मकालुमा पहिरो, अरुण नदी आंशिक रुपमा थुनियो

    छाल खवर धरान,७ असार÷ संखुवासभाको मकालु गाउँपालिकाको २ वटा वडामा पहिरो झरेर अरुण नदीमा करिब ३ सय मिटर क्षेत्रमा पानी जमेर ड्याम बनेको छ । नदीमा पहिरो झरेर वडा नम्बर २ र ५ मा पर्ने बोयामफेदी भन्ने ठाउँबाट पहिरो झरेर अरुण नदीको केही भाग थुनिएको छ ।पहिरोबाट अरुण नदी आंशिक रुपमा थुनिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक (डीएसपी) नवराज मल्लले बताएकाछन् ।पहिरोले स्थानीय ललितबहादुर राई र उनका छोरा जयप्रकाश राईको सात जनाको परिवार विस्थापित भएको छ । ललितबहादुरको घरमाथिबाट झरेको पहिरोको कारण स्थानीयहरु त्रसित बनेका छन् । अहिले पनि आंशिकरुपमा पहिरो झरिरहेको प्रहरीको भनाइ छ ।

    • प्रकाशित मितिः असार ७, २०७७
    • १२८ पटक पढिएको
    • छाल खबर
  • भौतिक दुरी र पूर्व तयारी जरुरी छ –सभामुख भण्डारी

    छाल खवर धरान, ६ असार ः प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले यो समयमा भौतिक दुरीसँगै पुर्व तयारी महत्वपुर्ण रहेको भण्डारीले बताउनु भएको छ । रुपान्तरण नेपाल सुुनसरीले धरानमा शनिवार आयोजना गरेको तनाव व्यवस्थापन सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रमलाई सम्वोधन गर्दै सभामुख भण्डारीले सो कुरा वताउनु भएको हो ।कार्यक्रममा वोल्दै कोरोनाबाट बच्नका लागि डरत्रासले घरमै बस्ने गर्थे अहिले त्रास नरहेको हुँदा झन सङक्रमण फैलन सक्ने बताउउनु भयो । सावधानी अपनाउनु नै प्रमुख उपाय भएको र यसतर्फ सवैजनाले ध्यान दिनुपर्नेमा जोडदिनुभयो । नेपालमा कोरोनाबाट २२ जनाले ज्यान गुमाइसकेका छन् भने ८ हजारभन्दा बढी कोरोनाबाट

    • प्रकाशित मितिः असार ६, २०७७
    • ७६३ पटक पढिएको
    • छाल खबर
  • हतियार र विष्फोटक पदार्थ फेला

    छाल खवर धरान ६ असार ÷ भोजपुरमा विष्फोटक पदार्थ र हतियार फेला परेको छ ।षडानन्द नगरपालिका–२ कुदाकाउलेको ताबुमा विस्फोटक पदार्थ फेला परेको हो । भोजपुर प्रहरीले दिएको जानकारी अनुसार एक थान कटुवा पेस्तोल र विष्फोटक पदार्थ बरामद गरेको छ ।इलाका प्रहरी कार्यालय दिङलाबाट बिहिवार गस्तीमा खटिएको टोलीले सो स्थानमा रहेको बाँदर रुङने टहरोमा शङ्का लागि चेकजाँच गर्दा एक थान कटुवा पेस्तोल, एक थान सकेट बम र दुई थान डेटोनेटर बरामद गरेको इलाका प्रहरी कार्यालय दिंलाका प्रमुख तथा प्रहरी निरीक्षक भास्कर खतिवडाले जानकारी दिए ।हतियार र विष्फोटक सामाग्री कसले र किन राखेको भन्ने विषयमा अनुसन्धान भईरहेको प्र

    • प्रकाशित मितिः असार ६, २०७७
    • ३९७ पटक पढिएको
    • छाल खबर
  • गाउँपालिका अध्यक्षको कार्यकक्षमा वडाध्यक्षद्वारा ताालवन्दी

    धरान ५ असार÷ आफूहरुले मागेको जति बजेट बिनियोजन नगरेको भन्दै ३ जना वडाध्यक्षले गाउपालिका अध्यक्षको कार्यालयमा तालावन्दी गरेकाछन् ।धनकुटाको साँगुरीगढी गाउँपालिका अध्यक्षको कार्यकक्षमा गाउँपालिकाका ३ जना वडाध्यक्षले तालाबन्दी गरेका हुन् ।वडा नम्बर ४, ५ र ६ का वडाध्यक्षहरु क्रमशः खड्ग बहादुर लिम्बू, पलकबहादुर बस्नेत र यमप्रकाश मगरले ताला लगाएका छन् ।गएका वर्षहरुमा गाउँपालिकाले वडामा ५० लाखका दरले रकम पठाए पनि यो वर्ष २० लाख रुपैयाँ मात्रै रकम पठाएपछि ताला लगाइएको बुझिएको छ।वडा–६ नं ६का वडाध्यक्ष यमप्रकाश मगरले छलफल नै नगरी गाउपालिका अध्यक्षले बजेटको सिलिङ तोकेर पठाएको र आफूहरुलाई वेवा

    • प्रकाशित मितिः असार ५, २०७७
    • ३,३९३ पटक पढिएको
    • छाल खबर
  • अंशवंडाको विवादमा भाइले दाजुको दाँत झारीदिए

    छाल खवर धरान १ असारः अंशवंडाको निहुँमा विवाद हुदा भाईले दाजुमाथि आक्रमण गरेकाछन् ।सुनसरीको धरान १५ मिलन पथमा शुक्रवार बिहान सात बजे अंशबन्डाको विषयमा झगडा हुँदा भाइको आक्रमणबाट दाजु घाइते भएका थिए ।झडप हुदा भाई कुल बहादुर विश्वकर्माले दाजु बमबहादुर विश्वकर्मालाई हिर्काउँदा तल्लो पट्टिका दुवै दाँत झरेको थियो ।भाई कुलबहादुरलाई पक्राउ गरीएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ज्ञानेन्द्र बहादुर बस्नेतले जानकारी दिएका छन् ।घाइते बमबहादुर विश्वकर्माको दाँतको उपचार भइरहेको र घटनाको बारेमा अनुसन्धान भईरहेको इलाका प्रहरी धरानले जनाएको छ ।

    • प्रकाशित मितिः असार ५, २०७७
    • ४७० पटक पढिएको
    • छाल खबर
  •  एसएसबीले रोकेको पार्क निर्माण तुम्लिङवासीले शुरु गरे

    छाल खवर इलाम,४ असारः केही समय अघि तारतीय सीमा सुरक्षा बल (एसएसबी)ले रोकेको पार्कको काम स्थानीयले शुरु गरेकाछन् ।इलामको माइजोगमाई गाउँपालिका–२ स्थित तुम्लिङमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले रोकेको पार्कको काम स्थानीयले अघि बढाएका हुन् गाउँपालिका अध्यक्ष जीतबहादुर राईको अगुवाईमा स्थानीय उपभोक्ता समितिले काम थालेको हो। वैशाख पहिलो साताबाट रोकिएको थियो । काम सुरू भएको जानकारी पाउने बित्तिकै मानेभञ्ज्याङमा रहेको एसएसबीका प्रतिनिधि निर्माणस्थलमा आएका थिए। तर गाउँपालिका अध्यक्ष, उपभोक्ता समिति र स्थानीयले प्रष्ट रुपमा सीमास्तम्भले नेपाल–भारत छुट्याइएकाले काम नरोक्ने अडान लिएका थिए &zwn

    • प्रकाशित मितिः असार ४, २०७७
    • ४६८ पटक पढिएको
    • छाल खबर
  • उदयपुरमा पहिरोको कारण सडक अवरुद्ध

    असार ३ उदयपुर÷ लगातारको वर्षासँगै पहिरो झर्न थालेपछि उदयपुर जिल्लाको मध्य–उत्तरी पहाडी क्षेत्रसम्म जोड्ने सडक अवरुद्ध भएका छन्। सदरमुकाम गाईघाट, मुर्कुची पुवारे, माझखर्क हुँदै उत्तरी पहाडी क्षेत्रको लिम्चुङबुङ गाउँपालिका जोड्ने सडकमा पहिरो खसेपछि सडक अवरुद्ध बन्न पुगेको हो। लिम्चुङबुङ गाउँपालिकाका अनुसार मुर्कुची, माझखर्क हुँदै लिम्चुङबुङको बासबाटे, सातदोबाटे, बराह, ताम्लीछा तथा जाँते र बलाम्ता गाउँहरु जोड्ने सडक पहिरोका कारण अवरुद्ध बन्न पुगेको छ । त्यसक्षेत्रका थुप्रै स्थानहरुमा पहिरो खस्नुका साथै रुखहरु ढलेर चार दिनदेखि यस क्षेत्रको सडक अवरुद्ध भइरहेको छ ।गाउँपालिकाका उपाध्यक्

    • प्रकाशित मितिः असार ३, २०७७
    • ७९ पटक पढिएको
    • छाल खबर
  • पहिरोले ताप्लेजुङमा स्कुल बगायो

    छाल खवर ३ असार, धरान । मंगलवार लगायत परेको वर्षाका कारण ताप्लेजुङमा एक विद्यालयको भवन पहिरोले बगाएको छ ।पहिरोले फक्ताङलुङ गाउँपालिका–४ ईखावुस्थित रानी आधारभूत विद्यालय भवन बगाएको हो । मंगलबार राति गएको पहिरोले विद्यालयको चार कोठे भवन बगाएको प्रहरीले जनाएको छ ।पहिरोले स्थानीयवासीका पशु चौपाया बगाउनुका साथै बालीनालीमा समेतमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख महेन्द्र श्रेष्ठले जानकारी दिएकाछन् । ।पहिरो गएको क्षेत्रमा तापेथोक प्रहरी चौकिबाट प्रहरीको टोली गएको तथा पहिरोले पारेको क्षतिको विस्तृत वितरण भने आउन बाँकी रहेको जनाइएको छ ।

    • प्रकाशित मितिः असार ३, २०७७
    • ८० पटक पढिएको
    • छाल खबर
  • श्री सुव्वा पूर्पपक्षका लागि जेल चलान

    छाल खवर धरान,२ असारः बालिका करणी गरेको आरोपमा पक्राउ परेका समाजवादी पार्टीका युवा नेता श्री सुब्बालाइ पुर्पक्षका लागि कारागार चलान भएकाछन् ।आफ्नै परिवार भित्रकै ८ वर्षीया बालिकालाई करणी गरेको आरोपमा केही दिन अघि पक्राउ परेका उनलाई पुरपक्षकालागी कारागार चलान गरीएको हो । धरान १५ का सुब्बालाई जिल्ला अदालत सुनसरीले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो । सुब्बालाई न्यायाधीश धर्मराज पौडेलको इजलासले पुर्पक्षका लागि थुनमा राख्ने आदेश दिएको हो । जिल्ला अदालतको २ नम्बर वेन्चमा भएको थुन छेक वहस पछि सुब्बालाई न्यायाधिस पौडेलले पुर्वक्षको लागी थुनामा राख्ने आदेश दिएको जिल्ला अदालतका श्रेस्तेदार नगेन

    • प्रकाशित मितिः असार २, २०७७
    • ३२० पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic