राष्ट्रिय

    Showing ६१-७० of ३३४ items.
  • प्रदेश १ को नाम पहिचानको आधारमा हुनुपर्छ– वरिष्ठ नेता अशोक राई

    छाल खवर धरान,१७ माघ ःजनता समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राईले प्रदेश १ को नाम पहिचानको आधारमा कायम गर्नुपर्ने वताउनु भएको छ । आइतवार धरानमा आयोजित साक्षात्कार कार्यक्रममा वोल्दै वरिष्ठ नेता राईले सो कुरा वताउनु भएको हो । उहाले पहिचानको आधारमा किरात–लिम्बुवान पछि शेर्पालुङ जोडेपनि आफूहरुलाई स्विकार्य हुने उल्लेख गर्नुभयो । उहाले प्रदेश १ को नाम किरात–लिम्बुवान वा लिम्बुवान–किरात राख्न सकिने र त्यसमा शेर्पालुङ थप्दा राम्रो धारणा व्यक्त गर्नुभएको थियो । सोही कार्यक्रममा वोल्दै वरिष्ठ नेता राईले गठबन्धनको विषयमा जे हल्ला चलेपनि संसदीय चुनावसम्म लिएर जाने कुरामा विवाद नभए

    • प्रकाशित मितिः माघ १७, २०७८
    • ५,५५२ पटक पढिएको
    • छाल खबर
  • एकीकृत समाजवादी र नेकपा जनवादीबीच पार्टी एकता

    छाल खवर काठमाडौं ,१३ पुष ः वामपन्थिहरुवीचमा एकताको वहस भईरहेको वेला नेकपा एकीकृत समाजवादी पार्टी र नेपाल कम्युनिष्ट पार्टी जनवादीबीच पार्टी एकता भएको छ । काठमाडौंको राष्ट्रिय सभागृहमा मंगलवार एक कार्यक्रमकाबीच पार्टी एकता घोषणा भएको एकीकृत समाजवादी पार्टीका उपमहासचिव डा विजयकुमार पौडेलले जानकारी दिएकाछन् । एकता घोषणा कार्यक्रमलाई एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र नेकपा जनवादीका महासचिव देवन्द्रसिंह महता (डिएस महता) लगायतका नेताहरुले सम्बोधन गरेकाछन् । पछिल्लो समय देशव्यापी संगठन विस्तारलाई तीव्र बनाएको एकीकृत समाजवादीले पार्टी एकता अभियानलाई समेत उच्च प्रा

    • प्रकाशित मितिः पुस १३, २०७८
    • ३,३२० पटक पढिएको
    • छाल खबर
  • पूर्वमन्त्री झा ले छाडे माओवादी केन्द्

    छाल खवर काठमाडौं धरान,८ मंसिर ः नेकपा माओवादी केन्द्र परित्याग गरेका पूर्वमन्त्री रामचन्द्र झा औपचारिक रूपमा नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन् । मंगलबार धनुषा जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ स्थित तिनकौरियामा आयोजित जनसभा तथा पार्टी प्रवेश कार्यक्रममा पूर्वमन्त्री झासहित २ हजार ५ सय जना नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेको जनाइएको छ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नवप्रवेशी झालाई फूलमाला, गम्छा लगाएर पार्टीमा स्वागत गरे । सो अवसरमा जनकपुरधाम उपमहानगरपालिकाका वरिष्ठ दन्त चिकित्सक डा। अजय कुमार झाको नेतृत्वमा नेपाली काँग्रेस परित्याग गरी ५ सयभन्दा बढ

    • प्रकाशित मितिः मंसिर ८, २०७८
    • १,०८७ पटक पढिएको
    • छाल खबर
  • डडेल्धुरामा एमाले अध्यक्षसहित सिंगो टिम एकीकृत समाजवादीमा प्रवेश

    छाल खवर धरान,२६ कार्तिक ःनेकपा एमाले जिल्ला कमिटी डडेल्धुराका अध्यक्ष डा। तारा जोशीसहितको टिम नेकपा (एकीकृत समाजवादी) पार्टीमा समाहित भएको छ । बुधबार एक कार्यक्रमका बीच नेकपा (एकीकृत समाजवादी) पार्टीका केन्द्रीय अध्यक्ष माधवकुमार नेपालले जोशी नेतृत्वको जिल्ला कमिटीलाई पार्टीमा स्वागत गरेको हो। साविकको नेकपा एमाले ५१ सदस्यीय जिल्ला कमिटीमध्ये अध्यक्ष, उपाध्यक्ष, सचिव, उपसचिवलगायत ३८ जना समाजवादी पार्टीमा समाहित भएको तत्कालीन एमाले जिल्ला कमिटी सचिव धनबहादुर साउदले बताए। एमाले अध्यक्ष केपी शर्मा ओलीले १० बुँदे सहमति भंग गर्दै पार्टी कब्जा र कम्युनिष्ट सिद्धान्तको बर्खिलाप गरेकाले आफू लगायतको

    • प्रकाशित मितिः कार्तिक २५, २०७८
    • १,४९४ पटक पढिएको
    • छाल खबर
  • तीन प्रदेश प्रमुखख नियुक्त प्रदेश एकमा पर्शुराम खापुङ

    छाल खवर धरान,२४ कार्तिक ःसरकारले तीन प्रदेश प्रमुख नियुक्त गरेको छ । प्रदेश नं १ मा पूर्वमन्त्री पर्शुराम खापुङ प्रदेश प्रमुखमा नियुक्त भएका छन् । राष्ट्रपति कार्यालयले प्रेस बिज्ञप्ति जारी गर्दै नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७८ कार्तिक २२ गतेको बैठकको निर्णय एवं सिफारिसमा नेपालको संविधानको धारा १६३ को उपधारा ९२० बमोजिम परशुराम खापुङलाई प्रदेश प्रमुखमा नियुक्त गरेको जनाएको छ । बिज्ञप्तिमा तिलक परियार कर्णाली प्रदेश प्रमुख र देवराज जोशीलाई सुदूरपश्चिम प्रदेश प्रमुखमा नियुक्ति गरेको जनाएको छ । प्रदेश १ को प्रमुखमा परशुराम खापुङलाई मंगलबार बसेका मन्त्री परिषद बैठकले सिफारिस गरेको कुरा प्

    • प्रकाशित मितिः कार्तिक २४, २०७८
    • ६०९ पटक पढिएको
    • छाल खबर
  • एमालेका काठमाडौं जिल्ला सदस्य डंगोल एकिकृत समाजवादीमा प्रवेश

    छाल खवर धरान,२० कार्तिक ःनेकपा एमालेका प्रभावशाली मानिएका काठमाडौ जिल्ला सदस्य मणिराज डङ्गोल नेकपा एकीकृत समाजवादी पार्टी प्रवेश गरेका छन। काठमाडौ क्षेत्र नम्बर ५ को राजनीतिलाई नै प्रभाव पार्ने सक्ने सास्कृतिक सम्पदा संरक्षण अगुवाइ गरीरहेका अभियान्ता समेत रहेका डंगोल एकिकृत समाजवादी प्रवेश गरेका हुन् । नेकपा एकीकृत समाजवादीका नेताहरु बागमती प्रदेश सदस्य बालकृष्ण श्रेष्ठ तथा काठमाडौ जिल्ला सचिवालय सदस्य आर.के सेढाइ सहितका नेताहरुको अगुवाइमा नेकपा एकीकृत समाजवादी पार्टी अध्यक्ष माधव कुमार नेपालद्वारा पार्टीमा स्वागत गरेका थिए । ड्ङ्गोल”भुगोल अनुसार नेतृत्व, एक घर एक पहिचान र रोजगारी &rd

    • प्रकाशित मितिः कार्तिक २०, २०७८
    • ७७४ पटक पढिएको
    • छाल खबर
  • नेकपा एकीकृत समाजवादीद्धारा ३ सदस्यीय वार्ता समिति गठन

    छाल खवर काठमाडौं ,१९ असोज ः नेकपा एकीकृत समाजवादीले फरक धार,फरक विचार समूहमा रहेका पार्टी, राजनीतिक समूह र व्यक्तिसँग वार्ता गर्न ३ सदस्यीय वार्ता टोली गठन गरेको छ । बुधबार बसेको पार्टीको केन्द्रीय सचिवालयको बैठकले महासचिव बेदुराम भुसालको नेतृत्वमा उपमहासचिव गंगालाल तुलाधर र विजयकुमार पौडेल सदस्य रहेको वार्ता टोली गठन गरेको हो । उपमहासचिव ग‌ंगालाल तुलाधरले वार्ता टोलीले वार्तासम्बन्धी प्रस्ताव पेश गरी पार्टी सचिवालय समितिमा पेश गर्ने निर्णय गरेको जानकारी दिएका छन् । एकीकृत समाजवादीले केन्द्रीय कमिटीको दोस्रो बैठक कात्तिक २७ र २८ गते काठमाडौंमा गर्ने भएको छ । बैठकले न्यायपालिकामा देखापर

    • प्रकाशित मितिः कार्तिक १९, २०७८
    • ५३१ पटक पढिएको
    • छाल खबर
  • नेकपा एसका सातै प्रदेश कमिटी गठन

    छाल खवर काठमाडौं ,१२ असोज ः नेकपा (एकीकृत समाजवादी) ले सातवटै प्रदेश कमिटीमा पदाधिकारी तोकेको छ । पार्टीको हालै बसेको बैठकले निर्णय कार्यान्वयन गराउन प्रचार विभाग प्रमुख तथा उपमहासचिव जगन्नाथ खतिवडाले अन्तर पार्टी निर्देशन (अपानी) जारी गरेका छन् । नेकपा एसको नयाँ सर्कुलरमा सातवटै प्रदेशका प्रदेश इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष, उपाध्यक्ष, सचिव र उपसचिव तोकिएको छ । कस्तो छ एसको प्रदेश कमिटी प्रदेश नं १ इञ्चार्जः घनेन्द्र बस्नेत सहइञ्चार्जः राजेन्द्रकुमार राई अध्यक्षः सुरशे कार्की उपाध्यक्षः बलदेव चौधरी उपाध्यक्षः राजन राई सचिवः महेश रेग्मी उपसचिवः सरिता थापा खड्का प्रदेश नं २ इञ्चार्

    • प्रकाशित मितिः कार्तिक ११, २०७८
    • १,७७१ पटक पढिएको
    • छाल खबर
  • बागमती प्रदेशको मुख्यमन्त्रीमा राजेन्द्र पाण्डे

    छाल खवर काठमाडौं, १० असोज ः मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएपछि बागमती प्रदेशको मुख्यमन्त्रीमा एकीकृत समाजवादीका राजेन्द्र पाण्डे मुख्यमन्त्री वन्ने भएकाछन् । उनले मुख्यमन्त्रीका लागि गठबन्धनका तर्फबाट ५९ जना सांसदको समर्थनसहित बुधबार साँझ प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष दाबी पेश गरेपछि उनी मुख्यमन्त्री वन्ने भएका हुन् । प्रदेश प्रमुख शर्माले बिहीबार दिउँसो ३ बजेसम्म दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री दाबी पेश गर्न प्रदेशसभा सदस्यलाई आह्वान गरेका थिए। समाजवादीका सांसद वसन्त मानन्धरले दिएको जानकारी अनुसार ११० सदस्यीय प्रदेशसभामा बहुमतका लागि ५६ जना सांसद चाहिनेम

    • प्रकाशित मितिः कार्तिक १०, २०७८
    • २,६४९ पटक पढिएको
    • छाल खबर
  • ७३ जिल्लामा नेकपा (एस.)को कमिटी गठन

    छाल खवर काठमाडौँ ,६ असोजः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले ७३ जिल्लामा कमिटी गठन गर्न सफल वनेको दावी गरेको छ । पार्टीका प्रचार विभाग प्रमुख तथा उपमहासचिव जगन्नाथ खतिवडाले चारवटा गैर भौगोलिक जिल्ला कमिटी समेत गठन गरिएको दावी समेत गरेकाछन् । पछिल्लो समय वर्षा, बाढी, पहिरोका कारण कमिटी गठन कार्य स्थगित गरि सामाजिक कार्यमा लागिएको जनाएकाछन् । उनका अनुसार सङ्घीय तथा प्रदेशस्तरका निर्वाचन क्षेत्रीय कमिटी, स्थानीय तहका विभिन्न पालिका, वडा तथा टोल कमिटी गठनको प्रक्रिया जारी छ भने विभिन्न जिल्ला र केन्द्रबीच समन्वय स्थापित गर्ने सम्पर्क मञ्चको गठनका क्रममा छन् । देशबाहिर विभिन्न प्रवास

    • प्रकाशित मितिः कार्तिक ६, २०७८
    • ७७० पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic