अर्थ

    Showing ४१-५० of १७५ items.
  • सहकारी दिवसमा तीन सम्मानित

    छाल खवर धरान,२० चैत ः सहकारी समन्वय समिति धरान नगर समितिले ६६ औं सहकारी दिवसका अवसरमा तीजनालाई सम्मान गरेको छ । सम्मानित हुनेमा उत्कृष्ट सहकारीतर्फ धरान १५ स्थित विजयपुर बचत तथा ऋण सहकारी संस्था लि. लाई उत्कष्ट सहकारी सम्मान गरीएको थियो भने सहकारी अभियान्तको रुपमा धरान १५ का वडाध्यक्ष नरेश कुमार इवारमलाई सम्मान गरीएको थियो । संचारक्षेत्रबाट योगदान गरेको भन्दै संचारकर्मी रस्मी प्रधानलाई सम्मान गरीएको थियो । कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरपालिका कार्यकारी अधिकृत मात्रृका भट्टराईले विषम परिस्थितिमा सहकारी शेयर सदस्य तथा वचतकर्ताहरुको मनोवल उच्च वनाउने गरी काम गर्नुपर्नेमा जोडदिएका थिए ।

    • प्रकाशित मितिः चैत २०, २०७९
    • ५,८२१ पटक पढिएको
    • छाल खबर
  • मदिरा संघको अध्यक्षमा लील कुमार

    छाल खवर धरान,१६ फागुन ःधरान मदिरा व्यवसायी संघको अध्यक्षमा लिल कुमार  माझी निर्वाचित भएका छन् । संघको ९ औ साधारण सभाबाट अध्यक्ष पदमा लील कुमार माझी निर्वाचित भएका हुन् । धरान–१६ स्थित गुरुङ बिबिक्युमा सोमबार आयोजित ९ औ साधारण सभाबाट माझी अध्यक्षमा सर्वसम्मत छानिएका हुन । यसैगरी संघको उपाध्यक्ष,सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमस प्रदिप कुमार श्रेष्ठ , जीवन शाही ,निमेश अग्रवाल ,गणेश पौडेल निर्वाचत भएका छन् । त्यस्तै सदस्यहरुमा हरिकृष्ण श्रेष्ठ ,लोक बहादुर श्रेष्ठ ,सन्तोष कार्की ,प्रबिण राई र लपुजन राई रहेका छन । निवर्तमान अध्यक्ष नविन कुमार तामाङको अध्यक्षता सम्पन्न साधारण सभाका

    • प्रकाशित मितिः फागुन १६, २०७९
    • ६,९७३ पटक पढिएको
    • छाल खबर
  • धरान एक्स्पोमा खेल तमासा खेलाउन रोक

    छाल खवरधरान,११ फागुन ः धरानमा विहिवारबाट शुरु भएको धरान एक्स्पो (मेला)मा खेल तमासा संचालनमा नगरपालिकाले रोक लगाएको छ । नगरपालिकाले खेल तमासा भित्र रोटेपिङ पर्ने र स्थानीय वासीलाई असर गर्ने भन्दै रोटेपिङ संचालनमा रोक लगाएको हो । आयोजकले मेलामा रोटेपिङ र अन्य खेलजन्य सामाग्रीको मनोरन्जन गर्न पाईने मेलाको आर्कषण रहेको भन्दै पत्रकार सम्मेलनमा वताएको थियो । आयोजक सुनसरी उद्योग वाणिज्य संघले रोटेपिङ संचालनको लागि ठेकेदारलाई ठेक्का दिएर रकम समेत लिएको थियो । ठेकेदारले मेला स्थल धरान–१६ स्थित धरान रंगशालाको तल्लो पट्टीको खेल मैदानमा तयारी समेत गरेको थियो । उद्घाटनको दिन नगरपालिकाले रोटे

    • प्रकाशित मितिः फागुन ११, २०७९
    • १६,३४७ पटक पढिएको
    • छाल खबर
  • धरान एक्स्पोमा स्थानीय उत्पादनको प्रवद्धन गरीने

    छाल खवर धरान,५ फागुन ः यस पटकको धरान एक्स्पो मा स्थानीय स्तरको उत्पादनलाई प्रवद्धन गरीने भएको छ । आयोजक सुनसरी उद्योग वाणिज्य संघले विहिवार पत्रकार सम्मेलन गरी एक्पो आयोजना गर्ने विषयमा जानकारी दिएको हो । फागुन ११ देखि २० गतेसम्म आयोजना हुने एक्स्पोको आयोजना धरान उपमहानगरपालिका र प्रदेश १ सरकारको सहयोगमा लागिएको आयोजक सुनसरी उद्योग वाणिज्य संघले विहीबार पत्रकार सम्मेलनको आयोजना गरी सो बारे जानकारी दिएका थिए । आयोजक संस्था सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठले स्थानीय उत्पादनको प्रवद्धन गर्न एक्स्पोको आयोजना गर्न लागिएको बताए । स्थानीय स्तरमा उत्पादिन साना उद्योगका सामाग्री, कृ

    • प्रकाशित मितिः फागुन ५, २०७९
    • १,६२६ पटक पढिएको
    • छाल खबर
  • खाली कागजमा सही गराएर पैसा खाने दलाली एनआइसि एसिया वैंक भएको पीडितहरुको आरोप

    छाल खवर धरान,२ फागुनः विभिन्न लघुबित्त वित्तिय संस्थाबाट ऋण लिएकाहरूले इटहरीमा आन्दोलन गरेकाछन् । सोमबार इटहरीको मुख्य चौकमा लघुबित्तबाट ऋण लिएर मानसिक समस्यामा परेको भन्दै पीडितहरूले आन्दोलन गरेका हुन् । आन्दोलनमा प्रदेश १ का सुनसरी, मोरङ, झापा, उदयपुर लगायतका जिल्लाबाट पीडितहरू भेला भएर इटहरीमा चार घण्टासम्म धर्ना समेत दिएका थिए । करीब दुई सयको संख्यामा भेला भएका पीडितहरूले प्ले कार्डसहित लघुबित्तबाट पीडित भएको भन्दै धर्ना दिएका हुन् । लघुवित्त संस्था खारेज गर’, ‘महिला मार्न पाइँदैन’, ‘लघुवित्त संस्था चाहिँदैन’, जस्ता प्ले कार्ड बोकेर प्रदर्शन गरिएको थियो ।

    • प्रकाशित मितिः फागुन २, २०७९
    • ५,०३८ पटक पढिएको
    • छाल खबर
  • इटहरी उद्योग वाणिज्य संघको अध्यक्षमा जीवन पराजुली विजयी

    छाल खवरधरान,१ फागुन ः इटहरी उद्योग वाणिज्य सङ्घको अध्यक्षमा जीवन पराजुली बहुमत सदस्य सहित विजयी भएकाछन् । कार्यसमितिमा बहुमत सदस्य सहित पराजुली प्यानल विजयी वनेको हो । निकटतम प्रतिद्वन्द्वी रन्जु सिग्देललाई पराजित गरी पराजुली विजयी वनेका हुन । आइतबार सम्पन्न मतगणनामा पराजुलीले १,१८६ मत प्राप्त गरेका थिए भने निकटतम प्रतिद्धन्द्धी रञ्जु सिग्देल ८४७ मतमा सीमित भइन । पराजुलीकै प्यानलबाट महिला सदस्यमा सबिना कोइराला (शोभा) र मिना ढकाल विजयी भए । उद्योग तर्फ सिग्देल प्यानलका अभिषेक बस्नेत,राजेन्द्र केशरी घिमिरे र दिलीप पराजुली र जीवन प्यानलका विष्णु नारायण डाँगी नयाँ कार्यसमितिमा चयन भए । २२ जना

    • प्रकाशित मितिः फागुन १, २०७९
    • २०० पटक पढिएको
    • छाल खबर
  • यस पटकको पाँच दिने पुष्प मेला घाटामा, सरोकारवालाले सहयोग नगरेको गुनासो

    छाल खवर धरान,१ फागुन ः यस पटकको पाँचौं प्रदेश १ स्तरीय पुष्प प्रर्दशनी मेला घाटा व्यहोदै सम्पन्न भएको छ । फ्लोरीकल्चर एसोसिएसन सुनसरीको आयोजनामा भएको पाच दिने पुष्प प्रदर्शनी व्यापार मेला घाटा व्यहोर्दै सम्पन्न भएको हो । आयोजकले ७० लाख कारोबार हुने अपेक्षा गरेको भएपनि पाँच दिने मेलामा मात्र १० लाख हाराहारीमा कारोबार भएको कार्यक्रमका संयोजक युमेनहाङ राईले समापनका अवसरमा जानकारी दिए । आयोजकका अनुसार मेलामा १० लाख खर्च भएको जानकारी दिइएको थियो । मेलाका लागि प्रदेश सरकारबाट २ लाख बजेट प्राप्त हुनेछ भने धरान उपमहानगरले ५० हजार बजेट दिने भएको छ । मेलाका लागि धरान नगरपालिकाका वडा कार्यालयहरुलाई

    • प्रकाशित मितिः फागुन १, २०७९
    • २,३६३ पटक पढिएको
    • छाल खबर
  • पाचौं पुष्प प्रदर्शनी व्यापार मेलाको तयारी पुरा

    छाल खवर धरान,२४ माघ ः धरानमा आयोजना हुन लागेको प्रदेश १ स्तरीय पााचौं पुष्प व्यापार प्रदर्शनी मेलाको तयारी पुरा भएको आयोजकले जनाएको छ । आयोजक फ्लोरिकल्चर एसोसिएसन सुनसरीका सचिव राजेश राईका अनुसार सवै तयारी पुरा भएको र उद्रघाटनका लागि प्रदेश नं १ कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौलाले उद्घाटन गर्नेछन् । महोत्सव पव्लिक हाईस्कुल धरान–१२ को खेल मैदानमा माघ २५ गते देखि २९ गतेसम्म आयोजना हुनेछ । मेलामा प्रदेशस्तरीय पुष्प व्यापार मेलामा ५ सय प्रजातिका फूल प्रदर्शनीमा राखिने तथा बिक्री गरिने भएको छ ।स्थानीय व्यवसायीका उत्पादनलाई प्राथमिकता दिने बताएको छ । । धरानलाई फूलबारीको शहरको रूपम

    • प्रकाशित मितिः माघ २४, २०७९
    • ६,९१० पटक पढिएको
    • छाल खबर
  • प्रदेशस्तरीय पाचौं पुष्प प्रदर्शनी व्यापार मेला माघ २५ गतेबाट

    छाल खवर धरानः फूलवारीको शहर उपनामले परिचित धरानमा माघको अन्तिम साता प्रदेशस्तरीय पाचौं पुष्प व्यापार प्रदर्शनी मेला आयोजना हुने भएको छ । आयोजकले सोमवार धरानमा पत्रकार सम्मेलन गरी सो मेला सञ्चालन हुने वारेमा जानकारी दिएको हो । आयोजकले दिएको जानकारी अनुसार माघ २५ गते देखि २९ गतेसम्म आयोजना हुने सो मेला पव्लिक स्कुलको खेल मैदानमा हुनेछ । पाच दिनसम्म सञ्चालन हुने सो मेलाको प्रदेशस्तरीय पुष्प व्यापार मेलामा ५ सय प्रजातिका फूल प्रदर्शनीमा राखिने तथा बिक्री गरिने भएको छ । फ्लोरिकल्चर एसोसिएसन सुनसरीले पत्रकार सम्मेलन गरी स्थानीय व्यवसायीका उत्पादनलाई प्राथमिकता दिने बताएको छ । । धरानलाई फूलबारीक

    • प्रकाशित मितिः माघ १६, २०७९
    • २,४६२ पटक पढिएको
    • छाल खबर
  • आफ्नै निर्णयमा पछि हट्यो सरकार क्रसर खोल्न दिने सरकारको निर्णय

    छाल खवर काठमाडौं,१२ माघः सरकारले गरेको निर्णय एक महिना पछि वित्न नपाउदै उल्टीएको छ । सरकारले क्रसर उद्योगहरु खुल्न नदिने भनि गरेको निर्णय एक महिना पुग्न नपाउदै उल्टीएको हो । गृह मन्त्रालयले २० पुसमा सबै जिल्ला प्रशासन कार्यालयहरुलाई पत्राचार गर्दै दर्ता विना र मापदण्ड विपरीत चलेका क्रसरहरु बन्द गर्न निर्देशन दिएको थियो तर एक महिना पनि नपुग्दै सरकार पछि हटेको छ । मापदण्ड पुरा गर्नका लागि आगामी असार मसान्तसम्मको समय सीमा दिने गरी दर्ता भएका उद्योगहरु चल्न दिने निर्णय भएको हो । गृहमन्त्री रबि लामिछानेको प्रेस संयोजक नवराज पाण्डेका अनुसार असारसम्म पनि मापदण्ड पुरा नभएका उद्योग पुनः बन्द गरिनेछ

    • प्रकाशित मितिः माघ १२, २०७९
    • २,६३० पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic