समाचार

    Showing १,३८१-१,३९० of १,६५५ items.
  • हिउँदे अधिवेशन तयारीमा सभामुख भण्डारी व्यस्त

    छाल खवर धरान,२७ पुष ःसत्तारुढ दलको आन्तरीक विवादको समयमा आगामी माघ ७ गते दिनको २ बजेबाट प्रारम्भ हुन लागेको प्रदेशसभाको हिउँदे अधिवेशन सहज सञ्चालन गर्न सभामुख प्रदीपकुमार भण्डारीले कानुनी परामर्श थाल्नु भएको समाचार स्रोतले बताएको छ । स्रोतका अनुसार सभामुख भण्डारीले आईतवार प्रदेशसभाको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका संसदिय दलका नेता राजिव कोईराला, प्रमुख सचेतक केदार कार्कीसँग परामर्श गर्नु भएको थियो । आईतवार नै सभामुख भण्डारीले मुख्यमन्त्री शेरधन राई र सामाजिक विकास मन्त्रालयको कार्यभार सम्हालेका आन्तरिक मामिला मन्त्री हिकमतकुमार कार्कीसँग आफ्नै कार्यकक्षमा भेट गरी आवश्यक परामर्श गर्नु

    • प्रकाशित मितिः पुस २७, २०७७
    • २,४१५ पटक पढिएको
    • छाल खबर
  • होटल रेष्टुरेन्टलाई स्तरोन्नतिका लागि दुइ दिने तालिम

    छाल खवर धरान,२१ पुष ः खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय इनरुवाको आयोजना तथा सुनसरी उद्योग वाणिज्य संघको सह आयोजनामा होम स्टे तथा होटल रेष्टुरेन्ट क्यान्टीन सञ्चालकहरुलाई खाद्य स्वच्छता सम्वन्धि दुइदिने तालिम सम्पन्न भएको छ । धरानमा आयोजना गरीएको सो कार्यक्रममा धरानका ३७ जना होटल सञ्चालकहरु सहभागी रहेको सुनसरी उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य रामस्वरुप शर्माले वताए । तालिममा कार्यालय प्रमुख काशीनाथ घिमिरेले होटल रेष्टुरेन्टको समास्या समाधान र स्तरउन्नतीका लागि खाद्य स्वच्छताको महत्वको विषयमा जानकारी दिएका थिए ।स्वच्छ र सफा भएको खण्डमा ग्राहकको आर्कषण हुने भएकोले व्यवसाय

    • प्रकाशित मितिः पुस २१, २०७७
    • ४,०१३ पटक पढिएको
    • छाल खबर
  • चिरञ्जीवी बचतको कारोवार १ अर्व भन्दा माथि

    छाल खवरधरान,१३ पुष ः चिरञ्जीवी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले एक आर्थिक वर्षमा १ अर्व भन्दा माथिको वार्षिक कारोवार गरेको छ । संस्थाले प्रस्तुत गरेको ९ औँ वार्षिक साधारणसभामा सो कारोवारको विवरण प्रस्तुत गरीएको हो । कार्यक्रममा संस्थाका अध्यक्ष खेम बहादुर माझिद्धारा प्रस्तुत प्रतिवेदनमा आ.व.२०७६ र ७७ मा संस्थाले १ अर्ब ६ करोड ५८ लाख ९५ हजार १ सय ८५ रुपैयाँ ६९ पैसाको कारोबार गरेको बताएका थिए । धरान–१३ स्थित आफ्नै सभाहलमा सभाहलमा आयोजना गरीएको सो कार्यक्रममा उत्कृष्ट आवधिक बचतकर्ता १२ जना, उत्कृष्ट बचतकर्ता १५ जना, उत्कृष्ट ऋणी ४ जना , उत्कृष्ट बाल बचतकर्ता ६ जना , उत्कृष्ट मुद्धति बच

    • प्रकाशित मितिः पुस १३, २०७७
    • ८,०४६ पटक पढिएको
    • छाल खबर
  • मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

    छाल खवर धरान,१२ पुष ः वाग्मति प्रदेशमा अविस्वासको प्रस्ताव पेस गरेर शुरु गरेको अविस्वास प्रस्ताव प्रदेश १ मा पनि दर्ता भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली पक्षधर मानिएका प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विरुद्ध आइतबार अविश्वासको प्रस्ताव पेस हुने भएको हो । नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता माधवकुमार नेपाल समूहले राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेको हो । मुख्यमन्त्री राईले शनिवार आफू विरुद्ध लागेको भन्दै अर्थमन्त्री इन्द्र आङ्वोलाई पदबाट हटाएका थिए ।तिनै आङवोको अगुवाईमा अविश्वासको प्रस्ताव दर्ता भएको हो । दाहाल र नेपाल समूहलाई प्रदेश १ मा सरकार बनाउन बहुमत पु

    • प्रकाशित मितिः पुस १२, २०७७
    • ३,७१४ पटक पढिएको
    • छाल खबर
  • उद्योग वाणिज्य संघका अध्यक्ष सापकोटालाई पितृशोक

    छाल खवर धरान,११ पुष ः सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष गिरीधारी सापकोटालाई पितृशोक परेको छ । सापकोटाका पिता देउ नारायण सापकोटाको शुक्रवार राति १० वजे ९४ वर्षको उमेरमा निधन भएको हो । सापकोटा मोरड.को सुदर हरैचा नगरपालिका वडा नं ६ तीनपैनीमा वसोवास गदै आउनु भएको थियो । उहाका ६ छोरा , २ छोरी हुनुहुन्छ ।

    • प्रकाशित मितिः पुस ११, २०७७
    • २,९८८ पटक पढिएको
    • छाल खबर
  • परम्परागत शैलीका गरगहना विेदेश निर्यातको संभावना छ सभामुख भण्डारी

    छाल खवर धरान,६ पुष ः प्रदेश नं १ का सभामुख प्रदीपकुमार भण्डारीले पुराना ऐतिहासिक महत्व बोकेका तथा नेपाली परम्परागत शैलीका गरगहना निर्माण गरेर विदेशमा निर्यात गर्न सक्ने ठूलो सम्भावना रहेको बताउनु भएको छ । सोमवार धरानमा आयोजित सुनसरी सुनचाँदी व्यवसायी संघको एक्काईसौं बार्षिकोत्सव एवंम् छैठौं साधारण सभालाई सम्बोधन गर्नु हुँदै सभामुख भण्डारीले व्यवसायीहरुका समस्याहरुको समाधान गर्दै यसलाई मर्यादित तथा व्यवस्थित गर्न आवश्यक कानुन निर्माण गर्ने तर्फ राज्यले उपेक्षा गर्न नहुने कुरामा जोड दिनुभएको हो । सीपको उपयोग तथा प्रशिक्षणकोख व्यवस्था गरेर नयाँ दक्ष जनशक्ति उत्पादन गर्दै व्यवसायको प्रवद्र्धन

    • प्रकाशित मितिः पुस ६, २०७७
    • २,४२९ पटक पढिएको
    • छाल खबर
  • सागुरीगढीमा कांग्रेस प्रवेश गर्नेहरुको लहर

    छाल खवर धरान,६ पुष ः धनकुटाको सागुरीगढीमा यतिवेला नेपाली कांग्रेस चुनाव नै आउन लागेको जति कै माहोला श्रृजना भएको छ । पार्टी प्रवेशमा निरन्तरता दिदै आएको नेपाली कांग्रेस साँगुरीगढीले शनिवार महाभारतमा सयौ यूवाहरु नेपाली कांग्रेसमा प्रवेश गराएको छ । धनकुटाको महाभारतमा आयोजित पार्टी प्रवेश कार्यक्रममा पूर्व गाविस उपाध्यक्ष सहित करिव १ सयको संख्यामा युवाहरु नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । नव प्रवेशीहरुलाई सह–महमन्त्री सुनिल वहादुर थापा,,केन्द्रिय आमन्त्रीत सदस्य मनोहर नारायण श्रेष्ठ,जिल्ला सभापति अग्नी प्रसाद पौडेल,महासमिति सदस्य आनन्द सनतोषी राई लगायतका नेताहरुले टिका अविर माला लग

    • प्रकाशित मितिः पुस ६, २०७७
    • २,७०४ पटक पढिएको
    • छाल खबर
  • दुइतिहाईको सरकार गरीवमारा भएको खेलकुद विभाग अध्यक्ष–वस्नेतको आरोप

     छाल खवर धरान,४ पुष ःनेपाली काँग्रेस केन्द्रीय खेलकुद विभागका अध्यक्ष मोहनबहादुर बस्नेतले दुई तिहाइको सरकार गरिबमारा रहेको आरोप लगाएकाछन् । खेलकुद क्षेत्र तथा सामाजिक क्षेत्रमा योगदान पु¥याउने व्यक्तित्वहरु तथा संघ ंसंस्थाहरुलाई नेपाली काँग्रेस केन्द्रीय खेलकुद विभागले धरानमा आयोजना गरेको सम्मान कार्यक्रममा बस्नेतले सो कुरा बताएका हुन् । उनले वर्तमान सरकारले जनहितमा कार्य गर्न नसकेको वताउदै कमिसन र भष्ट्राचारमा लिप्त रहेको आरोप लगाए । ।कार्यक्रममा प्रदेश नम्वर १ का पूर्व प्रदेश प्रमुख गोविन्द सुब्बाले वर्तमान सरकार जनताको पक्षमा काम गर्नुभन्दा भ्रष्टाचार गर्न तल्लिन रहेको वताए ।

    • प्रकाशित मितिः पुस ४, २०७७
    • ९,८९० पटक पढिएको
    • छाल खबर
  • क्रसर उद्योगमा बम विस्फोट गराएको आशङ्कामा तीन जना पक्राउ

    सांकेतिक तस्बिरसांकेतिक तस्बिरछाल खवर धरान,१ पुष ः जिल्लाको त्रियुगा नगरपालिका–१४ स्थित धाप्लाङटारमा सञ्चालनमा रहेको कञ्चनजङ्घा गोल्डेन गुड क्रसर उद्योगमा बम विस्फोट गराएको आशङ्कामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार पक्राउ पर्नेमा जिल्लाको चौदण्डीगढी नगरपालिका–८ का २३ वर्षीय एम्बी पुलामी मगर, ३२ वर्षीय यम्बरबहादुर मगर र १८ वर्षीय दीपक क्षेत्री छन् । सोमबार राति धाप्लाङटारस्थित क्रसर उद्योगमा सुतली र सकेट बमसहित दुई बम विस्फोट गराएको आशङ्कामा तीन जनालाई पक्राउ गरेर अनुसन्धान सुरू गरिएको उदयपुरका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी वेदप्

    • प्रकाशित मितिः पुस १, २०७७
    • २,५३४ पटक पढिएको
    • छाल खबर
  • गाउँपालिका अध्यक्ष र उपाध्यक्षबीच विवाह

    छाल खवर धरान,२७ मंसिर ः गाउपालिका अध्यक्ष र उपाध्यक्षवीच विवाह सम्पन्न भएको छ । कास्कीको माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष कर्णबहादुर गुरुङ र मुस्ताङको घरपझोङका उपाध्यक्ष शर्मिला गुरुङका बीच शुक्रबार विवाह भएको छ । सीमित निम्तालुहरुको उपस्थितिमा दुवै जनाबीच पोखरामा बौद्ध परम्परानुसार विवाह कार्यक्रम आयोजना गरिएको थियो । नवविवाहित जोडीलाई गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्मा, आार्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ, आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानलगायतले बधाई तथा वैवाहिक जीवनको सफलताको शुभकामना व्यक्त गरेका थिए।

    • प्रकाशित मितिः मंसिर २७, २०७७
    • ९४७ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic