छाल खवर धरान,११ माघ ः कोरोना संक्रमणबाट प्रदेश नं १ मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय समेत प्रभावित वनेको छ । कार्यालयका अनुसार नौ जना कर्मचारी तथा सचिवालय सदस्यलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । मुख्यमन्त्रीका प्रेस सल्लाहकार बन्धु पोखरेलका अनुसार नौ जना कर्मचारी तथा सचिवालयका सदस्यहरूलाई कोरोना पोजेटिभ देखिएपछि ‘कन्ट्याक्ट ट्रेसिङ’ का आधारमा सोमबार गरिएको परीक्षणमा मुख्यमन्त्री राजेन्द्रकुमार राई र मुख्यमन्त्री राईको श्रीमती शोभा पाठकको रिपोर्ट नेगेटिभ आएको छ । विराटनगरको कोशी प्रोजेक्टस्थित मुख्यमन्त्री निवासमा गरिएको ३२ वटा स्वाब सङ्कलनमा ७ जनाको नतिजा भने कोरोना पोज
छाल खवर धरान,८ माघ ः भोजपुरमा जन्मी, हुर्की सुनसरी कर्मथलो वनाएर रहेका भोजपुरेहरुको साझा संस्था निर्माण गर्ने उद्देश्यले शनिवार धरानमा छलफल सम्पन्न भएको छ । छलफलले लिलाबहादुर प्रधानको संयोजकत्वमा सुनसरी भोजपुर सम्पर्क मञ्च धरान, सुनसरी दर्ता गराउने निर्णय गरेको छ । मञ्चको सचिवमा जमुना श्रेष्ठलाई चयन गरेको छ । मञ्चका सदस्यहरुमा रमेश गजमेर, जयकला राई, जोनराज राई, मनकुमारी गुरुङ, दिनेश किराती, मुकुन्द कोइराला, सुमन गहतराज छन् । त्यसैगरी कुमार विश्वकर्मा, देवराज राई, रमेश प्रधान, सुरेश रम्तेल, पदम प्रधान, शारदा श्रेष्ठ, टिका राई,, अनुस दाहाल, देव चौहान, फूलमाया विश्वकर्मा, प्रकाश शाक्य, अजय गद
छाल खवर धरान,८ माघ ः धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हुने गरेका गलत प्रवृत्तिका विरुद्ध धरानवासीहरु एकढिक्का बनेकाछन् । प्रष्ठिानमा भएका असल डाक्टरहरुलाई अन्यत्र जान वाध्य पार्ने र प्रष्ठिान डुवाउन लाग्ने सवैखाले प्रवृत्ति विरुद्ध धरानवासीहरु एकढिक्का बनेका हुन् । प्रतिष्ठान केही व्यक्तिहरुका निहित स्वार्थकोका कारण अनियमितताको जालोमा फसेले प्रतिष्ठानले प्रदान गर्ने सबै सेवाका गुणस्तरहरु खस्कदै गएको छ । दुरागामी उदेश्य र लक्ष्यबाट विचलीत भएको प्रतिष्ठानमा उपकुलपति बन्ने योग्यता राख्ने र विज्ञ डाक्टरहरुलाई पाखा लगाउने षडयन्त्रकारीहरु सकृय भएको बारेमा धरानको नागरिक समाज,
छाल खवर धरान,६ माघ ः प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति सुनसरीले आज (विहिवार)बाट पाच दिने आधारभूत पत्रकारीता तालिम शुरु गरेको छ । पाचदिनसम्म चल्ने पत्रकारीता तालिममा धरान नगरपालिका क्षेत्रभरीका २० जना युवा युवतिहरुले सहभागीता जनाएको सेन्टरका सुनसरी अध्यक्ष तीर्थ कार्कीैले जानकारी दिएकाछन् । उनका अनुसार अहिलेको बदलिदो परिस्थिती अनुसार युवाहरुलाई पत्रकारिता क्षेत्रमा आकर्षण बढाउने उदेश्यले तालिमको आयोजना गरिएको हो । नेपाल पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष जनक ऋषि राईले ब्यानर पढेर कार्यक्रमको उद्घाटन गरे। तालिमको सहजिकरण कोशिपत्र दैनिकका सम्पादकरमहेन्द्र बहुमुखी क्याम्पसका उप(प्राध्यापक रा
छाल खवर विराटनगर, ४ माघः प्रदेश नं.१ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेश नं.१ को नामकरण प्रदेश सभाको आउँदो हिउँदे अधिवेशनबाट टुंगो लगाउने स्पष्ट पार्नुभएको छ । मंगलवार सञ्चारकर्मीसँग कुराकानी गर्दै मुख्यमन्त्री राईले प्रदेशको नाम संसदले टुंगो लगाउने विषय भएको जनाउनुभएको हो । आफूहरू सरकारमा आएपछि संसदको एउटा पनि बैठक नबसेको सन्दर्भ उल्लेख गर्दै उहाँले अब छिट्टै हिउँदे अधिवेशन आरम्भ गरेर प्रदेशको नामाकरण गर्ने बताउनुभयो । मुख्यमन्त्री राईले माघ २० गतेभित्र हिउँदे अधिवेशन सुरु गरेर प्रदेश नं. १ को नाम टुंगो लगाउनेतर्फ अघि बढिने जनाउनुभएको छ । संसदले सांसदले टुंगो लगाउने विषय भए पनि प्
छाल खवरधरान,४ माघः महेन्द्र बहुमुखी क्याम्पस धरानको जग्गा हडप्न लागेपछि जग्गा बचाउ समिति गठन भएको छ । धरानका नागरिक अगुवाहरुले मोहीको छोरालाई अघि सारेर भुमाफियाले जग्गा हडप्न लागेपछि दवाव स्वरुप सडक आन्दोलनको समेत घोषणा गरेकाछन् । सोही क्याम्पसका पुर्वप्रमुख तथा पुर्वमेयरसमेत रहेका कुमारबहादुर कार्कीको संयोजकत्वमा जग्गा बचाउ समिति गठन गरिएको हो । जग्गा फिर्ता नभएसम्म आन्दोलन जारी राख्ने कार्कीको भनाई रहेको छ । समिति जनप्रतिनिधिहरु सल्लाहकार छन् भने राजनीतिक दलका प्रतिनिधि, सामाजिक संघसंस्थाका प्रतिनिधि, बुद्धिजिविहरु सदस्य छन् । संयोजक कार्कीले माघ ५ गते सांकेतिकरुपमा धरानमा मौन जुलुस गर्
काठमाडौँ, ३ माघ ः धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीहरुलाई स्वास्थ्य मन्त्रालयले निलम्वन गरेको छ । मन्त्रालयले प्रतिष्ठानको दैनिक कामकाज गर्न स्वास्थ्य मन्त्रालयबाट प्रमुख विशेषज्ञ डा श्याम सुन्दर यादवको नेतृत्वमा पाँच सदस्यीय टोली पठाउने निर्णय गरेको छ । मन्त्रालयले सिफारीस गरेको टोली मंगलवार नै प्रतिष्ठान आइपुग्ने र कार्यभार सम्हाल्ने स्रोतले जनाएको छ । मन्त्रालयले बर्तमान उपकुलपति र अन्य पदाधिकारीहरु छानवीनको दायरामा परेपछि शैक्षिक तथा प्रशासनिक क्रियाकलाप अघि बढाउन अफ्टेरो परेको भन्दै डा यादवको नेतृत्वमा टोली पठाउने निर्णय गरेको हो । मन्त्रालयले निर्णय गरे
छाल खवर विराटनगर, २ माघः प्रदेश नं.१ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले द्वन्द्वकालमा बेपत्ता पारिएकाहरूकाको परिवारलाई उचित सम्बोधन गर्न प्रदेश सरकार तयार रहेको स्पष्ट पार्नुभएको छ । आइतवार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग’का पदाधिकारीहरूसँगको छलफलमा उहाँले प्रदेश सरकारसँग बजेटको चुनौती भए पनि बेपत्ता पारिएकाहरूका परिवारलाई अन्य ढंगले सहयोग गर्ने प्रष्ट पार्नुुभएको हो । ‘प्रदेश सरकारसँग बजेटको आयतन नै सानो हुने रहेछ’ मुख्यमन्त्री राईले भन्नुभयो, ‘धेरै नभए पनि सांकेतिक रुपमा केही आर्थिक दायित्व लिन्छौं ।&rsqu
छाल खवर धरान,१ माघ ः नेकपा एमाले सुनसरीको जिल्ला सदस्यहरुको मतगणना इनरुवामा जारी रहेको छ । जारी मतगणनामा भुगोलतर्फ ८ सय मत गणना सम्पन्न भएको निर्वाचन समितिले जनाएको छ । निर्वाचन समितिका अनुसार निर्वाचनमा धरानको भुगोलतर्फ ७ जनाको कोटामा १५ जना उम्मेदवार छन् । उमेद्वारहरु मध्ये ऋषिराज राईले सवैभन्दा वढी ५१०, नारायण सुवेदी ४५६, मीनकुमार सुब्बा ४४०, हेमराज सुवेदी ४२०, राजमणी निरौला ३९१, जयन्त गौतम ३७० र रेवतीरमण राई ३६० मतका साथ शीर्ष ७ स्थानमा छन् । यस्तै अन्य सदस्यहरुमका नरेश इवारम ३४१, नेत्र काफ्ले ३३९, प्रेमकुमार राई २८७, सन्तोष कोइराला २८२, सुवास पौडेल २७२, गोविन्द महत २२९, चन्द्र सुवे
छाल खवर धरान,२९पुष ः नेकपा एमाले सुनसरीको ७ औं जिल्ला अधिवेशनबाट रेवतीरमण भण्डारी अध्यक्ष पदमा भारी मतलेविजयी भएका छन् । भण्डारीले प्रतिद्धन्दी खेमराज पोख्रेललाई १४५ मतान्तरले पराजित गरेका थिए । विजयी भण्डारीले ९२० मत पाए भने पोख्रेलले ७७५ मत पाए । अर्का उम्मेदवार द्धारिकलाल चौधरीले ८० मतमा चित्त वुझाउनु परेका थियो । कुल १८०५ मत खसेको थियो । यस्तै, उपाध्यक्षमा पनि भण्डारी प्यानलका निलम खनाल विजयी भएका छन् । उनी बराह नगरपालिकाका नगरप्रमुख समेत हुन उनले १०११ मत पाउदा प्रतिस्पर्धी नन्दकुमार बस्नेतले ७०० मतमा चित्त वुझाएका थिए । दुई उपसचिवमा राम कोइराला ८२१ र योग्यराज खड्का ५६३ मत ल्याएर विजय
Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved
Website By : Hash Tech Logic