राष्ट्रिय

    Showing १९१-२०० of ३३१ items.
  • ४ अर्ब ४५ करोडको आइपिओ निस्कासनको लागि पाइपलाइनमा । हेर्नुहोस कुन कम्पनिको कति

    छाल खवर धरान,१४ कार्तिक ः नेपालमा कुनै पनि पव्लिक कम्पनीले जारी गर्ने साधारण शेयर (आइपिओ) जहिले पनि लगानीकर्ताको रोजाइमा पर्ने गर्दछ । आइपिओबाट अधिकांश लगानीकर्ताले राम्रो फाइदा लिएका छन् । त्यसैले होला, नयाँ तथा पुराना लगानीकर्ता आइपिओको बारेमा जानकारी लिन उत्साहित पनि हुन्छन् । आज हामीले बजारमा नेपाल धितोपत्र बोर्डमा आइपिओ निश्काशनको लागि आवेदन दिइसकेको र बोर्डको स्वीकृतिको लागि कुरीरहेका कम्पनीको बारेमा जानकारी दिने प्रयास गरेका छौं । प्रतिकित्ता १०० रुपैयाँ हालेको शेयर दोस्रो बजारमा कारोबार हुँदा सामान्यत २ सय भन्दा माथि हुने हुँदा लगानीकर्ताको चासो र चर्चाको विषय बन्ने गरेको छ । हालभन

    • प्रकाशित मितिः कार्तिक १५, २०७७
    • २,३३७ पटक पढिएको
    • छाल खबर
  • माधव नेपाललाई महाधिवेशनपछिको अध्यक्षमा ओलीको प्रस्ताव

    छाल खवर धरान,१३ कार्तिक ः सत्ता टिकाउन प्रधानमन्त्री केपी ओलीले अनेक प्रलोभनको पत्ता फ्याक्ने गरेकाछन् ।समूह वलियो वनाउदै सता जोगाउनका लागि उनले अनेक फण्डा निकाल्दै आएकाछन् । उनले अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)सँग आन्तरीक रुपमा मनमुटाव बढेसँगै केपी शर्मा ओलीले वरिष्ठ नेता माधव नेपालसंगको सहकार्यलाई अगाडि बढाएका छन् । उनले वरिष्ठ नेता माधव नेपाललाई महाधिवेशनपछिको अध्यक्ष बनाउने लालिपप दिएर सत्ता टिकाउने प्रयास गरेकाछन् । यो कार्ड फालेपछि प्रचण्डसंगको उनको सम्वन्धमा दरार ल्याउने दाउमा छन् । नेपाली उखान फुटाउ र शासन गर भन्ने नेपाली उखानलाई यथार्थमा परिणत गर्दै लान थालेकाछन् ।

    • प्रकाशित मितिः कार्तिक १३, २०७७
    • १,४३० पटक पढिएको
    • छाल खबर
  • दाहाल नेपाल एक हुँदा नेकपा झण्डै बराबर दुई चिरा हुने अवस्थामा

    छाल खवर धरान,१० कार्तिक ःगत मंगलबार बालुवाटारमा प्रधानमन्त्री केपी ओलीले नेता माधव नेपालसंग सहकार्यको प्रस्तावलाई नेपालले अस्वीकार गरेपछि नेकपामा पूर्व एमाले र पूर्व माओवादी भन्ने समिकरणको करिब करिब अन्त्य भएको छ । लामो समयमा सम्म ओलीको पेलाईमा परेका नेपालले ओलीलाई कुनै पनि हालतमा साथ नदिने देखिएको छ ।नेपाल र दाहाल एक ठाँउमा हुँदा नेकपाको विभाजन झण्डै झण्डै दुई चिरामा हुने देखिन्छ । पछिल्लो अवस्था हेर्दा अध्यक्ष एंव प्रधानमन्त्री केपी ओली पार्टीका कुनै पनि निकायमा बहुमतमा देखिदैनन् । केन्द्रीय कमिटि, स्थायी समिति र सचिवालयमा बहुमतमा देखिदैनन् । दाहाल र नेपाल एक ठाँउ भएमा संसदीय दलमा समेत ओल

    • प्रकाशित मितिः कार्तिक १०, २०७७
    • १,३३० पटक पढिएको
    • छाल खबर
  • बाबुरामलाई जसपाको संघीय परिषद् अध्यक्ष बनाउने निर्णय

    छाल खवर धरान,४ कार्तिक ः जनता समाजवादी पार्टी नेपालले बाबुराम भट्टराईलाई संघीय परिषद् अध्यक्ष बनाएको छ । सोमबारदेखि बसेको जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठकले भट्टराईलाई संघीय परिषद्को अध्यक्ष बनाउने निर्णय गरेको हो । बैठकपछि बुधबार पत्रकारसँग कुरा गर्दै जसपाका नेता गंगानारायण श्रेष्ठले भट्टराईलाई संघीय परिषद् अध्यक्ष बनाउने निर्णय भएको बताए । यस्तै बैठकले संघीय परिषद्सँगै ८ सय १ सदस्यीय केन्द्रीय समिति समेत गठन गरेको छ । त्यस्तै समग्र पार्टीको समायोजनको निम्ति समायोजन कार्यदल समेत बनाएको श्रेष्ठले बताए । त्यसबाहेक विधानलाई परिमार्जन गर्ने र विधानमा आधारीत नियमावली समेत पारित गर्ने क

    • प्रकाशित मितिः कार्तिक ४, २०७७
    • २,४२५ पटक पढिएको
    • छाल खबर
  • प्रहरी हत्याकाण्ड स् घटनामा संलग्न सात जना सार्वजनिक

    छाल खवर धरान,४ कार्तिक ःकैलालीको धनगढी उपमहानगरपालिका( २ को जुगेडास्थित अस्थायी प्रहरी पोष्टमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) र प्रहरी जवानको हत्यामा संलग्न सात जनालाई सार्वजनिक गरिएको छ । प्रहरीले मंगलबार पत्रकार सम्मेलन गर्दै असई गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउँदको हत्यामा संलग्न सात जनलाई सार्वजनिक गरेको हो । हत्यामा संलग्न हुनेमा धनगढी उपमहानगरपालिका( १० का ३१ वर्षीय पंकु भनिने रोहित राना, २० वर्षीय राजेन्द्र राना, ३० वर्षीय चोर भनिने सुरेश राना, २५ वर्षीय गब्बर भनिने राजकुमार राना, वर्ष २२ का रामनिवास राना, २९ वर्षीय टल्लु भनिने दलराम राना र वडा नम्बर ११ बस्ने २५ वर्षीय गो

    • प्रकाशित मितिः कार्तिक ४, २०७७
    • १,३४५ पटक पढिएको
    • छाल खबर
  • एनआईसी बैंकका विरुद्ध राष्ट्र बैंकमा उजुरीका चाङ

    धरान,३ कार्तिक ः एउटै शहरमा धेरै शाखा खोलेर आफूलाई अरुभन्दा निकै अव्वल देखाउने एनआइसि एसिया वैंकको वास्तविक धन्धा भने अर्कै भएको वास्तविकता वाहिरीएको छ । नेपाल राष्ट्र बैंकबाट इजातज प्राप्त गरेको क बर्गको वाणिज्य स्तरको बैंक हो एनआइसि एशिया । पछिल्लो समय आक्रामक बन्दै गरेको एउटा बैंकको भित्रि कथा अपत्यारीलो र विश्वासै गर्न नसकिने देखिएको छ । एनआईसी एशिया बैंक जसले ग्राहकको खाताबाट पैसै निकाल्ने, मिटर व्याजमा पैसा लगाउने तथा ग्राहकको खाताबाट विभिन्न शिर्षकमा पैसा काट्ने गरेका दर्जनौ प्रमाणहरु ग्राहकले बैंकिङ खबरलाई पठाउन थालेका छन् । उक्त बैंकले ग्राहकको पैसा झिकेको समाचार बैंकिङ खबरमा प्रका

    • प्रकाशित मितिः कार्तिक ३, २०७७
    • ११,१११ पटक पढिएको
    • छाल खबर
  • सांसदबाट राजीनामा दिने तयारीमा– वामदेव

    काठमाडौ, ३० असोज ः शक्ति र सत्ता भन्दा बाहिर वस्न नसक्ने नेताको पदवी पाएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतम राष्ष्ट्रिय सभाको सदस्य भएको दुइमहिना पनि वित्न नपाउने राजीनामा दिने मनस्थितिमा पुगेकाछन् । राष्ट्रिय सभाको संसद भएर पहाडै खसाल्ने सपना वुनेका गौतमले महत्वपूर्ण मन्त्रालयको मन्त्री हुने सपना मनभरी सजाएर संसद वनेका थिए । उनले अर्थ या गृह मन्त्री वन्ने खुवाप देखेका थिए । तर प्रधानमन्त्री तथा पार्टी अध्यक्ष समेत रहेका केपी शर्मा ओलीले महासचिव विष्णुपौडेललाई अर्थ मन्त्री नियुक्त गरेपछि गौतमको सपनामा तुषारापात भएको छ । गौतमले गृहमा समेत आखा लगाएका थिए त्यसमा पनि रामब

    • प्रकाशित मितिः असोज ३०, २०७७
    • १,६६७ पटक पढिएको
    • छाल खबर
  • उद्योग बाणिज्य महासंघको निर्वाचन काठमाडौंको तीन स्थानबाट

    छाल खवर धरान,३० असोज ः उद्योगी व्यापारीको छाता संगठनको रुपमा रहेको नेपाल उद्योग बाणिज्य महासंघको निर्वाचन तीन स्थानबाट हुने भएको छ । मंसिर ११ देखि १३ गतेसम्म काठमाडौंमा सम्पन्न हुने ५४ औं वार्षिक साधारण सभा तथा निर्वाचन तीन स्थानमा हुन लागेको हो । उद्घाटन कार्यक्रम मंसिर ११ गते अपरान्ह ४ बजेदेखि सुरू हुने महासंघले जनाएको छ । महासंघले दिएको जानकारी अनुसार १२ गते बन्द सत्र हुनेछ भने १३ गते निर्वाचन हुने महासंघले जनाएको छ। महासंघले दिएको जानकारी अनुसार महासंघ कार्यालय टेकु,नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, कार्की ब्याङ्केट बबरमहलमा निर्वाचनका कार्यक्रम तय गरीएको छ । वर्तमान वरिष्ठ उपाध्यक्

    • प्रकाशित मितिः असोज ३०, २०७७
    • २,०२५ पटक पढिएको
    • छाल खबर
  • ओली सरकारमा तीन मन्त्री थपिए

    काठमाडौं २९, असोजः निकै लामो विवाद छलफलपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद् पुनर्गठन गरेकाछन् । प्रधानमन्त्री ओलीले रिक्त रहेका तीन वटा मन्त्रालयमा मन्त्रीहरु नियुक्त गरेका हुन । उनले १२ औं पटक मन्त्रिपरिषद् विस्तार गर्दै रिक्त रहेका अर्थ मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि र सहरी विकास मन्त्रालयमा मन्त्री नियुक्त गरेका हुन । ओलीले दुई मन्त्रीको जिम्मेवारी हेरफेर गरेकाछन् । उनले अर्थ मन्त्रीमा विष्णु पौडेल, सहरी विकास मन्त्रीमा काठमाडौंका कृष्णगोपाल श्रेष्ठ र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सिराहका लिलानाथ श्रेष्ठलाई नियुक्त गरेकाछन् । निकै चर्चामा रहेको सञ्चा

    • प्रकाशित मितिः असोज २९, २०७७
    • १,९२२ पटक पढिएको
    • छाल खबर
  • उद्योग वाणिज्य महासंघको साधारणसभाको मिति तय

      छाल खवर धरान,१६ असोज ः कोरोना महामारीका कारण दुइ पटक स्थगन भएको निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को साधारणसभा तेस्रो पटकका लागि तय भएको छ । महासंघको तेस्रो पटकका लागि तय भएको साधारण सभाको मिति मंसिर ११ र १२ गतेका लागि तय गरीएको छ । महासंघको साधारण सभा काठमाण्डौमा गर्नको लागि स्थान तय गरीएको महासंघले जनाएको छ । विहिवार बसेको कार्यकारी समितिको बैठकले यसअघि पदाधिकारी बैठकले गरेको निर्णयलाई सदर गर्दै मंसिर ११ र १२ गते साधारणसभा गर्ने निर्णय गरेको हो । महासंघकी अध्यक्ष भवानी राणाले यसअघि पदाधिकारी बैठकले गरेको सिफारिस तथा चुनावको मोडालिटीलाई नै

    • प्रकाशित मितिः असोज १६, २०७७
    • २,७६७ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic